Sunday, May 10News That Matters

समाचार

राप्रपाको युवा संगठनले टि–२० विश्वकपमा नेपालले बनाउने रन बराबरको रुख रोप्ने

राप्रपाको युवा संगठनले टि–२० विश्वकपमा नेपालले बनाउने रन बराबरको रुख रोप्ने

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ३२ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले टि–२० विश्वकपमा नेपालले बनाउने हरेक एक रन बराबरको एक रुख रोप्ने भएको छ । युवा सङ्गठनका प्रचार संयोजक कल्याण विक्रम आचार्यले वातावरण संरक्षण राप्रपा युवा सङ्गठनको प्रमुख मुद्दा रहेको बताएका छन् । यसका साथसाथै नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पनि उत्कृष्ट प्रदर्शनको निम्ति उनले शुभकामना समेत दिएका छन् । नेपालले शनिबार बिहान टी २० विश्वकपमा समुह चरणको तेस्रो खेल दक्षिण अफ्रिकासँग खेल्दैछ ।...
युरो कप आजदेखी सुरु, उद्घाटन खेल जर्मनी र स्कल्याण्डबिच हुने

युरो कप आजदेखी सुरु, उद्घाटन खेल जर्मनी र स्कल्याण्डबिच हुने

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ३२ । युरो कप फुटबल प्रतियोगिता २०२४ आजदेखी सुरु हुँदैछ । आजदेखी सुरु हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक जर्मनी र स्कल्याण्डबिचको खेल जर्मनीको म्युनिखमा नेपाली समय अनुसार रातिको १२:४५ बजे सुरु हुनेछ । जर्मनीले तेस्रो पटक आयोजना गरेको युरोको १७ औं संस्करण जुन १४ देखि जुलाई १४ सम्म संञ्चालन हुनेछ । यसअघि जर्मनीले युरो कप सन् १९८८ मा आयोजना गरेको थियो भने सन् २०२० को संस्करण युरोकपको ११ देशमा युरोका खेल हुँदा जर्मनीको म्युनिखमा चार खेल भएको थियो । त्यस्तै सन् २००६ मा जर्मनीले विश्वकै सबैभन्दा ठुलो फुटबल प्रतियोगिता फिफा विश्वकप आयोजना गरेको थियो । यस प्रतियोगितामा युरोपका २४ राष्ट्रले प्रतिष्पर्धा गर्नेछ । सहभागी २४ राष्ट्रलाई ६ समुहमा विभाजन गरिएको छ जसमा एक समुहमा ४–४ टिम समावेश गरिएको छ । (समुह ‘ए’ मा जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्वीट्जरल्याण्ड) (समुह ‘बि’ मा स्पेन...
गाईघाटको फलफुल बजारमा रहेका तरकारी व्यवसायीलाई सगरमाथा कृषी बजार सारिने

गाईघाटको फलफुल बजारमा रहेका तरकारी व्यवसायीलाई सगरमाथा कृषी बजार सारिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ३२ । उदयपुरको सदरमुकाम गाईघाटस्थित फलफुल बजारमा रहेको तरकारी व्यवसायीलाई सगरमाथा कृषी बजारमा सारिने भएको छ । त्रियुगा नगरपालिका ११ गाईघाटमामा रहेको फलफुल बजारका तरकारी व्यवसायीलाई त्रिनपा–१३ स्थितमा रहेको बजारमा सारिने भएको हो । त्रियुगा उद्योग वाणिज्य संघको समन्वयमा साउन १ देखि फलफुल बजारमा व्यावसाय गर्दै आएका तरकारी व्यापारीहरुलाई सगरमाथा कृषी बजारमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । कृषी बजारमा रहेको सटर, भाडादर मुल्याङ्कन एवम् तत्कालिन समितिले हालसम्म गरेका कार्यहरुको प्रगतिको मुल्याङ्कन र कृषी बजार व्यवस्थापन तथा संचालनको लागि राय, सुझाव पेश गर्नको लागी ५ जनाको सदस्य समिति गठन गरिएको छ । त्रियुगा नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नविन कुमार चौधरीको संयोजकमा ५ सदस्यि समिति गठन गरिएको छ । समितिमा वडा अध्यक्ष चौधरी सहित प्रशासन शाखा प्रमुख घनश्याम पोखरेल, राजश्...
गाईघाटको फलफुल बजारमा रहेको तरकारी व्यवसायीलाई सगरमाथा तरकारी बजार सारिने

