Friday, August 21News That Matters

समाचार

गाईघाटमा अनेम संघ (क्रान्तिकारी) ले मनायो हरितालिका तीज

गाईघाटमा अनेम संघ (क्रान्तिकारी) ले मनायो हरितालिका तीज

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १५ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) त्रियुगा वडा नं. १२ को आयोजनामा हरितालिका तीजको अवसरमा शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नेकपा (माओवादी केन्द्र) १२ नं. वडा पार्टी कमिटि र अनेम संघ (क्रान्तिकारी) त्रियुगाको समन्वयमा आयोजित उक्त कार्यक्रम शनिबार होटल टाउन हलमा सम्पन्न भयो। कार्यक्रममा विशेष गरी महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कोशी प्रदेशकी सांसद सम्झना पाख्रिन प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। त्यसैगरी माओवादी केन्द्र त्रियुगा नगर कमिटिका इन्चार्ज विमल किराती, पार्टीका प्रदेश सदस्य निरज पौडेल र त्रियुगा नगर कमिटिका अध्यक्ष मान बहादुर राई लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पाख्रिन लगायत अन्य अतिथिहरूले हरितालिका तीजको अवसरमा उपस्थित सबैलाई शुभकामना दिएका थिए। यस अवसरमा वक्ताहरूले महिला अधिकार र...
विस्फोटमा परी दुई बालबालिकाको मृत्यु

विस्फोटमा परी दुई बालबालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १५ । पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडा गाउँमा भएको एक विस्फोटमा परी दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ वर्षीया प्रिन्सा सावा र ११ वर्षीय दिप्सन सावा रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार गत बिहिबार अपराह्न ३ बजेतिर स्थानीय ज्ञानबहादुर राईको घर आँगनमा खेलिरहेका चार बालबालिकामाथि अचानक विस्फोट भएको थियो। विस्फोटमा परी घाइते भएका चारै जनालाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य चौकी हुँदै जिल्ला अस्पताल पाँचथर लगिएको थियो। थप उपचारका लागि प्रिन्सा सावालाई जिल्ला अस्पताल इलाम र दिप्सन सावालाई बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ। घटनास्थल नजिकै शंकास्पद वस्तु फेला परेपछि नेपाल प्रहरी र नेपाली सेनाको टोलीले त्यसलाई निष्क्रिय पारेको छ। प्...
कोशी डान्स च्याम्पको अडिसन भोलीबाट सुरु हुने

कोशी डान्स च्याम्पको अडिसन भोलीबाट सुरु हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ भदौ । भोलीबाट कोशी डान्स च्याम्प २०८१ सुरु हुने भएको छ । उक्त प्रतियोगिताको अडिसन भोली उदयपुरको बेल्टार बजारबाट सुरु हुने छ । भाईरस डान्स क्याम्पको प्रस्तुततिमा प्रदेश स्तरीय एकल नृत्य प्रतियोगिता हुन लागेको हो । यो प्रतियोगिता विभिन्न स्थानहरूमा आयोजना हुनेछ, जसमा बेलटार, रामपुर, धरान, बेलबारी(उर्लाबारी, काकडभिट्टा, इटहरी, कोशी, कटारी र गाईघाट समावेश छन् । प्रतियोगितामा विजेताहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ । प्रथम पुरस्कार रु। १,११,१११र(, द्वितीय पुरस्कार रु। ५५,५५५र(, तृतीय पुरस्कार रु। ३३,३३३र( र सान्त्वना पुरस्कार रु। ८,८८८र( रहेको छ। इच्छुक सहभागीहरूले फारम भर्न र अन्य जानकारीको लागि ५८११५६२०५५, ५८२०२३५८२० वा ५८०५३१४९०५ मा सम्पर्क गर्न सक्नेछन् । फारम भर्दा ५ प्रति पासपोर्ट साइजको फोटो र जन्मदर्ता वा नागरिकताको फोटोकपी अनिवार्य रूपमा आवश्यक पर्नेछ । यो प...
नारायण राईको समूहद्धारा कोशी डान्स च्याम्पको दोस्रो पुरस्कार राशि सहयोग

