Tuesday, August 25News That Matters

समाचार

क्यानडामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक दर्जन मानिसको मृत्यु

क्यानडामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक दर्जन मानिसको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, बैशाख ८ गते । क्यानडामा प्रहरीको भेषमा आएका एक बन्दुकधारीले एक दर्जन मानिसको मृत्यु भएको छ । नोभा स्कोटिया प्रान्तमा बीन्दुकधारीले चलाएको गोली लागेर १३ जनाको मृत्यु भएको हो । उक्त घटनामा एक जना महिला अधिकारीको पनि मृत्यु भएको क्यानडेली प्रहरीले जनाएको छ । बन्दुकधारीलाई पक्राउ गर्न प्रहरीले १२ घण्टा कारमा पछ्याएको थियो । बन्दुकधारीको मृत्यु भएको बताइएको छ । बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउन थालेपछि पोर्टापिक्युका बासिन्दालाई घरभित्रै बस्न भनिएको थियो । बन्दुकधारी प्रहरीको जस्तै देखिने कारमा आएको बताइएको छ । बन्दुकधारीले नोभा स्कोटियाको विभिन्न क्षेत्रमा अन्धाधुन्ध गोली प्रहार गरेकाले वास्तविक मृत्यु हुनेको संख्या पत्ता लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।...
२४ लाखभन्दा बढी कोरोना संक्रमित

२४ लाखभन्दा बढी कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ८ गते ।  विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमित २४ लाख भन्दा बढीमा पुष्टि भएको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २४ लाख चार हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६ लाख २४ हजार आठ सय ४८ जना निको भएका छन् । १६ लाख १५ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५४ हजार दुई सय २५ जना गम्भीर अवस्थामा रहेको र बाँकी १५ लाख ६० हजारभन्दा धेरैको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । संक्रमणका कारण एक लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।...
भुल्केमा थप १ सय ५० जना स्थानीयको स्वाप नमुना संकलन

भुल्केमा थप १ सय ५० जना स्थानीयको स्वाप नमुना संकलन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते । भुल्केमा नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले आज थप एक सय ५० जा स्थानीयको स्वाप नमुना संकलन गरेको छ । १३ जना कोरोना संक्रमित फेला परेपछि भुल्केलाई गम्भिर क्षेत्रको रुपमा लिइदै सरकारकै तर्फबाट खटाईएका नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले एक सय ५० जनाको स्वाप संकलन गरेको हो । दुई सय ५० जनाको स्वाप नमुना संकलन गर्ने लक्ष्यका साथ आएका नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले आज संकलन गर्न बाँकी रहेकाहरुको भोली स्वाप नमुना संलकन गर्ने सुरक्षा अधिकारीले जनाएको छ । भुल्के स्थित नेपाली सेनाको १८ नं. वाहीनीका बाहिनीपति कृष्णप्रसाद सापकोटाका अनुसार स्वास्थ्यकर्मी टोलीले साँझसम्म संकलन कार्य गरिरहेको छ । स्थानीयलाई चौरीमा लाईन राखेर पालैपालो स्वाप नमुना संकलन गरिएको छ । मस्जिदमा बसेका १२ भारतीय मुस्लिम समुदायका मानिस र चार नेपाली मुस्लिम समुदायका मानिस गरी १६ जनाको ...
महासंघद्धारा हेल्प डेक्स संचालन

महासंघद्धारा हेल्प डेक्स संचालन

समाचार
पूर्णपुष्टि, बैशाख ७ गते । त्रियुगा नगरपालिका–६ माटिखोप सुनौलो टोल बोजेमा नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरले हेल्प डेक्स संचालन गरेको छ । जिल्ला कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन थालेपछि स्थानीय युवाहरुको सहकार्यमा महासंघले कोरोना रोकथाम तथा सचेतना अभियाना आयोजना गरी हेल्प डेक्स संचालन गरेकोे हो । “स्वास्थ्यमा ध्यान दिऔं, कोरोना सक्रमण बाट बचौँ” भन्ने मुल नाराका साथ हेल्प डेक्स संचालन गरेको महासंघले जनाएको छ । अभियानमा स्थानियलाई स्वास्थ्य सम्बन्धी काउन्सिलिङ, अनावश्यक आबत जावतलाई रोकावट, अपरिचित ब्यक्तिलाइ गाउँ प्रबेशमा रोक, अत्यावश्यक कामका लागि जाँदा आउँदा पनि स्पष्ट कामको बिबरण खुलाउनु पर्ने लगायत सामाजिक दुरि बढाउने विषयमा हेल्प डेक्सबाट सचेतना गर्दै आएको महासंघले जनाएको छ ।...
क्वारेन्टाईनमा बसेका ११ जनाको आरडिटी रिर्पोट नेगेटिभ

क्वारेन्टाईनमा बसेका ११ जनाको आरडिटी रिर्पोट नेगेटिभ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते । लिम्चुङ्बुङ गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको ११ जनाको ¥यापिटड डायग्नोष्टिक टेष्ट (आरडिटी) परिक्षण रिर्पोट नेगेटिभ आएको छ । पालिकाको केन्द्र बाराहामा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएका  ११ जनाको आरडिटी परिक्षण्को रिर्पोट नेगेटिभ आएको हो । क्वारेन्टाईनमा बसेका ७ पुरुष र ४ महिला गरी ११ जनाको आरडिटी रिर्पोट नेगेटिभ आएको पालिकाले जनाएको छ  ।...
पौडी खेल्न गएका २ जना दहमा मृत फेला

