Friday, July 10News That Matters

समाचार

मालपोतका खरिदार रङ्गेहात पक्राउ

मालपोतका खरिदार रङ्गेहात पक्राउ

समाचार
भदौ १२ गते । मालपोत कार्यालयका एक जना खरिदार सेवाग्राहीसंग घुस लिँदालिँदै रंगेहात पक्राउ परेको छ । मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डेलाई एक लाख २० हजार घुससहित अख्तियारले पक्राउ गरकोे हो । पाण्डेले सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्यितार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवामा बसेर सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा पाण्डेसंगै लेखापढी व्यवसायी कमलप्रसाद पाण्डे पनि पक्राउ परेको अख्तियार कार्यालयले जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।...
राष्ट्रिय सभामा मिडिया काउन्सिल विधेयक पेश

राष्ट्रिय सभामा मिडिया काउन्सिल विधेयक पेश

समाचार
भदौ १२ गते । राष्ट्रिय सभामा नेपाल मिडिया काउन्सिल विधेयक पेश भएको छ । प्रतिपक्षि दलको विरोधपछि फिर्ता लिएको विधेयक विहिबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले पेश गरेको हो । विधेयक एउटा प्रस्ताव मात्र भएकाले यसलाई समृद्ध बनाउन आउने सबै कुरालाई स्वागत गर्ने मन्त्री बास्कोटाले बताए । यसमा चाहिदो छलफल गर्न सकिने र विभिन्न प्रंक्रियाहरु पनि भएको बताए । मन्त्रि बास्कोटाले भने पत्रकार महासंघसँग र प्रतिपक्षी दलका नेतासँग कुरा भएको छ । यसलाई समृद्ध बनाउन आउने सबै कुरालाई हामी स्वागत गर्छौं । विधेयकको प्रस्तावनामा नै मिडिया कान्सिललाई स्वायत्त निकाय स्वीकार नगरेको, पदाधिकारी नियुक्ति लगायतका विषयमा पनि स्वायत्त व्यवहार नगरिएको भन्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले विधेयक फिर्ता लिन माग गरेका थिए । सञ्चारमन्त्री बास्कोटाले यो विधेयक एउटा प्रस्तावमात्र भन्दै यसलाई...
काठमाण्डौँमा नेपाल–भुटान तेस्रो व्यापार वार्ता सुरु

काठमाण्डौँमा नेपाल–भुटान तेस्रो व्यापार वार्ता सुरु

समाचार, संसार
भदौ १२ गते । ८ वर्षपछि नेपाल र भुटान विच तेस्रो बाणिज्य बार्ता काठमाण्डौमा सुरु भएको छ । द्विपक्षीय व्यापार सम्बन्ध टुटेको ८ वर्ष पछि दुई देश विच तेस्रो वाणिज्य वार्ता बिहीबारबाट सुरु भएको हो । धेरैपछि भएको वार्तामा दुई देशबीचको वाणिज्य व्यापार सहजीकरणमा छलफल केन्द्रित हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् । भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भने भुटानी अर्थमन्त्रालयका व्यापार महाशाखा निर्देशक सोनाम तेन्जिङले गरेका छन् । नेपाली वार्ता टोलिका प्रमुख सहसचिव ढकालका अनुसार वार्तामा नेपालले द्विपक्षीय व्यापार सम्झौता गर्ने गरी तयारी गरेको छ । ‘भुुटानी प्रतिनिधिमण्डलले तयारी कस्तो गरेको छ त्यसैका आधारमा ब्यापार सम्झौता तय हुनेछ,’ सहसचिव ढकालले भने । बार्तामा दु...
पहिलो नेपाली ध्वजावहाक जाहाज जापानमा

