Monday, August 17News That Matters

स्वास्थ्य

कोरोना संक्रमित ६ लाख ९५ हजार भन्दा बढी निको भए

कोरोना संक्रमित ६ लाख ९५ हजार भन्दा बढी निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १० गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमित मध्ये ६ लाख ९५ हजार तीन सय ३६ जना निको भएका छन् । अहिले विश्वका दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २५ लाख ५७ हजार ९ सयभन्दा बढी संक्रमित भएको छ । अहिले १६ लाख ८४ हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये ५७ हजारभन्दा बढी अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको छ भने बाँकी १६ लाख २७ हजारभन्दा बढी अर्थात् ९७ प्रतिशतको अवस्था सामान्य रहेको जनाईएको छ । अहिलेसम्म १ लाख ७७ हजारभन्दा बढीको मृत्यु भईसकेको छ । विश्वमा सवै भन्दा बढी अमेरिकामा ४५ हजारभन्दा बढीको मृत्यु भएको छ ।...
भारतमा १९ हजार ९ सयभन्दा बढी कोरोना संक्रमित

भारतमा १९ हजार ९ सयभन्दा बढी कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १० गते ।  कोरोना भाइरस (कोभिड १९) बाट भारतमा १९ हजार भन्दा बढी संक्रमिट भएका छन् । अहिलेसम्म भारतमा १९ हजार ९ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भारतको परिवार एवं केन्द्रीय स्वास्थ्य कल्याण मन्त्रालयले जनाएको छ । कोरोनाबाट भारतमा ६ सय ४० जनाको मृत्यु भएको छ भने ३ हजार ८ सय ६९ जना उपचारपछि निको भएको जनाइएको छ ।...
भुल्केमा हिजो थप ११ जना कोरोना संक्रमित मध्ये १ जनालाई विराटनगर लैने तयारी

भुल्केमा हिजो थप ११ जना कोरोना संक्रमित मध्ये १ जनालाई विराटनगर लैने तयारी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १० गते । भुल्केमा हिजो कोरोना संक्रमित पुष्टि भएका मध्ये एक जनालाई विराटनगर लैजाने तयारी भईरहेको छ । दुई जनालाई हिजो राती नै विराटनगर लगिएपनि एक जना पुरुषलाई आज पठाउने तयारी भईरहेको जन स्वास्थ्य कायालय उदयपुरले जनाएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना पुष्टि भएका ३ जना मध्ये २ जनालाई गतराती नै विराटनगर लगिएको थियो भने १८ वर्षीय पुरुषलाई अहिले लैजाने तयारी भईरहेको एक सुरक्षा अधिकारीले जनाएको छ । कोशी अस्पताल विराटनगरमा स्वाव परिक्षणबाट कोरोना पुष्टि भएका ८ जनालाई हिजो विहानै धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । गत बैसाख ६ गते प्रदेश सरकारले ६९ जनाको स्वाप नमुना संकलन गरेको मध्ये ८ जना ७ र ८ गते नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले संकलन गरेको २ सय ५३ जनाको नमुना स्वाप परिक्षणबाट ३ जनामा कोरोना पुष्टि भएको जनाईएको छ । ...
भुल्केमा आजैमात्र ११ कोरोना संक्रमित पुष्टि, अब जम्मा संख्या २४ पुग्यो

भुल्केमा आजैमात्र ११ कोरोना संक्रमित पुष्टि, अब जम्मा संख्या २४ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ९ । भुल्केमा आजमौ ११ जना कोरोना संक्रमित फेला परेको सरकारले पुष्टि गरेको छ । योसंगै भुल्केमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । ८ जना कोशी हस्पीटल विराटनगरमा स्वाप परिक्षणबाट पत्ता लागेका हुन् भने ३ जना राष्टिय जनस्वस्थ्य प्रयोगशालाबाट पत्ता लागेका हुन् । कोशी अस्पतालमा परिक्षण गरिएको ६९ मध्ये ८ जनामा संकास्पद देखिएको भन्दै विहान एम्बुलेन्सबाट धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाको अस्पतालले पुष्टि गरेको थियो । अस्पतालले पुष्टि गरेसंगै सरकारले पनि पुष्टि गरेको छ । बैसाख ६ गते प्रदेश सरकारको तर्फबाट आएको स्वास्थ्यकर्मीटोलीले ६९ जनाको स्वाप नमुना संकलन गरेर परिक्षणमा लगेको थियो । त्यस्तै नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले ७ र ८ गते थप २ सय ६० जनाको नमुना स्वाप संकलन गरी परिक्षण गरेकोमा आज ३ जनामा पोजेटिभ देखिएको हो । परिक्षणको कार्य भईर...
भुल्केका संकास्पद ८ जनामा कोरोना पुष्टि, भुल्केमा मात्रै संक्रमितको संख्या २२ पुग्यो

