स्वास्थ्यमाथि खेल*वाड भएकाे भन्दै जिल्ला अस्पतालबाट आयो काे*राे*ना संक्रमितकाे गुनासाे
पूर्णपुष्टि, असार ५ ।
उदयपुरमा पछिल्लोपटक को*रो*ना पोजेटि*भ देखिएका चारजना सर्बसाधारणले आफुहरुमाथिको स्वास्थ्यमाथि खेल*वाड भइरहेको गुनासो गरेका छन् । को*रो*ना पुष्टि भएको तीनदिनमा पनि कोरोना हस्पिटल नलगेपछि उनीहरुले आधिकारिक को*रो*ना हस्पिटल लैजान माग गरेका छन् । उनीहरुले आफुहरु संक्रमित पुष्टि भए लगत्तैदेखि आधिकारिक को*रो*ना हस्पिटल लैजान माग गर्दै आएका थिए । असार २ गते को*रो*ना पुष्टि भएका उनीहरुलाई एकदिन जिल्ला हस्पिटलमा राखेर विराटनगर लैजाने भनेपनि नलगिए पछि आफुहरुको स्वास्थ्यमाथी खेलवाड भएको गुनासो उनीहरुको हो ।
को*रो*ना पुष्टि भएपछि विराटनगरस्थित कोशी को*रो*ना हस्पिटल लैजानु पर्नेमा उनीहरुलाई जिल्ला हस्पिटल, उदयपुरको आइसो*लेशनमा राखिएको छ । आफुहरुलाई आधिकारिक को*रो*ना हस्पिटल नलैजाँदा स्वास्थ्यप्रति बढिनै चिन्ता बढेको उनीहरुले बताएका छन् । तीनदिनदेखि अस्पतालको आइसो*लेशन बेडमा ख...