पहिलो नेपाली ध्वजावहाक जाहाज जापानमा

आर्थिक, समाचार
भदौ १२ गते । नेपाली ध्वजावहाक जहाजले पहिलो पटक जापानमा बिहिबार यात्रुसहित अवतरण गरेको छ । काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाजले १ सय ३४ जना यात्रु लिएर जापान पुगेको हो । काठमाण्डाँैबाट उडेको जहाज जापानको ओशाकाको कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको थियो । ८५ जनाले टिकट काटेका थिए भने ४९ जनाको सरकारी–निजी क्षेत्रका प्रतिनिधीको टोली पहिलो उडानमा सहभागी भएको निगमले जनाएको छ । गतराति पर्यटनमन्त्री योगेश भट्टराईले विदाई गरको नेपाली टोलीको नेतृत्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले गरेको थियो । ए ३३०–२०० जहाजको पहिलो लामो दुरीको उडान पनि हो । जहाजको उडान बिहीबार बिहान साढे २ बजे राखिएको भएपनि २ः३९ मा त्रिभुवन विमानस्थलबाट उडेको थियो । यस जहाजको क्षमता २ सय ७४ सिट रहेको छ । वरिष्ठ क्याप्टेन महेश्वरमान डंगोल र श्रवण रिजालको कमाण्डमा जहा उडेको थियो भने फर्कदा विजय लामाले कमाण्ड ...
८३ केजी रक्तचन्दन बरामद

८३ केजी रक्तचन्दन बरामद

समाचार
भदौ १२ गते । तातोपानी नाका बन्द भएपछि रक्तचन्दन तस्करी रोकिएको भनिएपनि ८३ किलो ग्राम रक्तचन्दन बरामद भएको छ । भुकम्पले उत्तरी नाका तातोपानी बन्द भएपछि पहिलो पटक केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र महानगरीय प्रहरी वृत्त, बौद्धको संयुक्त टोलीले ८३ किलो रक्तचन्दन बरामद गरेको हो । बौद्ध–६, रामहिटीबाट रक्तचन्दन बरामद गरेको प्रहरीले जनाएको छ । च्याङ्बा लामाको घरमा स्टोर गरेर राखेको अवस्थामा बुधबार बरामद गरेको प्रहरीले जनाएको छ । विशेष सुराकीका आधारमा पुगेको टोलीले च्याङ्बासहित योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरेको छ । विक्री गर्न राखेको अवस्थामा रक्तचन्दन बरामद गरेपनि त्यसको मालिक को भन्ने कुरामा एकिन भएको छैन । विस्तृत अनुसन्धानका लागि पक्राउ परेका दुवै जनासहित रक्तचन्दनलाई जिल्ला वन कार्यालय बुझाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।...
६ वटा प्रदेशमा १५ सय ३७ डेंगु विरामी

६ वटा प्रदेशमा १५ सय ३७ डेंगु विरामी

समाचार, स्वास्थ्य
भदौ १२ गते । कर्णाली बाहेकका ६ वटा प्रदेशमा १५ सय ३७ जनामा डेँगुका संक्रमित भेटिएका छन् । करिब ३ महिना अगाडी पूर्वको धरानमा देखापरेका डेंगु नियन्त्रण गर्न नसक्दा देशैभर पैmलिएको हो । डेंगु संक्रमण देखिएका ६ वटा प्रदेश मध्ये सवै भन्दा बढी प्रदेश नं. १ मा संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले जनाएको छ । यस प्रदेशका १४ वटा जिल्लामध्ये ९ जिल्लामा डेँगु संक्रमित ५ सय ६३ जना भेटिएको तथ्याङ्कले देखाएको छ । यस वर्ष पहिलो पटक डेँगु फेला परेको सुनसरीको धरान हो । यहाँ ३ सय ३१ जना डेँगु संक्रमित भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै झापामा पनि १ सय २४ जना डेँगु संक्रमित फेला परेको तथ्याङ्कले देखाएको छ । प्रदेश २ का ८ जिल्ला मध्ये ७ वटा जिल्लाका १४ जना डेंगुका बिरामी भेटिएको तथ्याङ्कले देखाएको छ । त्यस्तै प्रदेश ३ का विभिन्न जिल्लामा ५ सय ५९ जना डेँगु संक्रमित फे...
साग प्रतियोगिताको लागि प्रारम्भिक टोली छनोट

