Tuesday, August 18News That Matters

स्वास्थ्य

नेपालमा अहिलेसम्म ८७ जना कोरोना संक्रमित उपचारपछि निको भए

नेपालमा अहिलेसम्म ८७ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ११ गते ।  अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ । उक्त संक्रमितमध्ये ८७ जना उपचारछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जसंखया मन्त्रालयले जनाएको छ । उपचारपछि निको हुनेमा उदयपुरमा फेला परेको  ३३ जनामा संक्रमित मध्ये २३ जना निको भएका छन् । त्यस्तै बाँकेमा अहिलेसम्म १ सय ४२ जनामा संक्रमण पुष्टि भएकोमध्ये २१ जना उपचारपछि निको भएका छन् । त्यस्तै कपिलवस्तुमा ८० जनामा संक्रमण पुष्टि भएको मध्ये १० जना उपचारपछि निको भएका छन् । र्सामा ९४ जनामा संक्रमण पुष्टि भएकोमध्ये ७ जना निको भएका छन् । त्यस्तै रुपन्देहीमा १, झापामा २, रौतहटमा ३, बारामा २, काठमाण्डौमा ४, धनुषामा १, कैलालीमा ४, चितवनमा २, भक्तपुरमा २, धादिङमा १, बागलुङमा २, भोजपुरमा १ र कञ्चनपुरमा १ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म नेपालको ४२ वटा जिल्लामा संक्रमण देखिएको छ भने ३ जनाको मृत्...
थप १२ जनामा कोरोना संक्रमण पुष्टि

थप १२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ११ गते । नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाण्डौँ, टेक, प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको रिक्षणमा नयाँ संक्रमित पुष्टि भएको हो । मोरङ वारदसी–३ का ४५ वर्षीय पुरुषमो कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै बारा कलैयाका ३२ वर्षीय, पर्सा विरगञ्जका २५ वर्षीय, पर्सा घर भई हाल बारामा कार्यरत ३४ वर्षीय, पर्सा नागवाका ६० वर्षीय,  रौतहट स्थायी घर भई हाल कलैयामा कार्यरत ३२ वर्षीय, सर्लाही हरीपुर–६ का ४८ वर्षीय, रुपन्देही सम्मारीमाई–५ का ४० र ५० वर्षीय, रुपन्देहीकै ३२ वर्षीय, काठमाण्डौँ सोह्रखुट्टेका ६९ वर्षीय र नुवाकोट ककनीका ३९ वर्षीय पुरुहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा ६ सय ३ जना संक्रमित पुगेको छ भने ८७ जना उपचारपछि डिस्चार्ज भएका छन् । अहिलेस...
कतारमा करिब ७ हजार नेपाली संक्रमित

कतारमा करिब ७ हजार नेपाली संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ११ गते ।  कोरोना भाईरसबाट कतारमा करिब ७ हजार नेपाली संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकले कतारमा मात्रै ६ हजार ९ सय ११ जना नेपाली संक्रमित भएको देखाएको हो । अघिल्लो हप्ता २ हजार ५ सय नेपाली संक्रमित भएकोमा कतारमा थप ४४ सय ११ जनामा संक्रमण देखिएको एनआरएनएको स्वास्थ्य समितिको तथ्याङ्कले देखाएको छ । त्यस्तै नेपालीका मुख्य श्रम गन्तव्यमध्येका अर्को देश यूएईमा ५ सय नेपाली संक्रमित भएका छन् । यस्तै साउदीमा १३ सय ६४, बहराइनमा ३ सय ३१, कुवेतमा ८४, मलेसियामा ५५ जना नेपालीमा संक्रमण देखिएको तथ्याङ्कले देखाएको छ । अहिलेसम्म यूएईमा कोरोनाको कारण १८ नजा नेपालीको मृत्यु भएको छ । यस्तै साउदीमा ७, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको मृत्यु भएको समितिले जनाएको छ ।...
विश्वमा कोरोना संक्रमितको ५४ लाख भन्दा बढी

विश्वमा कोरोना संक्रमितको ५४ लाख भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ११ गते ।  विश्वका विभिन्न देशमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमित ५४ लाख नाघेको छ । अहिलेसम्म विश्वमा ५४ लाख ४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएईसकेको छ । उक्त संक्रमितमध्ये २२ लाख ४७ हजार २ सय ३४ जना उपचारपछि निको भएको वल्डओमिटरले जनाएको छ । अहिलेसम्म संक्रमणका कारण ३ लाख ४३ हजारभन्दा बढी मृत्यु भएको जनाईएको छ । अमेरिकामा मात्रै १६ लाख ६६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने साढे ९८ हजार भन्दा बढीको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा साढे  ६ हजारभन्दा बढी थप नयाँ कोरोना संक्रमित थपिएसँगै १ लाख ३१ हजार ४ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म भारतमा ३ हजार ८ सय ६८ जनाको मृत्यु भईसकेको छ ।...
कोरोना स्कोरमा ‘उदयपुर’ पहिलोदेखि छैटौँ स्थानसम्म

