स्वास्थ्यचाैकी देउरी अब ‘किशोरकिशोरीमैत्री’
पूर्णपुष्टि, असार २४ ।
उदयपुरकाे त्रियुगा नगरपालिका अन्तर्गत देउरी स्वास्थ्य चाैकीलाइ किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घाेषणा गरिएकाे छ । किशोरकिशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन गर्दै अएको साे स्वास्थ्य चाैकीले मापदण्ड पुरा गरेकाले साेमबार किशाेरकिशाेरीमैत्री स्वास्थ्य संस्था घाेषणा गरिएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राइले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घाेषणा गर्नुभयाे । उहाँले समाज परिवर्तनका संवाहक जनसंख्याको महत्वपूर्ण संख्यामा रहेका किशोर किशोरीहरूको समग्र विकासका लागि स्वास्थ्य सेवा मैत्रीपूर्ण बनाउदै लैजानुपर्ने बताउनुभयाे । उहाँले स्वास्थ्य संस्थाका इन्चार्ज रेखा चैधरीलाइ प्रमाण पत्र हस्तान्तरण गर्नुभयाे ।
परिवार कल्याण महासाखा, स्वास्थ्य कार्यालय उदयपुर र स्थानीय तहको प्रतिनिधिहरूले गुणस्तर अभिवृध्दी तथा प्रमाणि...






