Saturday, August 29News That Matters

समाचार

रोटरि क्लबद्वारा स्वास्थ्य सामाग्री प्रदान

रोटरि क्लबद्वारा स्वास्थ्य सामाग्री प्रदान

समाचार, स्वास्थ्य
मिलन परियार बैशाख ३० गते । रोटरी क्लब गंगबु काठमाडौले त्रियुगा नगरपालिका–१५ को स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागी सोमबार स्वास्थ्य सामाग्री प्रदान गरेको हो । रोटरी क्लबका अध्यक्ष तथा त्रिनपा–१५ निवासी युवा समाजसेबी महेस बस्नेत र वडाको विशेष पहलमा पि. पि. ई. सेट २ थान, सर्जिकल माक्स एक सय थान र ग्लोब्स एक सय थान स्वास्थ्य सामाग्री स्वास्थ्य चौकी खाबुलाई हस्तान्तरण गरेको छ । स्वास्थ्य सामाग्री स्वास्थ्य चौकी खाँबु प्रमुख तनुक लाल चौधरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको वडा कार्यालयले जनाएको छ ।...
नेपालमा आजैमात्र कोरोना संक्रमित २४ जनामा पुष्टि, देशभरमा १३४ जना पुग्यो

नेपालमा आजैमात्र कोरोना संक्रमित २४ जनामा पुष्टि, देशभरमा १३४ जना पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २९ । नेपालमा आजै मात्र २४ जना कोरोना संक्रमित थपिएका छन् । कपिलबस्तुमा १६, रुपन्देहीमा ६, बर्दियामा १ र सप्तारीमा १ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । आज बेलुका कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बेलुकै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍( ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का  २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । बर्दिया राजापुर नगरपालिका ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि...
भुल्केका कोरोना संक्रमितको परिवारलाई क्वारेन्टाइनमा राखियो

भुल्केका कोरोना संक्रमितको परिवारलाई क्वारेन्टाइनमा राखियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २९ । नेपालकै सबैभन्दा बढि कोरोना प्रभावित स्थान उदयपुरको भुल्केका संक्रमित परिवारका सदस्यहरुलाई आज क्वारेन्टाइनमा राखिएका छन् । भुल्केका संक्रमित चार परिवारका १४ जनालाई आज मोतिगडास्थित क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो । आज दिउसो एम्बुलेन्सबाट उनीहरुलाई क्वारेन्टाइनमा लगिएको थियो । घर हेरचाहका लागि एकजना भने घरमै होम क्वारेन्टाइनमा राखिएको छ । संक्रमित भेटिएको स्थानका बासिन्दाको स्वाव पुनः परिक्षण गर्दा थप चारजना संक्रमित भेटिएपछि संक्रमित परिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा राखिएको हो । परिवारका सदस्यहरु र उनीहरुबाट अरुमा संक्रमण फलिन नपाओस् भन्ने हेतुले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखाका उपसंयोजक अवधनारायण चौधरीले बताउनुभयो । सो क्वारेन्टाइनमा विराटनगर कोरोना हस्पिटलमा उपचारपछि कोरोना निको भई फर्केका पाँचजना पनि र...
सप्तरीको कोरोना संक्रमित युवालाई रिर्पोट नआइनै घर पठाएपछि