कोरोना स्कोरमा ‘उदयपुर’ पहिलोदेखि छैटौँ स्थानसम्म

बिचार, समाचार, स्वास्थ्य
भोेटराज राई जेठ १० गते ।  गत बैशाख ५गते १ न. प्रदेशकै पहिलो घटनाको रुपमा कोरोना संक्रमित उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा देशकै सवै भन्दा ठूलो संख्यामा १२ जना पुष्टि हुदा देशभरको संख्या ३० थियो । २०७६ माघ १० गते कोरियाबाट आएका एक नागरिकमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको नेपालमा कोरोना संक्रमितको संख्या आज ६ सय पुग्न ९ अंक मात्र बाँकी छ । देशमा बैशाख महिनाको तेस्रो हप्तादेखि तिब्र रुपमा बृद्धि देखिएको छ । बैशाख २१ गते नेपालमा संक्रमितको संख्या ७५ मात्रै थियो । १७ दिनकै अन्तरालमा ५ सय बढी संख्या थपिएको देखिन्छ । यस हिसावले दिन दुई गुणा रात चौगुणा संक्रमित थपिएको अवस्था छ । लामो समय संक्रमितको संख्या स्थिर देखिएर पछिल्लो समय तिब्र देखिनुमा विगतमा परिक्षणको दायरा अगाडी नबढाउनु प्रमुख कम्जोरी देखिएको छ । पछिल्लो समय स्वास्थ्य सामाग्रीहरुको उपलब्धताका साथै परिक्षणका दायरा बढ...
तिन जिल्लामा आज ७ जना संक्रमित थपियो

तिन जिल्लामा आज ७ जना संक्रमित थपियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख, १० शनिवार बेलुका कोरोनो संक्रमित नेपालमा थप ७ जना थपिएको छ ।  प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीका अनुसार शनिबार साँझ थपिएका संक्रमितमा रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश नं. ५ मा ७ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ । आज बिहान ३२ जना संक्रमित थपिएका थिए भने दिउँसो ३६ जना संक्रमित थपिएका थिए । गुल्मीका संक्रमित यसअघि मृत्यु भएका ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट ट्रेसिङमा भेटिएका हुन् । आज बिहान ३२ जना संक्रमित थपिएका थिए भने दिउँसो ३६ जना संक्रमित थपिएका थिए ।...
थप ९ जना कोरोना संक्रमित डिस्चार्ज

थप ९ जना कोरोना संक्रमित डिस्चार्ज

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १० गते ।  आज पर्साको नारायणी अस्पतालबाट ९  जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । अस्पतालमा उपचार गराईरहेका ७१ जनामध्ये ९ जनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । पर्सा र रौतहटका ३÷३ जना, बाराका २ जना र १ जना भारतीय नागरिक डिस्चार्ज भएको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले ६२ जना संक्रमित उपचाररत छन् भने नारायणी कोरोना अस्पताल गण्डकीमा पनि २५ उपचाररत छन् । योसँगै नेपालमा ७९ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । अहिलेसम्म सङ्क्रमितमध्ये ३ जनाको मृत्यु भएको छ ।...
नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १० गते ।  फेरी थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा बाँके नरैनापुरका १६ देखि ५० वर्ष उमेर समुहका २७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा वैतडी शिवनाथ गाउँपालिकाका २०, २०, २२ र २७ वर्षीय पुरुषमा र बर्दिया बडैया तालको १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ  । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा झापाको झापा गाउँपालिका ३३ वर्षीय परुषमा संक्रमण पुष्टि भएको छ । त्यसतै सुर्खेतमा २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ५ सय ५ जना पुरुष र ७९ जना महिलामा संक्रमण पुष्टि...
चीनमा कोरोना संक्रमित शून्यमा झ¥यो

चीनमा कोरोना संक्रमित शून्यमा झ¥यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १० गते ।  कोरोना भाईसर फैलिन सुरु भएको पहिलो पटक चीनमा संक्रमित थपिएको छैन । पछिल्लो २४ घण्टामा चीनमा नयाँ कोरोना संक्रमित देखिएको छैन । चिनमा मार्च महिनाबाट संक्रमण हुनेको दरमा कमी आएको थियो संक्रमितको संख्या घट्नुको मुख्य कारण प्रतिबन्धको कडा पालना गर्नु हो ।
विश्वमा ५३ लाखभन्दा बढी कोरोना संक्रमित

विश्वमा ५३ लाखभन्दा बढी कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १० गते ।  विश्वको विभिन्न देशमा ५३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ५३ लाख ३ हजार ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । उक्त संक्रमतिमध्ये अहिलेसम्म साढे २१ लाखभन्दा बढी उपचार पछि निको भएका छन् भने ३ लाख ३९  हजार ९ सय ९२ जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी १६ लाख ४५ हजारभन्दा धेरैमा कोरोनाको संक्रमण पुष्टि भएको मध्ये ९७ हजारभन्दा बढीको मृत्यु भएको छ ।...