सरकारी कार्यालयमा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह
पूर्णपुष्टि, साउन २४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई 'लामखुट्टे खोज र नष्ट गर' अभियान सञ्चालन गर्न आग्रह गरेको छ। डेङ्गीको सङ्क्रमण बढेपछि यो कदम चालिएको हो।
मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइका साथै यो अभियान सञ्चालन गर्न आग्रह गरिएको छ। गत वर्ष पनि डेङ्गी सङ्क्रमण बढेपछि यस्तै अभियान सञ्चालन गर्न निर्देशन दिइएको थियो। मन्त्रालयले कार्यालयहरूलाई डेङ्गी सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ।
प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेङ्गीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए। अस्पतालहरूलाई परिसरमा 'डेङ्गी डेस्क' स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पनि निर्देशन दिइएको छ। उनले स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेङ्गी सङ्क्रमण नियन्त्...