सप्तरीको कोरोना संक्रमित युवालाई रिर्पोट नआइनै घर पठाएपछि

समाचार
सप्तरी/बैशाख, २९ सप्तरीमा कोरोना संक्रमण फेला परेको १८ बर्षिय युवकलाई रिर्पोट नआइनै घर पठाएको खुलेको छ । १९ दिन सम्म क्वारेन्टाइनमा राखिएको उनलाई कुनै लक्षण देखा नपरेको भन्दै घर पठाइएको वडा अध्यक्ष प्रदिव शाहाले बताए । ‘उनको स्वाब लिएर परीक्षणका लागि पठाएलगत्तै उनीसहितका युवालाई घर पठाइएको थियो’ अध्यक्ष साहले भने, ‘क्वारेन्टाइनमा १९ दिन भन्दा बढी राख्न नमिल्ने भएकाले घर पठाइएको थियो ।’ लकडाउनको समयमा वैशाख ९ गते डाक्नेश्वरी नगरपालिका – ३ तरहीस्थित घर पुगेका उनीसहित १३ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । चितवनबाट आएका उनलाई १९ दिनसम्म क्वारेन्टाइनमा राखिएको र कोरोनासम्बन्धी लक्षण नदेखिएपछि घर पठाइएको खुलेको छ । वडा अध्यक्ष साहले पोजेटिभ आएको सूचना पाएलगत्तै उनको खोजी गर्दा उनी घरमा फेला नपरेका बताए । उनको खोजी कार्य पश्चात उनलाई पातो बजारमा हजुर आमासँग रहेको अवस्थामा फेला पारिए...
कपिलवस्तुका १० संक्रमितहरु मध्य ८ जना मुम्वाइबाट लुकेर नेपाल आएको खुलासा

कपिलवस्तुका १० संक्रमितहरु मध्य ८ जना मुम्वाइबाट लुकेर नेपाल आएको खुलासा

समाचार
पूर्णपुष्टि/बैशाख, २९ कपिलवस्तुका १० संक्रमित मध्य ८ जना लकडाउनकै बेला मुम्वाईबाट नेपाल लुकिछिपि आएको खुलेको छ । सोमवार कोरोना संक्रमण फेला परेको उनिहरु वैशाख २० गते मुम्बईबाट आएर अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा बसेका थिए । अनिरुद्ध र पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा रहेका ६२ जनाको स्वाब परीक्षणको रिर्पोटले मुम्वाईबाट आएका आठ जनामा पनि कोरोना संक्रमण देखिएको हो । कपिलवस्तुमा बुद्धभूमि नगरपालिकाका दुई र यशोधरा गाउँपालिका– ५ का आठ जना गरी जम्मा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । आठ युवक भने वैशाख २० गते मुम्बईबाट आएर अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइन बसेको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार उनीहरुको स्वास्थ्य सामान्य रहेको र सबै...
केही दिन बर्षाको सम्भावना कायमै

केही दिन बर्षाको सम्भावना कायमै

समाचार
पूर्णपुष्टि/बैशाख, २९ मौसम पूर्वानुमान महाशाखाको अनुसार केहदिन बर्षाकै बढी सम्भावना रहेको जनाएको छ । मौसमी प्रणाली तत्काल हट्ने सम्भावना नदेखिएकाले अझै केही दिन बदलीसँगै वर्षा भइरहने अनुमान महासाखाले गरेको छ । विगत केही दिनदेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय रहेकाले यो अवस्था कायम रहने मौसमविद्को भनाइ छ । देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद्हरुले बताए । यी मौसमी प्रणाली तत्काल हट्ने सम्भावना नदेखिएकाले अझै केही दिन बदलीसँगै वर्षा भइरहने अनुमान उनिहरुको छ । हाल देशको सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी सबै प्रदेशमा बदली रहेको छ । दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रही पहाडी भूभागका केही स्थान र तराईका एकरदुई...
पर्शा प्रहरी विरुद्ध पत्रकारको धर्ना

पर्शा प्रहरी विरुद्ध पत्रकारको धर्ना

समाचार
पूर्णपुष्टि, वैशाख २९ । पत्रकार दुब्र्यवहारको विरोधमा नेपाल पत्रकार महासंघको आव्हनमा पत्रकारहरुले आज बिहान बीरगन्जको घण्टाघरमा धर्ना गरेका हुन् । प्रहरीको दुर्व्यवहार र दमनकाविरुद्ध पर्साका पत्रकारहरुले धर्ना शुरु गरेका हुन् । धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहानले घटनाको निष्पक्ष छानविन गरी दोषी प्रहरीलाई कारवाही गर्नुभयो । उहाँले राजा ज्ञानेन्द्रलाई फ्याँक्नेदेखि प्रेसलाई देखिनस्कने विभिन्न सन्चारमन्त्रीलाईसमेत घुँडा टेकाउने प्रेसको हैसियतलाई पर्सा प्रहरीले नबुझेको उहाँले बताउनुभयो । उहाँले बेलैमा चेत खुलोस् भन्ने सुझाव दिनुभयो । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बन्जाराले पत्रकार तिवारी यादवमाथि दुर्व्यवहार गर्ने दोषी प्रहरीलाई कारवाही नगरिन्जेलसम्म आन्दोलन जारी रहने बताउनुभयो । स्वास...
सप्तरीमा पनि १ जनालाई कोरोना संक्रमण

