०५५ एसएलसी व्याजी, गाइघाटकाे सुरक्षाकर्मीलाइ सेनिटाइजर र मास्स सहयाेग
पूर्णपुष्टि, वैशाख १२ ।
नागरिक सुरक्षाका लागि अग्रपंतीमा खट्ने सुरक्षाकर्मी अहिले कोरोना भाइरस संक्रमण विरुद्धको अभियानमा पनि अग्रपंतीमै खटिरहेका छन् । कोरोनाको संक्रमणको उच्च जोखिममा पनि खट्ने उनीहरुको स्वास्थ्य सुरक्षामा टेवा पुगोस् भन्ने हेतुले २०५५ एसएलसी ब्याजी समुह, गाइघाटले सुक्रबार सेनीटाइजर र मास्क उपलब्ध गराएको छ ।
सशस्त्र प्रहरी बल हेड क्वाटर, ५ नम्बर गण उदयपुर र जिल्ला प्रहरी कार्यालय उदयपुरलाई सेनिटाइजर र मास्क समुहको तर्फबाट उपलब्ध गराएका हो । सशस्त्र प्रहरीलाई ६० थान सेनीटाइजर र ३ सय थान मास्क तथा नेपाल प्रहरीलाई ६० थान सेनीटाइजर र २ सय मास्क उपलब्ध गराएको समुहले जनाएको छ ।
समुहका संयोजक सुनिल पोखरेल, सदस्यहरु उद्धव अधिकारी, राजेन्द्र अधिकारी र भोटराज राईले सशस्त्र प्रहरीका गणपती एसपी गाहरधन राई र जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरलाई सामान हस्तान्तरण गरे...