साग प्रतियोगिताको लागि प्रारम्भिक टोली छनोट

खेलकुद, समाचार
भदौ १२ गते । नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली प्रारम्भिक क्रिकेट टोली छनोट भएको छ । आगामी डिसेम्बर १ देखि १० सम्म संचालन हने सागमा नेपाली टोलीका प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले बिहिबार ३५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीले भदौ १५ गतेदेखि तयारी सुरु गर्नेछ । नेपालले सागसँगै ओमानमा अक्टोबर ५ देखि १०सम्म आयोजना हुने टी–२० सिरिज पनि खेल्नेछ । सिरिजमा ओमानसहित नेपाल, हंङकङ, आयरल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता रहनेछ । प्रारम्भिक टोलीमा केही युवा खेलाडीले पनि स्थान पाएका छन् भने साग अघि हुने उक्त सिरिजले नेपाललाई फाइदा पुग्ने विश्वास गरिएको छ । कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदिप ऐरी, सुनिल धमला, सौरभ खनाल, ललितसिंह भण्डारी, विक्रम सोब, इशान पाण्डे, करन ...
अवैध औषधी बरामद

अवैध औषधी बरामद

समाचार
झापा, भदौ १२ गते । झापाको मेचीनगरबाट अवैध रुपमा नेपाल ल्याउदै गरको औषधी बरामद गरिएको छ । मेचीनगर नगरपालिका–६ मा भारतबाट नेपाल ल्याउदै गरको करिब २ लाख बराबरको औषध प्रहरीले बरामद गरेको हो । गतराती सवा ९ बजे दुई कार्टुन औषधी प्रहरीले बरामद गरको थियो । गस्ति प्रहरी टोलीलाई देखेपछि औषधी ल्याउदै गरेको मानिस औषधी छाडेर भागेको प्रहरीले जनाएको छ । औषधी छाडेर फरार रहेको मानिसको खोजतलास र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
अवैध गाँजा फडानी

अवैध गाँजा फडानी

समाचार
धनकुटा, भदौ १२ गते । धनकुटाको पाङनाम र बुर्खामा अवैध रपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरको छ । सहिदभुमी गाउँपालिका–१ पाङनाम र २ नम्बर वडाको बुर्खाको अवैध गाँजा खेती फडानी गरी नष्ट गरको हो । त्यस ठाउँमा करिब २छ रोपनीमा १० हजार १ सय ९४ बोट गाँजा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
ब्राउन सुगरसहित ४ जना पक्राउ

ब्राउन सुगरसहित ४ जना पक्राउ

समाचार
झापा, भदौ १२ गते । झापामा लागु औषध ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण व्यूरो काकडभिट्टाले बुधबार विभिन्न ठाउँबाट चार जनालाई पक्राउ गरेका हो । मेच नगरपालिका–६ भन्सार गेटबा दिउँसो पौने १ बजे मोरङको बेलबारी नगरपालिका – ३ निबासी २४ वर्षीय सन्तोष खड्का र १९ वर्षीय सोनाम लिम्बुलाई एक ग्राम एक सय मिलिग्राम ब्राउन सुगर प्रहरीले पक्राउ गरेको जनाएको छ । मेनपा – ७ गैह्री गाउँबाट दिउँसो ५ बजे बेनपा–३ निबासी १९ वर्षीय सुरज खवासलाई ५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरो काकडभिट्टाले जनाएको छ । त्यस्तै विर्तामोड नगरपालिका – ५ बाट राती साढे ८ बजे हल्दिबारी गाउँपालिका – १ घर भएका (हाल) वितामोड नपा – ४ निबासी २६ वर्षीय मनोज गुरुङलाई ९० ग्राम ब्राउन सुगर सहित लागु औषध ओसारपसरामा प्रयोग भएका मे ९ प ४८३२ नम्बरको मोटरसाईकल पक्राउ परेको प्रहर...