Tuesday, August 18News That Matters

स्वास्थ्य

म्याग्दीमा थप २ जनामा डेङ्गी संक्रमिण

म्याग्दीमा थप २ जनामा डेङ्गी संक्रमिण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २७ गते ।  म्याग्दीमा थप दई जनामा डेङ्गीको संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई युवामा डेङ्गी पोजेटिभ देखिएको अस्पतालले जनाएको हो । शुक्रबार थप दुई जनामा डेङ्गीको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ९ पुगेको छ । कोरोना भाईरस संक्रमणको महामारी फैलि रहेको बेला डेङ्गीको संक्रमित फैलिन थालेपछि झनै जनजीवन प्रभावित बन्दै गएको छ ।  यसवर्ष निकै डेङ्गीले सताउने सङ्केत देखिएको चिकित्सकहरु बताउँछन् ।...
पुनः परिक्षणमा उदयपुरको भुल्केमा थपियो ३ कोरोना संक्रमित, अव भुल्केमै मात्र संक्रमितको संख्या ३१ पुग्यो

पुनः परिक्षणमा उदयपुरको भुल्केमा थपियो ३ कोरोना संक्रमित, अव भुल्केमै मात्र संक्रमितको संख्या ३१ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २७ । नेपालको सबैभन्दा बढि संक्रमित स्थान उदयपुरको भुल्केमा पुनः परिक्षण गर्दा संक्रमितको संख्या थपिएको छ । २८ जना संक्रमित फेला परेको भुल्केमा पुनः परिक्षणको रिपोर्टमा ३ जना थपिएको हो । ती सबै महिला रहेको बुझिएको छ । अव भुल्केमा मात्र ३१ जना संक्रमित पुगेको छ ।  भुल्केका १८ वर्षिया, ४५ वर्षिया र ६५ वर्षिया महिलाहरु संक्रमित पुष्टि भएकाे नेपाल सरकारकाे स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयले जनाएकाे छ । त्यसैगरी कपिलबस्तुमा पनि ३ जना पुष्टि भएको छ । तीनै जना पुरुष रहेका छन् । उनीहरु एक जना १७ र दुईजना १८ वर्षका छन् । पर्शामा पनि थप एकजना ६२ वर्षका पुरुष कोरोना संक्रमित पुष्टि भएको छ ।  यो संगै नेपालमा १०९ संख्या पुगेको छ ।...
विश्वमा कोरोना संक्रमित ४० लाख बढी

विश्वमा कोरोना संक्रमित ४० लाख बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २७ गते । विश्वमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । दुई सय १२ देश र दुईवटा अन्तर्राष्ट्रिय पानीजहाजमा अहिलेसम्म ४० लाख १० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । उक्त संख्यामध्ये १३ लाख ८२ हजार भन्दा बढी निको भएको जनाएको छ । कोरोनाका कारण अहिलेसम्म २ लाख ७५ हजारभन्दा बढीको मृत्यु भईसकेको जनाईएको छ । गत पछिल्लो २४ घण्टामा विभिन्न देशमा गरि ५ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म १३ लाख २० हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने ७८ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा ३१ हजारभन्दा बढी र इटालीमा ३० हजारभन्दा बढीको मृत्यु भएको जनाईएको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या साढे ५९ हजार नाघेको छ । अहिलेसम्म १ हजार ९ सय ८५ जनाको मृत्यु भईसकेको जनाईएको छ । १७ हजार ८ सय ८७ जना भने निको भएका छन् ।...
उपचारपछि फर्किएकी राेशना, गाउँ नजिकैकाे क्वारेन्टाइनमा

