उदयपुरमा युवाहरूद्वारा सरकारी सवारी साधनको दुरुपयोग रोक्न निगरानी अभियान शुरू
पूर्णपुष्टि, भदौ ९ । उदयपुरका युवाहरूले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनको दुरुपयोग रोक्न निगरानी अभियान शुरू गरेका छन्। शनिबार दिउँसो १ बजेदेखि परिचालित युवा टोलीले मदन भण्डारी लोक मार्ग अन्तर्गत सदरमुकाम गाईघाटदेखि संगम चोकसम्म निगरानी गरेको थियो।
निगरानीका क्रममा टोलीले ६ वटा सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा चलाइरहेको फेला पारेको छ। फेला परेका सवारी साधनहरूमा को १ ब १९३२, स १ ब ८६८, स १ ब १२५०, स १ ब ०२१६, स १ ब १४१२, प्र १–०२–००१ ब ३३६५ र प्र १–०५–००१ नम्बरका मोटरसाइकलहरू रहेका छन्।
टोलीका सदस्य लक्ष्मण राईका अनुसार फेला परेका सवारी साधनमा त्रियुगा नगरपालिका, रौतामाई र उदयपुरगढी गाउँपालिकाका कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरू सवार थिए। केही चालकहरूले भाग्ने प्रयास गरेपछि टोलीले लामो दूरीसम्म पछ्याएर सोधपुछ गरेको थियो। सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न युवाहरू नै ...