सप्तरीमा पनि १ जनालाई कोरोना संक्रमण

समाचार
सप्तरी/बैशाख, २९ सप्तरीमा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । आज मात्रै कपिल वस्तुमा पनि १० जना कोरोना संक्रमित पुष्टि भएको थियो । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणको आशंकामा युवाको वैशाख २५ गते स्वाब संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।  ...
नेविसंघ नवलपरासीद्वारा भारतविरुद्ध प्रदर्शन

नेविसंघ नवलपरासीद्वारा भारतविरुद्ध प्रदर्शन

समाचार
पूर्णपुष्टि, वैशाख २९ । नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासीले  सोमबार बर्दघाटमा भारतीय विस्तारवाद विरुद्ध प्रदर्शन गरेको छ । भारतले चीनको मानसरोवर जाने सडक निर्माण गर्दा नेपाली भू–भाग मिचेको समाचार सार्वजनिक  भएपछि नेविसंघ पश्चिम नवलपरासीले त्यसको विरोध गर्दै पर्दशन गरेको हो।नेविसंघ पश्चिम नवलपरासीका निवर्तमान सभापति दधि पौडेलको अध्यक्षतामा नेविसंघ नवलपरासीका नेताहरुको उल्लेखनिय सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको कोण सभालाई सम्बोधन गर्दै पौडेलले नेपालको सीमा मिचिँदा पनि थाहा नपाएजस्तो चुप बस्ने र कागजी रुपमा मात्रै औपचारीकताका लागि विज्ञ्पती जारी गरेझै गरेको वर्तमान सरकारको कार्यले संशकित बनाएको बताएको थिए। त्यस्तै नेविसंघ नवलपरासीका नेता अविनाश रेग्मिले चुनावका बेला राष्ट्रियताका नारा लगाइ भोट माग्ने र जनतालाई भ्रमित बनाई दुईतिहाईका साथ सत्तामा पुगेको वर्तमान सरकार ...
भुल्केमा स्थानीयकाे स्वाव नमुना संकलनमा तिब्रता, आज थप २२० जनाको लिइयाे

भुल्केमा स्थानीयकाे स्वाव नमुना संकलनमा तिब्रता, आज थप २२० जनाको लिइयाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २९ । उदयपुरको भुल्केमा आज पनि थप २ सय २० जनाको स्वाव नमुना संकलन भएको छ । ८८ पुरुष र १ सय ३२ गरी २ सय २० जनाको स्वाव नमुना संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जनस्वास्थ्यले हिजो ३५ जना केही कैदीसहित सुरक्षाकर्मीहरुको पनि स्वाव नमुना लिएको थियो । हिजो र आज दुबैदिनको गरी जम्मा २ सय ५५ जनाको स्वाव परिक्षणका लागि काठमाडौं पठाएको जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरबाट खटिएको स्वास्थ्यकर्मी प्राविधिक टोलीले भुल्केका स्थानीयहरुको नमुना स्वाव संकलन गरेको हो । गत वैशाख २४ गते भुल्के संक्रमित भेटिएको टोलका बासिन्दालाई गरिएको पहिलोपटकको पुन परिक्षणमा चारजना संक्रमित थपिएको थियो । त्यसपछि स्थानीयको स्वाव परिक्षणलाई तिब्रता दिइएको छ । भुल्केमा २८ जना संक्रमित रहेकामा पुन परिक्षणबाट ४ जना थपिएपछि हाल जम्मा ३...