उपचारपछि फर्किएकी राेशना, गाउँ नजिकैकाे क्वारेन्टाइनमा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २६ । उदयपुरको भुल्केकी कोरोना संक्रमित रोसना खातुन उपचारपछि आज फर्केर गाउँ नजिकैको क्वारेन्टाइनमा बस्नु भएको छ । ५१ वर्षिया खातुन विराटनगर स्थित कोशी कोरोना हस्पिटलमा उपचारपछि ठिक भएर फर्किनु भएको हो । गाउँ फर्किए पनि सिधै घर जान नमिल्ने, कोरेन्टाइनमा बसेर पुनः परिक्षणपछि रिपोर्ट नेगेटिभ आएपछि मात्र घर जान पाउने प्रक्रिया छ । सोही अनुरुप गाउँ नजिकैको मोतिगडा क्वारेन्टाइनमा उहाँलाई राखिएको छ । आज सो हस्पिटलबाट टिस्चार्ज हुने आठ जना मध्ये उहाँ एक महिला हुनुहुन्छ । अन्य डिस्चार्ज हुने भुल्केका २० वर्षिय आजाद आलम, १८ वर्षिय मो. इरजाम अमम्मद, १८ वर्षिय परवेज आलाम, ४१ वर्षिय मुख्तार मिया, मोरनका ७२ वर्षिय अइनुन मिया, ६० वर्षिय इस्राइल मिया र एक भारतीय नागरिक मो. आदिललाई भने विराटनगरस्थित मस्जिद कोरोन्टाइनमै राखिएका छन् ।...
उदयपुरका पत्रकारहरूलाइ पिपिइ सेटसहित स्वास्थ्य सामग्री प्राप्त

उदयपुरका पत्रकारहरूलाइ पिपिइ सेटसहित स्वास्थ्य सामग्री प्राप्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २६ नेपाल पत्रकार महासंघ उदयपुरलाई रोटरी क्लव अफ गंगबुले १५ सेट पिपिइ सेटसहित स्वास्थ्य सामग्री आज उपलब्ध गराएको छ । महासंघ शाखा कार्यालयमा क्लवका अध्यक्ष महेश बस्नेतलगायतको टोलीले सामग्री उपलब्ध गराएका हुन् । रोटरीले १ हजार थान मास्क, एकसय जोर पञ्जा र ५० थान सेनिटाइजरसमेत उपलब्ध गराएको हो । नेपालकै सबैभन्दा बढि कोरोना संक्रमित भेटिएको उदयपुरको भुल्के क्षेत्रमा जोखिम मोलेर काम गरिरहेका पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै पिपिइ सेट तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको क्लवका अध्यक्ष बस्नेतले बताउनुभयो । महासंघ शाखा अध्यक्ष भरत खड्काले क्लव र त्यसका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । अध्यक्ष ख्ड्काले जोखिम क्षेत्रमा अग्रपंतीमा खटिने पत्रकारहरूलाइ उपलब्ध सामग्री उपलब्ध गराउने बताउनुभयो । त्यसैगरी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष...
नेपालमा ३० जना कोरोना संक्रमित उपचारपछि निको भए

नेपालमा ३० जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २६ गते । आज विराटनगरको कोशि अस्प्तालबाट ८ जना डिस्चार्ज भएपछि नेपालमा डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ । अहिले रुपन्देहीमा ३ जना, नेपालगंजमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, विरगंजमा २६ जना र विराटनगरमा १७ जना बिरामीहरुको उपचार भइराखेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, वाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परिसकेका छन् । अहिलेसम्म १५ हजार ६ सय २४ जना क्वरेन्टीनमा रहेका छन् । यसमध्ये प्रदेश १ मा १ हजार ६ सय ४५ जना, प्रदेश २ मा १ हजार २ सय ९१जना, वाग्मती प्रदेशमा २ सय ७२ जना, गण्डकी प्रदेशमा ५ सय ११ जना, प्रदेश ५ मा ५ हजार ८ सय ७ जना, कर्णाली प्रदेशमा २ हजार ७ सय ५ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९३जना क्वरेन्टीनमा रेका छन...
नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०२ पुग्यो

नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०२ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २६ गते ।  नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालगञ्जमा थपिएपछि नेपालका कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।
भुल्केका ७ जना र १ भारतियसहित ८ जना कोरोना संक्रमित उपचारपछि निको भए

