Tuesday, May 5News That Matters

समाचार

तिनकुने प्रदर्शन : कोठा पुग्नै लाग्दा उदयपुरकी रेविका सहित दाजु दिनेशलाई गोली लाग्यो

तिनकुने प्रदर्शन : कोठा पुग्नै लाग्दा उदयपुरकी रेविका सहित दाजु दिनेशलाई गोली लाग्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २० । उदयपुरकी २२ वर्षीया रेविका खत्री गएको शुक्रबार काठमाडौंको जडिबुटीमा रहेको खाद्य गोदाममा काम सकेर कोटेश्वर हुँदै डेरा फर्कने क्रममा प्रहरीको गोलीबाट घाइते भइन् । राजावादी समूहको प्रदर्शनका कारण कोटेश्वरमा सिर्जना भएको हिंसात्मक परिस्थितिमा उनलाई आफ्नो शंकरमार्गको डेरामा बस्ने (ठूलोबुबाका छोरा) दाजु दिनेश खत्रीले लिन गएका थिए । दिनेश र रेविका कोठा छिर्नै लाग्दा उनीहरूलाई एकाएक गोली लाग्यो । प्रहरीले तीनकुनेमा जम्मा भएका प्रदर्शनकारी लखेट्ने क्रममा अश्रुग्यास र हवाई फायर गरिरहेको थियो । यद्यपि, उनीहरू रहेको स्थानमा त्यति बेला कुनै प्रदर्शन भइरहेको थिएन ।  गोली रेविकाको दायाँ तिघ्रामा लागेर निस्कियो जसका कारण उनी गम्भीर घाइते भइन् । दिनेशको भने खुट्टामा गोली छोएको थियो । करिब दुई घण्टा पछि एम्बुलेन्सले घाइते दुवै जनालाई निजामती कर्मचारी अस्पताल लगियो ।कोटेश्वर क्याम्...
उदयपुरमा नक्कली लिखत बनाई ठगी गरेको आरोपमा पक्राउ परेका युवा कारागार चलान

उदयपुरमा नक्कली लिखत बनाई ठगी गरेको आरोपमा पक्राउ परेका युवा कारागार चलान

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २० । उदयपुरमा नक्कली लिखत बनाई ठगी गरेको आरोपमा पक्राउ परेका एक युवा कारागार चलान भएका छन् । यहि चैत्र १९ गते जिल्ला अदालत उदयपुरको आदेशले सप्तरीको राजविराज नगरपालिका–३ हनुमान चौक घर भई हाल त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय विवेक थापा मगरलाई पुर्पक्षको लागि जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगीका अनुसार मगरले उदयपुर र खोटाङ जिल्लाका केही व्यक्तिहरुलाई मोटरसाईकल, स्कुटरको सवारी दर्ता किताब र बिमा नविकरण गरिदिने आश्वासन दिलाई नक्कली लिखत बनाई ठगी गरेको भन्ने जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा मगरलाई फागुन २० गते पक्राउ गरी अनुसन्धान थालिएको एसपी योगिले जनाए । अनुसन्धानको क्रममा मगरले उदयपुर र खोटाङका केही व्यक्तिहरुबाट सवारी दर्ता किताब नविकरण गरिदिने भनी स...
उदयपुरमा लैँङ्गिक हिंसा सम्बोधनको लागि बनेको कार्यविधि पास

उदयपुरमा लैँङ्गिक हिंसा सम्बोधनको लागि बनेको कार्यविधि पास

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १९ चैत्र । उदयपुरमा लैँङ्गिक हिंसा घटना व्यवस्थापनको काम कार्वाही थप प्रभावकारी बन्ने आशा गरिएको छ । लैँङ्गिक हिंसा सम्बोधनका लागि जिल्ला स्तरिय निर्देशक समितिले काम प्रभावकारी बनाउनेबारे कार्यविधि पास गरे सँगै यो अपेक्षा गरिएको हो । समितिको कामलाई प्रभावकारी ढँगले अघि बढाउन र कामलाई कुशलतापूर्वक सम्वोधन गर्न कार्यविधिको मुख्य आवश्यक रहेको बताईएको छ । सोमवार जिल्लाको सदरमुकाम गाईघाट स्थित लैंगिक हिंसा सम्बोधनका लागि जिल्ला स्तरिय निर्देशक समितिको पहिलो बैठकले उत्साहका साथ कार्यविधि पास गर्न सफल भयो । (ओसिएमसी) नेपाल उदयपुरको आयोजना तथा जिल्ला समन्वय समिति उदयपुरको सहजीकरणमा आयोजित बैठकले कार्यविधि पास बारे बिषेश छलफल र कुराकानी गरेका थिए । बैठकमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य कार्यक्रमका उपलब्धि प्रस्तुतिकरण सँगै एक द्वार संकट ब्यवस्थापन केन्द्रको स्रोत ब्यवस्थापन सम्...
पत्रकार आक्रमण विरोधको तेस्रो दिन : जिल्ला प्रशासन कार्यालयलाई ध्यानकर्षण पत्र

