Thursday, May 7News That Matters

समाचार

अफगानको शान्ति वार्ता म¥यो

अफगानको शान्ति वार्ता म¥यो

समाचार, संसार
भदौ २४ गते ।  अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्ध समाप्त गर्ने उद्देश्यले तालिबानसँग कुराकानी भएपनि मरेको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । आफुसँग भएको त्यो कुराकानी मरिसकेको ह्वाइट हाउसमा पत्रकारसँग ट्रम्पले बताएका हुन् । क्याम्प डेभिडमा आईतबार तालिबानका एक प्रतिनिधि मण्डलसँग कुरा गर्ने कार्यक्रम रहेपनि उक्त दिन भन्दा पहिला नै ट्रम्पले बैठक रद्द गरेका छन् । वार्ताका लािग दुबै पक्ष निकै नजिक पुगिसकेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प बार्ताबाट पछि हटेपछि त्यसको आलोचना गर्दै तालिबानले अमेरिकालाई नै हानी हुने बताएका थिए । ट्रम्पले अफगानिस्तानबाट १४ हजार आफ्ना फौज फिर्तालाई विदेश नीतिलाई एउटा महत्वपूर्ण लक्ष्य बनाएको छ । कुराकानी समाप्त गर्ने अमेरिकाको निर्णयको स्वागत गदै यसलाई सही समयमा र सही कदम उठाएको अफगानिस्तान सरकारले बताएका छन् ।...
संघिय लोकतन्त्र परिवर्तन हुदैन : केशी

संघिय लोकतन्त्र परिवर्तन हुदैन : केशी

समाचार
उदयपुर, भदौ २४ गते । सानो तिनो प्रहारले संघियलोकतन्त्र परिवर्तन नहुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि अर्जुननरसिंह केशीले बताएकाछन् । नेपाल प्रस युनियको आयोजनामा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै केशीले बताएका हुन् । दोस्रो जागरण अभियानको क्रममा केशी उदयपुर आईपुगेको छ । नेपालकै पहिलो सर्वशक्तिशाली सरकार नेकपाको निर्माण भएकाले केशीले बताए । तर लोकतान्त्रिक मनोबृति र संघियता भन्दा अलग प्रवितिले अगाडी बढेकाले आरोप लगाएको छ । बहुमतको सकार भएकाले कुनै प्रकारको तेस्ता चुनौति नआएको र चुनौती आयो भन्न लजास्पद भएको उनले बताए । चुनैति नभएको होईन गरिबी, असम्पन्नता र भ्रष्टचारको चुनौति भन्दा बाहेक चुनौति सरकारलाई नभएको उनले औल्याएको छ । सरकारले केहि प्रतिपक्षिको नेताको टाउकोमा आरोप लगाएर आफु उम्कन खोजेको आरोपसमेत लगाएको छ । सरकारसँग तागत र आँट भए जो कोहि भ्रष्टारीलाई...
बालदिबसमा बालबालिकासंग मेयर

बालदिबसमा बालबालिकासंग मेयर

समाचार
पूर्णपुष्टी, भदाै २४ यसवर्षकाे बालदिवस अगामी २९ गते बालबालिकासँग मेयर कार्यक्रमका साथ हुदैछ । मंगलबारकाे बैठकले वडास्तरीय बक्तित्वकला २९ गते र बालबालिकासँँग मेयर कार्यक्रम, सम्मान तथा पुरस्कार बितरण ३० गते गरिने त्रियुगा बाल सञ्जालका अध्यक्ष सुुुुरज खत्रीले बताए । बाल अधिकार उपयाेगमा लागूऔषध दुर्ब्यसनकाे दुस्प्रभाव बारे वक्तृत्वकलामा प्रथम हुने १६ वटै वडाका सहभागिलाई पुरस्कृत गरिने जनाईएकाे छ । दिवसकाे नारा सुनिस्चित बाल अधिकार, समृद्ध नेपालकाे मुल अाधार रहेकाेे छ ।...
डेंगुबाट ६ जनाको मृत्यु, ५६ जिल्लामा संक्रमण