पौडी खेल्न गएका २ जना दहमा मृत फेला

समाचार
तेह्रथुम, बैशाख ७ गते । तेह्रथुमको तेलिया खोलाको दहमा दुई जना बालबालिका मृत अवस्थामा फेला परेका छन् । छथर गाउँपालिका–२ निबासी रेवन्त बिकको १० बर्षीय छोरा सरोज बिक र उनको भान्जी १० बर्षीया ऐलिना बिक तेलिया खोलाको दहमा मृत फेला परेका हुन् । घरबाट शनिवार दिउँसो बालबालिका छथर गाउँपालिका–२ र धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ मा पर्ने खोलाको कानगुदी दोभानमा पौडी खेल्न गएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा बेपत्ता भएपछि प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा खोजतलास गर्ने क्रममा आज बिहान साँढे ११ बजे सोही दह भित्र ढुङगाले थिचिएको अवस्थामा दुवै जनाको शव फेला पारेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अनुसन्धान अधिकृत सहितको टोली खटेको छ भने घटनाको थप अनुसन्धान भईरहेको जिप्रका तेह्रथुमले जनाएको छ ।...
भुल्केमा सेनाको स्वास्थ्यकर्मी टोलीले थाल्यो स्वाप नमुना संकलन, फोटो फिचरसहित

भुल्केमा सेनाको स्वास्थ्यकर्मी टोलीले थाल्यो स्वाप नमुना संकलन, फोटो फिचरसहित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते  ।  भुल्केमा नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले स्वाप नमुना संकलन सुरु गरेको छ । काठमाण्डौबाट सेनाका स्वास्थ्यकर्मी टोली हेलिकप्टरमा दिउसो भुल्के आईपुगको थियो । खुल्ला चौरमा सामाजिक दुरी कायम गर्दै व्यावस्थित रुपमा पालैपालोले स्वाप नमुना संकलन गर्न थालेको जनाईएको छ ।
रिजाल्को ग्याँस घरघरमै डेलीभरी सुविधा

रिजाल्को ग्याँस घरघरमै डेलीभरी सुविधा

समाचार
गाईघाट/बैशाख,७ गाईघाटमा आफ्नो ग्राहकहरुलाई रिजाल्को ग्याँसले घरमै डेलीभरीको सुविधा दिएको छ । लकडाउनमा सर्वसाधरण तथा ग्राहकहरु डिलर सम्म आइपुग्न नसक्दा डिलरले यो सुविधा गरेको हो । डिलरले घरमै गाडीमा पुराउने सुविधा गरेको छ । त्रियुगा नगरभरी रहेको आफ्नो गा्रहकहरुलाई घरमै ग्याँसको सुविधा दिने कार्य गरेको डिलरले जनाएको छ । गाईघाट आसपास लगाएत अन्य ठाउँ मोतिगडा, बगाहा, असारी बोक्से, गैरुन राजावास, पर्ता, चुहाडे, लगाएतका ठाउँहरुमा होम डेलीभरी गरिरहेको छ । डिलरका प्रोपाइटर नन्द किसोर साहाका अनुसार डिलरमा आउने वित्तिकै ग्यास होम डेलीभरी गर्ने बताउनुभयो । उहाँले ग्याँस ग्याप गरी डेलीभरी गर्ने गरेको बताउनुभयो । सकिएपछि आउने टाइममा ग्याप हुने र आइसकेपछि वितरण तथा डेलीभरीमा लागि हाल्ने शाहाले बताउनुभयो । रिजाल्को हिजो मात्रै पनि ७५ ओटा भन्दा बढी ग्याँस डेलीभरी भएको प्रोपाइटर शाहाले बताउनु भयो ।...
भेरी अस्पतालमा पीसीआर परिक्षण सुरु

भेरी अस्पतालमा पीसीआर परिक्षण सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते ।  आजदेखि भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमणको (पीसीआर) परीक्षण सुरु भएको छ । हिजो प्राप्त भएका  आठ वटा स्याम्पलको अहिले जाँच भइरहेको अस्पतालले जनाएको हो । तीन सिफ्टमा दैनिक एक सय जना सम्मको स्वाब परीक्षण गर्न सकिने भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा भेरी अस्पतालमा पीसीआर मेसिन जडान गरिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट प्राविधिक सहितको टोलीको सहयोगमा नेपालगञ्जमा पीसीआर जडान भएको हो ।...
भुल्केमा सेनाको स्वास्थ्यकर्मी टोली आईपुग्यो

भुल्केमा सेनाको स्वास्थ्यकर्मी टोली आईपुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते  ।  भुल्केमा स्वाप नमुना संकलनका लागी काठमाण्डौबाट नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले आईपुगेको छ । प्रदेश १ का स्वास्थ्यकर्मी टोलीले स्वाप नमुना संकलन गरेर बाँकी रहेका स्थानीयबासीहरुको नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले स्वाप नमुना संकलन गर्न हेलिकप्टर मार्फत भुल्के आईपुगेको हो । काठमाण्डौबाट आएका सेनाका स्वास्थ्यकर्मी टोलीले हिजोकै ठाउँमा कोरोना परिक्षणका लागी स्वाप नमुना संकलन गर्ने भएको छ । आज करिब दुई अढाई सय जनाको स्वाप संकलन गर्ने जन स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । खुल्ला चौरमा सामाजिक दुरी कायम गर्दै व्यावस्थित रुपमा पालैपालोले स्वाप नमुना संकलन गर्ने तयारी भईरहेको प्रमुख सुवेदीले बताए । शनिबार १ नं प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मीको टोलीले ६० जना स्थानीयबासीहरुको स्वव नमुना संकलन गरेको थियो ।...