पत्रकार आक्रमण विरोधको तेस्रो दिन : जिल्ला प्रशासन कार्यालयलाई ध्यानकर्षण पत्र

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ चैत्र । पत्रकारको हत्या र आक्रमण गर्नेमाथी कडा कानुनी कार्वाही र उचित क्षतीपूर्तिको माग सहित पत्रकार महासंघ उदयपुरले तिन दिन देखी विरोध गरिरहेको छ । बिरोधको तेस्रो दिन आज जिल्ला प्रशासन कार्यालय उदयपुरलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आन्दोलनको नाममा पत्रकारलाई निसाना बनाएर हिंसात्मक घटना गराईएको भन्दै प्रशासन मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाईएको हो । सोमवार महासंघका अध्यक्ष बक्ति विलाश पोखरेललको पत्रकार टोलीले सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम प्रसाद पाण्डेलाई  पत्र बुझाएको हो । महासंघले भिडियो खिच्ने क्रममा ज्यान गुमाएको एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्यारालाई गहिरो अनुसन्धान गरी mौजदारी मुद्धामा कानुनी कार्वाही र उचित क्षेतिपूर्तिका माग राखेको छ यता हिमालयन टिभीको सवारी साधन फोड्ने, अन्नपूर्ण पोष्ट दैनिकको भवनमा आगो लगाउने तथा तोडफोड गर्ने, कान्तिपुर ...
बरुवा क्याम्पसको दुर्गन्धित नाला व्यवस्थापनको माग सहित मेयर बस्नेतलाई ध्यानाकर्षण

बरुवा क्याम्पसको दुर्गन्धित नाला व्यवस्थापनको माग सहित मेयर बस्नेतलाई ध्यानाकर्षण

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र १८ । उदयपुरको सदरमुकाम गाईघाटस्थित बरुवा क्याम्पसको दुर्गन्धित फोहोर नालाको पानी व्यवस्थापनको माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) ले त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार अनेरास्वियु बरुवा क्याम्पस कमिटिका सचिव अभिषेक थापा मगर र अनेरास्वियु कोशी प्रदेशका उप–सचिव प्रवेश ठकुरीको नेतृत्वको विद्यार्थी टोलीले नाला व्यवस्थापनको माग सहित मेयर बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्र बुझ्दै मेयर बसन्त कुमार बस्नेतले विद्यार्थीहरूको पढाइमा प्रतिकूल असर पर्ने कुनै पनि समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताएका छन् । मेयर बस्नेतले चाँडै नै दुर्गन्धित फोहोर नालाको पानी व्यवस्थापन गरिने आश्वासन दिए । ध्यानाकर्षण पत्रमा भनिएको छ ‘गाईघाट त्रियुगा नदी र शान्तिधामको छेउमा अवस्थित यस क्याम...
संगिता खड्काको संयोजकत्वमा उदयपुरमा राष्ट्रिय महिला उद्यमी समिति गठन

संगिता खड्काको संयोजकत्वमा उदयपुरमा राष्ट्रिय महिला उद्यमी समिति गठन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ चैत्र । उदयपुरमा संगिता खड्काको संयोजकत्वमा राष्ट्रिय महिला उद्यमी समिति गठन भएको छ । नेपाल कपडा तथा सिलाई उद्योग संघ अन्तर्गतको महिला उद्यमी समितिको उदयपुर संयोजकमा खड्का नेतृत्वको १३ जिल्ला कार्यसमिति चयन भएको हो । समितिको सचिवमा श्याम कुमार राई, कोषाध्यक्षमा सरिता गेलाल रहेकी छिन । यता सदस्यहरुमा लिला कटुवाल, सर्मिला राई, मित्र माया श्रेष्ठ, विमला मगर, सिता माया श्रेष्ठ, कविता सुवेदी, महोन कुमारी खत्री, रमा दर्जी सदा, अमृता श्रेष्ठ र प्रमिला कार्की रहेकी छिन् । आईतबार केन्द्रीय संयोजक ज्ञानु प्रदानको उपस्थितिमा जिल्लामा उद्यमी संघ गठन भएको हो । घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष प्रदिप गिरी संयोजक, संघका जिल्ला अध्यक्ष मधुकर थापा सदस्य र महिला उद्यमी विना राईको सदस्य रहेको निर्वाचन टोलीले महिला उद्यमी समिति चयन गरेका थिए । समिति चयन हुन अ...
गाईघाटमा लागुऔषध सहित २ युवक पक्राउ