नारायण राईको समूहद्धारा कोशी डान्स च्याम्पको दोस्रो पुरस्कार राशि सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ भदौ । यहि भदौ १५ गतेबाट सुरु हुने कोशी प्रदेश डान्स च्याम्प २०८१ को दोस्रो पुरस्कार हङकङमा रहेका नारायण राईको समूहले उपलब्ध गराउने भएको छ । भाईरस डान्स क्याम्पको आयोजनामा हुनलागेको उक्त प्रतियोगिताका लागि दोस्रो पुरस्कार राईको समूहले स्पन्सर गर्ने भएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि प्रथम पुरस्कार पूर्व मयेर तथा एकीकृत समाजवादीका नेता बलदेव चौधरीले सहयोग गरेका छन् । चौधरीको स्वर्गीय डा. अरुन चौधरीको सम्झनामा प्रथम पुरस्कार राशि चौधरीले पहिल्यै गरिसकेको छ । पहिलो परस्कार १ लाख ११ हजार १११, दिद्धिय पुरस्कार नगद रु : ५५,५५५, तृद्धिय पुरस्कार नगद रु ः ३३,३३३, सान्त्वना पुरस्कार ः नगद रु ः ९,९९९ रहेको कार्यक्रम संयोजक कल्याण कार्कीले जनाएको छ । प्रतियोगिताका लागि कोशी प्रदेश भरीनै अडिसन संञ्चालन हुने आयोजकले जनाएको छ । उदयपुरको बेल्टारबाट १५ गतेबाट अडिसन सुरु गरी असोज...
उदयपुरमा घुङ्गि टिप्न गएकी महिलाको मृत्यु

उदयपुरमा घुङ्गि टिप्न गएकी महिलाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १३ । उदयपुरमा घुङ्गि टिप्न गएकी महिलाको मृत्यु भएको छ । बुधबार त्रियुगा नगरपालिका ११ की ५२ बर्षिया तारा भुजेलको खेतमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक राजन चापागाईका अनुसार घुङ्गि टिप्दाटिप्दै खेतमा ढलेको अवस्थामा भेटिएकी उनलाई अस्पताल लगिए पनि डक्टरले मृत घोषणा गरेको थियो। मृगी रोगले ग्रस्त उनी घुङ्गी टिप्ने क्रममा खेतमा ढलेकी थिईन् ।...
उदयपुरमा घुङ्गि टिप्न गएकी  महिलाको खेतमा डुवेर मृत्यु

उदयपुरमा घुङ्गि टिप्न गएकी महिलाको खेतमा डुवेर मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ भदौ । उदपुरमा एक महिलाको खेतमा डुवेर मृत्यु भएको छ । घुङ्गि टिप्न गएकी उदयपुरको त्रियुगा नगरपालिका ११ की ५२ बर्षिया तारा भुजेलको बुधबार खेतमा डुबेर मृत्यु भएको हो । घुङ्गि टिप्दाटिप्दै खेतमा ढलेको अवस्थामा भेटिएकी उनलाई अस्पताल लगिएका थिए । तर डक्टरले उनको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक राजन चापागाईले बताउनुभयो । मृगी रोगले ग्रस्त उनी घुङ्गी टिप्ने क्रममा खेतमा ढलेकी थिईन ।  ...
पोखरीमा डुवेर मृत्यु भएका बालकको अझै हुन सकेन पोष्टमार्टम

पोखरीमा डुवेर मृत्यु भएका बालकको अझै हुन सकेन पोष्टमार्टम

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ भदौ । मंगलबार विहान पोखरीमा डुवेर मृत्यु भएका ७ बर्षिय बालक रिचेश राईको अझै पोष्टमार्टम हुन सकेको छैन । उचित क्षेतीपूर्तिको माग राख्दै आएका पडित परिवारले पोष्टमार्टम गर्न नमानेको हो । परिवारले उजुरी दिने समेत जनाएको छ । त्रियुगा नगरपालिका वडा नं ११ का रिचेश मंगलबार बिहान साथिहरु सित पौडि खेल्ने बरुवा वस पार्क स्थित साथीहरु सित गएका थिए । पौडि खेल्ने क्रममा ति रिचेशको डवेर मृत्यु भएका थिए । प्याराडाईज बोर्डिङ कक्षा १ मा अध्यानरत रिचेशको शव हाल जिल्ला अस्पताल उदयपुरमा राखिएको छ । क्षतीपूर्ति नमिलेपछि उनको पोष्टमार्टमको प्रक्रिया मिलेको छैन् । मृतक बालकको परिवारले जथाभावी पोखरी खनेर मान्छे मार्ने धराप थापेको भन्दै यस्ता लापर्वाही गर्ने निकायमाथी कार्वाही र क्षतिपूर्तिको माग राखेको हो ।...
त्रियुगा जनता बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव सम्पन्न