गाईघाटको फलफुल बजारमा रहेको तरकारी व्यवसायीलाई सगरमाथा तरकारी बजार सारिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ३१ । उदयपुरको सदरमुकाम गाईघाटस्थित फलफुल बजारमा रहेको तरकारी व्यवसायीलाई सगरमाथा कृषी बजारमा सारिने भएको छ । त्रियुगा नगरपालिका ११ गाईघाटमामा रहेको फलफुल बजारका तरकारी व्यवसायीलाई त्रिनपा–१३ स्थितमा रहेको बजारमा सारिने भएको हो । त्रियुगा उद्योग वाणिज्य संघको समन्वयमा साउन १ देखि फलफुल बजारमा व्यावसाय गर्दै आएका तरकारी व्यापारीहरुलाई सगरमाथा कृषी बजारमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । कृषी बजारमा रहेको सटर, भाडादर मुल्याङ्कन एवम् तत्कालिन समितिले हालसम्म गरेका कार्यहरुको प्रगतिको मुल्याङ्कन र कृषी बजार व्यवस्थापन तथा संचालनको लागि राय, सुझाव पेश गर्नको लागी ५ जनाको सदस्य समिति गठन गरिएको छ । त्रियुगा नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नविन कुमार चौधरीको संयोजकमा ५ सदस्यि समिति गठन गरिएको छ । समितिमा वडा अध्यक्ष चौधरी सहित प्रशासन शाखा प्रमुख घनश्याम पोखरेल, रा...
निर्धारित समय अगावै भवन निर्माण सम्पन्न

निर्धारित समय अगावै भवन निर्माण सम्पन्न

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, जेठ ३१ । दिनहुँ सञ्चार माध्यममा निर्माण कार्यमा ढिलाई भएको, ठेकेदारले काम नगरेको समाचार प्राय पढ्न र सुन्न पाईन्छ । तर उदयपुरको कटारी नगरपालिका ५ मा निर्माण भएको प्राकृतिक श्रोत ब्यबस्थापन कलेजको शैक्षिक भवन निर्धारित समय भन्दा ५ महिना अघि नै सम्पन्न भएको छ । कृषि तथा वन बिज्ञान विश्वविद्यालय वन बिज्ञान संकाय मार्फत ६ करोड ४९ लाख ४ हजारमा २०८० वैशाख २६ मा सम्झौता भएको शैक्षिक भवन निर्माण कम्पनीले ५ महिना अघि काम सम्पन्न गरेको हो । १८ महिना भित्र निर्माण सम्पन्न गरिसक्ने जिम्मा पाएको कामख्या कन्टक्सन प्रा.लि.ले कलेजको १२ कोठाको ३ तले भवन ५ महिना अघि सम्पन्न गरेर उदाहरणको पात्र बनेको हो । निर्माण समय भन्दा ५ महिना अगाडिनै भवन निर्माण सम्पन्न गरेकोमा निमित्त क्याम्पस प्रमुख राजीव जोशीले निर्माण कम्पनीका प्रोपाईटर समुन्द्र लामिछानेलाई धन्यवाद व्यक्त गरे । क्याम्पसको आफ्नै भव...
चौनपाको यायोक्खा भवन बजेट अभावमा अलपत्र

चौनपाको यायोक्खा भवन बजेट अभावमा अलपत्र

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ३१ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा किरात राई समुदायको यायोक्खा साँझा भवन अलपत्र परेको छ । चौदण्डीगढी वडा नं. ७ साकेला परिसरभित्र निर्माणधिन भवन बजेट अभावमा अलपत्र परेको हो । चौदण्डीण्ढीका पूर्व नगर प्रमुख खगेन्द्र राईले आर्थिक बर्ष २०७८–०७९ मा रु. ५ लाख बजेट विनियोजन गरिदिएपछि भवन निर्माण कार्य सुरु भएको थियो । ४६ मिटर लम्वाई र ३६ मिटर चौडाइमा बन्न लागेको ६ कोठे पक्की भवन अहिले बजेट अभाव भएपछि अलपत्र परेको हो । किरात राई यायोक्खाका अध्यक्ष शशिचन्द्र राईले गत वर्ष प्रदेश सरकारले १० लाख रुपैयाँ उपलब्ध गराएपछि ईटा जोड्ने कामसम्म भएको बताएका छन् । साँझा भवन भएकोले बजेट व्यवस्थापनको लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नु पर्ने उनको भनाइ छ । पूर्व किराया अध्यक्ष अञ्जना राईको पहलमा भवन निर्माण कार्य सुरु भएको थियो । उक्त भवनको लागि प्रदेशसभा सदस्य राजन किराती ‘वासु’ले...
चौदण्डीगढीको शिक्षा शाखा प्रमुख कुवर विरुद्ध मुद्धा दर्ता