गाईघाटमा लागुऔषध सहित २ युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १७ । उदयपुरको सदरमुकाम गाईघाटस्थित शनि मन्दिर नजिकबाट लागुऔषध ट्याब्लेट सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं. १२ का १९ बर्षीय रोहित झा र १८ बर्षीय बिबेक विश्वकर्मा रहेको जिल्ला प्रहरी कर्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार साझँ गस्तीमा खटिएको प्रहरी टोलीले उनिहरुलाई ६० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरु लागूऔषध सेबनकर्ता रहेको र अनुसन्धान गरेर काररबाहीको तयारी भैरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा राष्ट्रिय महिला उद्यमी  समिति गठन गरिने

उदयपुरमा राष्ट्रिय महिला उद्यमी समिति गठन गरिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ चैत्र । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ अन्तर्गतको राष्ट्रिय महिला उद्यमी समिति उदयपुरको जिल्ला स्तरीय भेला गाईघाटमा भएको छ । आईतबार गाईघाट स्थित जगत भवनमा भेला सम्पन्न भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष प्रदिप गिरी, घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख अर्जुन घिमिरे, नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापा लगायत ब्यक्तिहरुको उपस्थितिमा भेला भएको समितिका केन्द्रीय संयोजक ज्ञानु प्रदानले जनाईन् । प्रदानका अनुसार राष्ट्रिय महिला उद्यमी समित नेपाल कपडा तथा सिलाई व्यवसायी भित्र रहेका महिलाहरुको समिति रहेको जनाईन् । भेलाले उदयपुरमा जिल्ला स्तरीय समिति पनि गठन गर्ने भएको छ । जिल्ला भरी रहेका सिलाई व्यवसायीहरुलाई एक ठाउँ भेला गरेर समिति निर्माण गर्न लागिएका संयोजक प्रदानको भनाई छ ।...
राजावादी आन्दोलनका ‘नाईके’ सुवेदी घरमै नजरबन्दमा

राजावादी आन्दोलनका ‘नाईके’ सुवेदी घरमै नजरबन्दमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र १७ । 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति'का संयोजक नवराज सुवेदी विगत दुई दिनदेखि आफ्नै घरमा नजरबन्दमा रहेका छन् । 'नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५' अन्तर्गत प्रमुख जिल्ला अधिकारीको आदेशमा उनलाई नजरबन्दमा राखिएको हो । उक्त ऐनको दफा ३ को उपदफा ३.१ अनुसार सार्वजनिक शान्ति र व्यवस्थामा खलल पर्न सक्ने कार्य रोक्न स्थानीय अधिकारीले कुनै व्यक्तिलाई निश्चित अवधिसम्म निश्चित स्थानमा नजरबन्द राख्न सक्ने व्यवस्था छ । प्रशासनले सुवेदीलाई घरभित्र मात्र बस्न आदेश दिएको छ । प्रहरी स्रोतका अनुसार सुवेदीको गुह्येश्वरीस्थित निवासमा जुनियर अफिसरको कमाण्डमा ४-५ जना प्रहरी खटिएका छन् । उनलाई घरबाहिर निस्कन र नजिकका आफन्तबाहेक अन्य व्यक्तिहरूलाई भेटघाट गर्न बन्देज लगाइएको छ । प्रहरी अधिकारीका अनुसार, "उहाँको घरको गेटमा जुनियर अफिसरको कमाण्डमा ४-५ जना प्रहरी खटिएका छन्। ...
उदयपुरमा युवतीलाई जबरजस्ती गरेको आरोपमा एक जना पक्राउ

उदयपुरमा युवतीलाई जबरजस्ती गरेको आरोपमा एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र १७ । उदयपुरमा एक युवतीलाई जबरजस्ती गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १७ बर्षीय युवतीमाथी जबरजस्ती गरेको आरोपमा जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ७ का ५६ बर्षीय शिबराज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । युवतीमाथी जबरजस्ती गरेको आरोप लागेका उनलाई ईलाका प्रहरी कार्यालय बेलटारले शुक्रबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईका अनुसार बिहिवारको घटना पछी किशोरीको परिवारले जाहेरी दिएकोले उनलाई पक्राउ गरिएको हो । किशोरीले दिएको बयानको आधारमा राईलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको उनले बताए । पक्राउ परेको राई विरुद्ध अदालतबाट म्याद थप गरेर कारबाही अघि बढाईएको निरीक्षक राईले बताए ।...