भुल्केका ७ जना र १ भारतियसहित ८ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २६ गते ।  विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारारत उदयुरको भुल्केका ७ जना र एक जना भारतीयसहित थप ८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । उनीहरुलाई आज विहान अस्पतालले डिस्चार्ज गरेको छ । डिस्चार्ज भएका मध्ये एक महिलासहित पाँच जना पुरुष नेपाली नागरिक रहेको जनाईएको छ । उनीहरुको लगातार दुई पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनीहरुलाई गत बैशाख ८ गते कोरोना संक्रमण देखा परेको थियो । संक्रमण मुक्त भएकाहरुबाट थप जोखिम हुने भएकाले १४ दिन उनीहरुलाई क्वारेन्टाइनमा राखिने छ । डिस्चार्ज भएकाहरुलाई विराटनगर– १५ मा स्थापना गरिएको रानी मर्कज क्वारेन्टाईनमा राखिएको जनाईएको छ ।...
भुल्केकासमेत ८ जना कोरोना संक्रमित प्रदेश १ बाट डिस्चार्ज हुदै

भुल्केकासमेत ८ जना कोरोना संक्रमित प्रदेश १ बाट डिस्चार्ज हुदै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २६ । १ नं. प्रदेशमा हाल २५ जनाको कोरोना संक्रमित भइरहेकोमा आज ८ जना डिस्चार्ज हुने भएका छन् । विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रमा उपचार गर्राईरहेका मध्ये आठ जना डिस्चार्ज हुने भएका हुन् । उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गर्न लागिएको जनाइएको छ । लगातार तीन पटक गरिएको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । डिस्चार्ज हुनेमा भारतीय एक जना, विराटनगरका दुई जना र उदयपुरको भुल्केका ५ जना रहेका छन् । उनीहरुलाई बैशाख ८, ९ र १० गते संक्रमण पाईएपछि उपचारका लागि कोरोना विशेष उपचार केन्द्रमा ल्याइएको थियो । बुधवार मात्र ६ जनालाई विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रबाट डिस्चार्ज गरिएको थियो । उनीहरुलाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टिनमा राखिएको छ । कोशी अस्पतालमा भोजपुरको हतुवागढीको १ र झापाको बाह्रदशी र दमकको दुई जना गरी अहिले कूल २...
मुर्कुचीमा यसरी मनोपरामर्श सेवा सुरु

मुर्कुचीमा यसरी मनोपरामर्श सेवा सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २६ । उदयपुरको रौतामाई गाउँपालिकाको क्यावरेन्टाइनहरुमा मनो परामर्श सेवा सुरु भएको छ । पालिकाले मनोपरामर्शदाताको व्यवस्था गरी नियमितरुपमा मनोपरामर्श सेवाको व्यवस्था गरिएको रौतामाई गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताउनुभयो । पालिकाको मुर्कुची, भुटार र आँपटार गरी तीनस्थानमा सरकारले तोकेका मापदण्ड अनुरुप क्वारेन्टाइन निर्माण छन् । जसमध्ये पालिकाको वडा न.ंं ७ मुर्कुचीको जनता माध्यामिक विद्यालयस्थित क्वारेन्टाइनमा हाल ३४ जना मानिस बसेका छन् । उनीहरुलाई मापदण्ड अनुसारकै दुई छाक खाना, दुईपटक नास्ता, नियमित स्वास्थ्य चेकजाँचसहित क्वारेन्टाइनमा बस्दा मनोबैज्ञानिकरुपमा समस्या नआवोस् भन्ने हेतुले मनोपरामर्श सेवा दिइदैछ । रौतामाईमा परामर्श सेवाका लागि ओरेक नेपाल, राजाबासले सहयोग गरेको छ । क्वारेन्टाइनमा बसेकाहरुलाई परामर्शको रुपमा क्वारेन्टाइनलाई सकारात्मकर...