डेंगुबाट ६ जनाको मृत्यु, ५६ जिल्लामा संक्रमण

समाचार, स्वास्थ्य
भदौ २४ गते ।  डेँगुको संक्रमणबाट मुलुकमा छ जनाको मृत्यु भएको छ भने ५६ जिल्लामा संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकले देखाएको छ । पूर्वको धरानबाट फैलिएको डेँगु नियन्त्रण गर्न नसक्दा अहिलेसम्म छ जनाको मृत्यु भईसकेको छ भने तिब्र रुपमा ५६ जिल्लामा संक्रमण फैलिएको मन्त्रालयको तथ्याङकले देखाएको हो । वैशाख अन्तिम साताबाट सुनसरीको धरानदेखि फैलिएको डेंगुको संक्रमण अहिलेसम्म प्रदेश नं. १ को ९, प्रदेश नं. २ को ७, प्रदेश नं. ३ को १२, गण्डकी प्रदेशको १०, प्रदेश नं. ५ को ११, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशको ५ जिल्ला गरी देशभर ५६ जिल्लामा डेंङ्गुको संक्रमण फैलिएको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । डेँगुबाट मृत्यु हुने मध्ये काठमाडौँमा २ र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक—एक जना रहेको तथ्याङ्कले देखाएको छ ।  साउन १ ...
नागरिकता कसुरको कठोर कानुन बन्दै

नागरिकता कसुरको कठोर कानुन बन्दै

लिम्चुङबुङ डायरी, समाचार
भदौ २४ गते ।  आमाले आफ्नो सन्तानको नागरिकता प्राप्तिका लागि बाबु भनेको व्यक्ति गलत ठहर भए ती महिलासँगै पहिचान खुल्न आएको बाबुसमेत सजायको भागीदार हुने कानुन बन्न लागेको छ । नागरिकता विधेयकमा बाबुको पहिचान हुन नसकेको व्यक्तिका हकमा निजको आमाले सोही व्यहोराको स्वघोषणा गरेको आधारमा वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ । विधेयकमा आमाले गरेको स्वघोषणा झुटा ठहर भए ६ महिनादेखि डेढ वर्षसम्म कैद र २५ हजारदेखि एक लाखसम्म जरिवाना हुने सजायको व्यवस्था गरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
स्थानीय तहका जनप्रतिनिधि प्रमुख र उप–प्रमुखको ज्यान जाने शीतयुद्ध

स्थानीय तहका जनप्रतिनिधि प्रमुख र उप–प्रमुखको ज्यान जाने शीतयुद्ध

लिम्चुङबुङ डायरी, समाचार
भदौ २४ गते ।  कतिपय स्थानीय तहमा प्रमुख र उप–प्रमुखविच विवाद चर्किएको छ भने कतै बोलचालसमेत बन्द भएको छ । कुनै स्थानीय तहका केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालतसमेत पुगेका छन् । स्थानीय तहमा बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, दलभित्रको गुटलगायका कारण विवाद चुलिएको हो । जनप्रतिनिधिबीच द्वन्द्व बढेपछि विकास निर्माणमा अवरोध भएको छ भने सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन् । धनुषा हंसपुर नगरपालिकाका मेयर र उप–मेयरका विवादले एक निर्दोषको ज्यान गएको छ । साउन २१ गते नगरपालिका कार्यालय सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उप–मेयर रेणु झा पक्षबीच झडप हुँदा बघचौडा निबासी ५७ वर्षीय तपेश्वर मण्डल गम्भीर घाइते भएका थिए । मण्डलको भदौ १८ गते उपचारका क्रममा मृत्यु भयो । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छापिएको छ ।...
अस्पत्तालको काम गर्ने ठेकेदार, हिसाब मिलाउने समिति, ज्याला नपाउने मजदुर

अस्पत्तालको काम गर्ने ठेकेदार, हिसाब मिलाउने समिति, ज्याला नपाउने मजदुर

आर्थिक, समाचार
ऋषि राई  कटारी/भदौ २३ गते ।   उदयपुरका कटारी नगरपालिकाको कटारी अस्पत्तालमा  निर्माणाधिन म्युजिकल गार्डेन, रेक्टो, रेनोभेसनको काम अहिले पनि जारी छ । १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको ६२ लाखको आयोजनाको काम असार मसान्तसम्ममा सक्नु पर्ने काम अझै सकिएको छैन् । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका लेखापाल यादब निरौलाले ५५ लाखको कामको मूल्याकंन गरी ५ प्रतिशत धरौटी काटेर ५२ लाख ५० हजार भुक्तानी दिईसकेको बताए  । ‘साउन १० गते भित्र काम सक्ने भनेर नगरपालिका अस्पत्तालका डाक्टरले प्रमाणित गरेपछी समितिलाई भुक्तानी दिएको निरौलाले बताए । हिसाब मिलाउने समिति काम गर्ने ठेकेदार  सुबोध तामाङ्गको अध्यक्षतामा कटारी अस्पत्तालको काम गर्न समिति गठन गरिएको भएपनि ठेकेदार कम्पनी र्यापिड सर्भिस प्रालि बालाजुलाई काम दिईएको छ । समितिबाट हुने काम ठेकेदारलाई दिन नहुने प्रावधान छ । प्रालिका संञ्चालक...
५ हजार घुससहित प्रहरी जवान पक्राउ