चौदण्डीगढीको शिक्षा शाखा प्रमुख कुवर विरुद्ध मुद्धा दर्ता

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, जेठ ३१ । उदयपुरको चौदण्डीगढी नगरपालिका शिक्षा शाखा कार्यालय प्रमुख रामेश्वर कुंवर विरुद्ध एक शिक्षकले मुद्धा दर्ता गरेका छन् । चौनपा–६ बेल्टारको ज्योति माध्यामिक विद्यालयलमा प्रावि तहका शिक्षक कुशुमलाल यादवले गत आईतबार प्रमुख कुंवरविरुद्ध उच्च अदालत विराटनगरमा मुद्धा दर्ता गराएका हुन् । प्रमुख कुंवरले आफू खुसी सरुवा गरेको भन्दै शिक्षक यादव उच्च अदालत पुगेका हुन् । यादवलाई केही महिना पहिले त्रियुगा नगरपालिका–७ भुल्के स्थित सगरमाथा आधारभूत विद्यालयमा सरुवा गरिएको थियो । तर उक्त सरुवा नगर प्रमुख कालुमान लामा र शिक्षा शाखाका प्रमुख कुंवरले आफू खुसी गरेको निर्णय नियम सँगत नभएको भन्दै उनले अस्वीकार गर्दै आएका छन् । शिक्षक यादवले नगरपालिकाले तयार पारेको शैक्षिक कार्यविधि, ऐन र नियमावली लिन निवेदन सहित माग गर्दा पनि नदिएको बताएका छन् । यादवका अनुसार कार्यविधि पुस्तकहरु माग्न जाँ...
गाईघाटमा ७ दिने कुसन बुनाई तालिम सुरु

गाईघाटमा ७ दिने कुसन बुनाई तालिम सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३१ जेष्ठ । गाईघाटमा ७ दिने कुसन बुनाई तालिम सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको समन्वयमा तालिम सुरु भएको हो । तालिममको उद्घाटन त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले गर्नु भयो । तालिममा २० जना महिलाहरुलाई सहभागी गराईएको छ । सिप मानिसको बाँच्ने आधार रहेको भन्दै महिलाहरुलाई आत्मानिर्भर बनाउन यस तालिमले मदत पुराउने घरेलु कार्यालय उदयपुरका प्रमुख नरेन्द्र पराजुलीले जनाए । पराजुलीका अनुसार कार्यालयले महिला, अपाङगता भएका व्यक्तिहरु र पछाडीएका समुदायहरु जस्ता लक्षित वर्गलाई बिभिन्न तालिमहरु उपलब्ध गराउँदै आएको जनाए । यो सँगै उद्यमीहरुलाई एड्भान्स तालिम तथा प्रविधिहरुको व्यवस्था र उद्योग तथा उद्यमीहरु उत्पादनका लागि यसरी बिभिन्न नयाँ सिपहरु सिकाईदै आएको प्रमुख पराजुलीले जनाए । प्रमुख अतिथि समे रहेकी ...
चोरीको मोटरसाईकल खरिद–बिक्रि गर्ने दुई जना पक्राउ

चोरीको मोटरसाईकल खरिद–बिक्रि गर्ने दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ३० । मोरङमा चोरीको मोटरसाईकल खरिद–बिक्रि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–१२ बिराटचौकका ४० बर्षीय शंकर दाहाल र धनपालथान गाउँपालिका–१ का १९ बर्षीय अजय मण्डल रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार गत मंगलबार बिराटचौकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात चोरीको मोटरसाईकल को. ३५ प २२०२ नम्बरको पल्सर मोटरसाइकल खरिद बिक्री गर्ने उनिहरुलाई पक्राउ गरिएको हो ।   कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह एक्ष्त् बाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ...
उदयपुरमा बैकिङ कसुर मुद्धाका फरार एक प्रतिवादी पक्राउ

उदयपुरमा बैकिङ कसुर मुद्धाका फरार एक प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ३० । उदयपुरमा बैकिङ कसुर मुद्धाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाग्लुङ साबिक दर्लिङ गा.बि.स वडा नं. ०३ घर भई काठमाण्डौ म.न.पा. वडा नं. १० बस्ने वर्ष ३६ को सागर न्यौपाने भन्ने बाबुराम उपाध्याय रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार विभिन्न पसलहरूमा गई सामान किन्ने बहानामा सुन लगायत बहुमूल्य सामानहरू किन्ने भनी थोरै रकम भुक्तानी गर्ने र बाँकी रकमको चेक दिई भोलि नै साटिन्छ भनी रकम नभएको चेक दिई फरार हुने गरेका थिए । यस्तै प्रकृतिका कार्य गरी फरार हुँदै आएका उपाध्याय सोमबार गाईघाट बजारमा फेला पारी नियन्त्रणमा लिईएको डिएसपी चापागाईले बताए । पक्राउ गरेका उपाध्यायलाई आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय भोजपुर पठाइएको प्रहरीले जनाएको छ । यस प्रकारका अपराधिक कार्यविधि प्रयोग गरी ठगी ग...