Thursday, August 20News That Matters

स्वास्थ्य

नेपालमा कोरोना विरुद्धको खोप परीक्षण हुने

नेपालमा कोरोना विरुद्धको खोप परीक्षण हुने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ८ नेपालमा कोरोनाविरुद्ध खोपको परिक्षण हुने भएको छ । चीन, रुस र बेलायतले बनाएको खोपको परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वीकृति दिएको हो । तेस्रो चरणमा पुगेका खोपको परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले परीक्षणको लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । स्वीकृति पाएसँगै परिषद्ले प्रक्रिया अगाडि बढाएको छ । विश्वमा तेस्रो चरणमा पुगेको खोप नेपालमा परीक्षणका लागि अध्ययन थालेको जनाईएको छ । चीनको होङ्सी ग्रुप, बेलायतको अक्सफोर्ड ग्रुप र रुसी कम्पनीलगायत सात कम्पनी नेपालमा खोपको परीक्षण गर्न इच्छुक देखिएको जनाईएको छ । खोपको परीक्षण जनावर र मानिसमा गर्ने तयारी छ । झण्डै डेढ दुई सय मानिसमा खोपको परीक्षण गर्ने तयारी भए पनि प्रक्रियाकै चरणमा रहेकाले निश्चित भइनसकेको जनाईएको छ । खोप परीक्षणका लागि तयारी भए...
कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ८ कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा हिजो राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यहि भदौ ४ गते स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् । योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।...
अमेरिकामा प्लाज्मा थेरोपीमाबाट उपचार गर्न अनुमति

अमेरिकामा प्लाज्मा थेरोपीमाबाट उपचार गर्न अनुमति

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ८ अमेरिकाले प्लाज्मा थेरापीमार्फत कोरोना सङ्क्रमितको उपचार गर्न अनुमति दिएको छ । सङ्क्रमित बिरामीलाई प्लाज्मा थेरापीमार्फत उपचार गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सङ्क्रमितको उपचारका लागि प्लाज्मा थेरापीको प्रयोग महत्वपूर्ण हुने र यसबाट धेरैको ज्यान बचाउन सक्ने जनाईएको छ । प्लाज्मा थेरापीमार्फत मृत्युदर ३५ प्रतिशतसम्म घटाउन सकिने जनाईएको छ । अमेरिकामा अहिलेसम्म ५८ लाख ७४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित छन् भने एक लाख ८० हजारभन्दा धेरैको मृत्यु भएको छ । विश्वमा अहिलेसम्म दुई करोड ३५ लाख ७७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भईसकेको छ । एक करोड ६० लाख ७५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने ८ लाख १२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।...
आज थप ८१८ जनामा कोरोना सङ्क्रमण पुष्टि

आज थप ८१८ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ७ नेपालमा आज थप आठ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३१ हजार नौ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप दुई सय ८१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सख्या  १८ हजार ६ सय ३१  पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।...
विश्वका ३८ देशमा ३४ हजारभन्दा बढी नेपाली कोरोना संक्रमित

विश्वका ३८ देशमा ३४ हजारभन्दा बढी नेपाली कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ७ खाडी र मलेसियासहित विश्वका ३८ देशमा कार्यरत ३४ हजारभन्दा बढी नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार साँझसम्म विश्वका ३८ देशमा कार्यरत ३४ हजार तीन सय एक जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ । सङ्क्रमितमध्ये ३२ हजार दुई सय ५३ जना नेपाली उपचारपछि निको भएको समितिले जनाएको छ । विदेशका १६ देशमा १ सय ९२ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको जनाईएको छ । गत साता लग्जम्र्वमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म विश्वका विभिन्न देशमा एक सय ९२ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भईसकेको जनाईएको छ । अहिलेसम्म कोरोना भाइरसबाट बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको मृत्यु भएक...
कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ७ वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ निबासी  ५६ वर्षीया महिलाको मृत्यु भएको हो । नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे उनको निधन भएको अस्पतालले जनाएको छ । गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनीमा संक्रमण पोजेटिभ भएको थियो । उनी थाइराइडको विरामी थिईन् । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि उनलाई साउन २४ गतेदेखि नै आईसीयूमा राखेर उपचार भइरहेको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।...
बालबालिकालाई माक्स अनिर्वाय

बालबालिकालाई माक्स अनिर्वाय

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ७ विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले १२ वर्षमाथिका बालबालिकाबाट कोरोना भाइरस फैलन सक्ने भन्दै मास्क लगाउनुपर्ने नियम जारी गरेको छ । १२ वर्षभन्दा माथिका बालबालिका तथा किशोरकिशोरीले वयस्क व्यक्तिले जस्तै मास्क लगाउनु पर्ने डब्ल्यूएचओले जनाएको छ । यसअघि किशोर अवस्थाका व्यक्ति कोरोना भाइरसको संक्रमण कम फैलने देखिए पनि अहिले किशोर अवस्थाका व्यक्तिबाट वयस्कबाट जस्तै संक्रमण फैलने पाइएकाले मास्क अनिवार्य लगाउन गर्न डब्ल्युएचओले सुझाव दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । डब्ल्यूएचओले ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाउन र ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन भनेको छ । कोरोना भाइरसका कारण विश्वमा दुई करोड ३३ लाख ८० हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् भने आठ लाख नौ हजार जनाको मृत्यु भईसकेको छ ।...
आज कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

आज कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ६ नेपालमा आज कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ४६ जनाको मृत्यु भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुषहरुको मृत्यु भएको जनाईएको छ । त्यसैगरी, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय परुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुर ७३ वर्षीय पुरुषको मृत्यु भएको जनाईएको छ ।...
नेपालमा आज थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ६ नेपालमा आज थप छ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज काठमाण्डौँका १६० जना, ललितपुरका ६, भक्तपुरका ५०, पर्साका ५९ जना, मोरङका ५२, सिराहाका ३५, मकवानपुरका ३२, सुनसरीका ३१, बाँकेका २८, चितवनका २७, रुपन्देहीका २३, झापाका १७, कास्कीका १६, कपिलवस्तुका १५, कैलालीका १४ र बाराका १० जनामा संक्रमण देखिएको छ । त्यस्तै बर्दियाका ७, सल्यानका ६, दोलखाका ४, भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासीका ३/३ जना, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका २/२ तथा इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा थप १ सय ३६ जना उप...
मृतक बृद्धमा कोरोना संक्रमण पुष्टि

मृतक बृद्धमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ६ सिराहामा तीन दिनअघि मृत्यु भएका एक बृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत बुधबार मृत्यु भएका मिर्चैया नगरपालिका–४ का ६८ वर्षीय वृद्धमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । उनको गत मंगलबार गाउँमै स्वाब सङ्कलन गरिएको थियो । स्वाब सङ्कलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको बिहीबार मृत्यु भएको जनाईएको छ ।...