५ हजार घुससहित प्रहरी जवान पक्राउ

समाचार
भदौ २३ गते ।   वीरगञ्जबाट एक जना प्रहरी जवानलाई पाँच हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गम्हिरा साह तेलीलाई वीरगञ्ज महानगरपालिका–६ माइस्थानको एक मिठाइ पसलबाट पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ । बारा घर भएका तेलीलाई अख्तियारको कार्यालय हेटौंडाको टोलीले पक्राउ गरेको हो । तेलीले कमसल आर्युवेदिक औषधि दिएको विषयमा टुङ्गिसकेको उजुरी मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीसँग पटकपटक घुस रकम माग गरेको सूचना र उजुरीको आधारमा तेलीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।...
डेंगुबाट ४ जनाको मृत्यु, २६ सय संक्रमित

डेंगुबाट ४ जनाको मृत्यु, २६ सय संक्रमित

समाचार, स्वास्थ्य
भदौ २३ गते ।   सरकारले अहिलेसम्म डेंगुको संक्रमणबाट ४ जनाको मृत्यु भएको जनाएको छ । मुलुकभर डेंगुको प्रकोप फैलिएको बेला सरकारले डेंगुबाट चार जनाको मात्रै मृत्यु भएको आधिकारीक जनाकारी गराएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त आधिकारिक जानकारी अनुसार चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु भएका चार जनाको पनि डेंगुबाटै हो वा होइन भन्ने अझै परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ । देशभर करीब २ हजार ६ सय बिरामीमा डेंगुको संक्रमण आशंका गरिएको महाशाखाकाले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी प्रदेश ३ मा करीब ११ सय जना डेँगु संक्रमण रहेका छन् । तयसैगरी प्रदेश १ मा ७ सय ५३ जनामा डेंगुको आशंका गरिएको छ । प्रदेश र्२ मा २३, गण्डकी प्रदेशमा पाँच सय ७२, प्रदेश ५ मा एक सय पाँच, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेंगुको स...
स्थानीय सरकारको सहयोगमा रेडियो सञ्चालन

स्थानीय सरकारको सहयोगमा रेडियो सञ्चालन

समाचार
आमचौक (भोजपुर), भदौ २३ स्थानीय सरकारको सहयोगबाट भोजपुरको विकट पश्चिमी पालिका आमचौक गाउँपालिकामा सामुदायिक रेडियो सञ्चालनमा  आएको छ । पालिकाबासीलाई सूचना सन्देश प्रवाहको भरपर्दो माध्यमको रुपमा चोमोलुङमा सामुदायिक रेडियो ९८.६ मेगाहर्ज सञ्चालनमा आएको हो । सामुदायिक रेडियोले सूचना र सुशासनको क्षेत्रमा टेवा पुर्याउने भन्दै पालिकाको समेत सहयोग प्राप्त भएपछि रेडियो सञ्चालनमा ल्याएको स्टेशन मेनेजर राजन समिप राईले बताए । खासगरी समुदायको आवाजलाई मुखरित गर्ने उद्देश्यले रेडियो सञ्चालनमा ल्याएको हो । सूचना र सञ्चारबाट बञ्चित पालिकाबासीलाई मध्येनजर गर्दै भोजपुर सदरमुकामबाट करिब तीन महिनाअघि रेडियो आमचौकमा ल्याई सञ्चालनमा ल्याएको हो । सामुदायिक रेडियोहरु समुदायको बन्न नसकिरहेको परिपेक्षमा समुदायकै आवाज बन्ने उद्देश्य राखेर रेडियो सञ्चालनमा ल्याएको स्टेशन मेनेजर राईले बताए । रेडियो विहान–बेलुका ...