त्रियुगा जनता बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव सम्पन्न

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ १० ।  त्रियुगा जनता बहुमुखी क्याम्पस मोडिगडाको ३७ औं वार्षिकोत्सव तथा क्याम्पस दिवस सम्पन्न भएको छ। सोमबार कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारको प्रमुख आतिथ्यमा क्याम्पसको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा पूर्व क्याम्पस प्रमुख रमेश चन्द्र रोक्का र पूर्व संचालक समितिका अध्यक्ष विरेन्द्र कुमार बस्नेत लगायतलाई सम्मान गरिएको थियो। साथै विभिन्न संकायका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ। सम्मानित विद्यार्थीहरूमा: मानविकी तथा सामाजिक शास्त्र संकाय: बालकुमारी जोशी (प्रथम) शिक्षा शास्त्र: करिष्मा मकाजु (प्रथम) व्यवस्थापन संकाय: सन्ध्या कार्की (प्रथम) बिआईसिटिई संकाय: अमरदिप रेग्मी (प्रथम) कक्षा १२ मा गत वर्ष प्रथम स्थान हासिल गरेका शिवराम राई र यस वर्ष प्रथम स्थान हासिल गरेका उदयानन्द पौडेललाई पनि सम्मान गरिएको थियो।कार्यक्रममा छात्...
उदयपुरमा कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

उदयपुरमा कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १० । उदयपुरमा क्रियाशील ६ वटा कर्मचारी संघ संगठनले रौतामाई गाउँपालिकाका कर्मचारीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको माग गरेका छन्। भदौ ७ गते शुक्रबार भएको घटनामा केही व्यक्तिहरूको समूहले गुण्डागर्दी शैलीमा कर्मचारीहरूलाई आक्रमण गरेको उल्लेख गर्दै संघ संगठनहरूले विज्ञप्ति जारी गरेका छन्। उनीहरूले यस घटनाले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल गिराउने र अराजक प्रवृत्ति बढाउने भएकोले यसको भत्र्सना गरेका छन्। विज्ञप्तिमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन लगायत विभिन्न कर्मचारी संघ संगठनहरूको हस्ताक्षर रहेको छ। विज्ञप्ती...
कोशी प्रदेश डान्स क्याम्पको तयारी तिव्र, भदौ १५ देखी अडिसन

कोशी प्रदेश डान्स क्याम्पको तयारी तिव्र, भदौ १५ देखी अडिसन

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १० भदौ । भाईरस डान्स क्याम्पको आयोजनामा हुन लागेको कोशी प्रदेश स्तरीय डान्स क्याम्पको अडिसन यहि भदौ १५ गतेदेखी सुरु हुने भएको छ । कोशी प्रदेशको बिभिन्न जिल्लाहरुमा यसको अडिसन हुने आयोजकले जनाएको छ । भाईरस डान्स क्याम्पका प्रमुख कल्याण कार्कीका अनुसार उदयपुरको बेल्टार बजारबाट अडिसन सुरु हुने छ । यहि भदौ १५ गते शनिवारका दिन बेल्टारमा अडिसन तथा प्रतियोगिताको प्रारम्भ हुने कार्कीको भनाई छ । अडिसनका लागि भव्य तयारी भैरहेको कार्कीले जनाए । करिब ५ बर्ष अगाडी बाट उदयपुरको गाईघाटमा नृत्य प्रशिक्षण गर्दै आएका यस संस्थाले पहिलो पटक प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गर्न लागेको हो । उक्त प्रतियोगिताको प्रथम पुरस्कार नगद रु : १,११,१११, दिद्धिय पुरस्कार नगद रु : ५५,५५५, तृतिय पुरस्कार नगद रु : ३३,३३३ र पुरस्कार : नगद रु : ९,९९९ रहेको छ । प्रथम पुरस्कारलाई पूर्व मेयर तथा एकीकृत समाज...