भुल्केका संकास्पद ८ जनामा कोरोना पुष्टि, भुल्केमा मात्रै संक्रमितको संख्या २२ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ९ । भुल्केबाट विहान कोरोना संकास्पद भन्दै धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका संक्रमितहरुसंगको सम्पर्कमा रहेका उनीहरुलाई कोरोना संक्रमण भएको अस्पतालले पुष्टिगरेसंगै सरकारले पुष्टि गरेको एक स्वास्थ्य अधिकारीले बताए । कोशी अस्पताल विराटनगरमा स्वाप परिक्षण गरिएको उनीहरुको रिपोर्ट पोजेटिभ देखाएको थियो । कोशी अस्पतालमा रिपोर्ट पोजेटिभ देखाएपछि क्रसचेकका लागि आठैजनालाई विहानै एम्बुलेन्सबाट धरान लगिएको थियो । लक गरिएको बस्तीबाट उनीहरुलाई लगिएको थियो । मस्जिदमा रहेका १३ जनामा कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेको बस्तीबासीलाई प्रदेश सरकारले खटाएको स्वास्थ्यकर्मी टोलीले स्वाप नमुना लिएको थियो । गत ६ गते लिएको ६९ जना मध्ये आठ जनालाई पोजेटिभ देखिएको हो । उ...
भुल्केमा सरकारले पुष्टि गरेको कोरोना संक्रमित १४ पुग्यो

भुल्केमा सरकारले पुष्टि गरेको कोरोना संक्रमित १४ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ९ ।  भुल्केमा सरकारले पुष्टि गरेको कोरोना संक्रमितको संख्या १४ पुगेको छ । भुल्केमा थप एकजना कोरोना संक्रमित भेटिएको सरकारले पुष्टि गरेको हो । भुल्केका ४४ वर्षिय पुरुष कोरोना संक्रमित रहेको जनाइएको छ । उनी हिजो र अस्ती नेपाली सेनाको स्वास्थ्यकर्मीटोलीले स्वाप नमुना संकलन गरेको २ सय ५१ जना मध्येको भएको जनाइएको छ । समाचारस्रोतका अनुसार परिक्षणको काम धमाधम भइरहेको छ । यता कोशी अस्पताल विराटनगरमा स्वाप परिक्षण भएको ६९ जना मध्ये आठजना संक्रमितको संकास्पद रहेको भन्दै आठैजनालाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । पुनः परिक्षणका लागि लगिएका उनीहरुको स्वाप लिएर धरानमा पुन परिक्षण गरिने जनाइएको छ । उक्त परिक्षणपछि मात्र सरकारले उनीहरुको अवस्था सार्बजनिक गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि गत बैसाख ५ गते सरकारले भुल्केका १२ जना...
भारतमा कोरोना संक्रमित साढे १८ हजार भन्दा बढी

भारतमा कोरोना संक्रमित साढे १८ हजार भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ९ गते ।  भारतमा साढे १८ हजार भन्दा बढी कोरोना संक्रमितको संख्या पुगेको छ । अहिलेसम्म १८ हजार छ सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा सवै भन्दा बढी कोरोना संक्रमित भएको राज्य महाराष्ट्रमा अहिलेसम्म चार हजार छ सय ६६ जना संक्रमण पुष्टि भईसकेको छ भने दुई सय ३२ जनाको मृत्यु भईसकेको जनाइएको छ । त्यस्तै सवै भन्दा कम संक्रमण पुष्टि भएको राज्य मिजोरम र अरुणाचल प्रदेशमा संक्रमित एक/एक जना रहेको जनाईएको छ । भाईरस संक्रमित मध्ये तीन हजार दुई सय ५१ जना उपचारपछि निको भएका छन् भने पाँच सय ९० जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।...
भुल्केबाट संक्रमणकाे आशंकामा ८ जना धरान लगियो

भुल्केबाट संक्रमणकाे आशंकामा ८ जना धरान लगियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ९ । भुल्केका थप ८ जनामा कोरोना संकास्पद् देखिएपछि संकास्पदहरुलाई अाज धरान लगिएको छ । गत ६ गते भुल्केमा ६९ जनाको स्वाप नकुना संकलन गरिएका मध्येबाट ८ जना संकास्पद देखिएकोले उनीहरुलाई धरान लगिएको जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले बताउनु भयो । उनीहरुको पुन परिक्षण गर्न धरान लगिएको उहाँले बताउनुभयाे । दुई वटा एम्बुलेनेसबाट उनीहरुलाई पठाईसकिएको सुवेदीले बताउनुभयो । संक्रमित हो होईन भन्ने एकिनका लागि पुन परिक्षणका लागि उनिहरुलाई लगिएको प्रमुख सुवेदिले बताउनुभयो । उनीहरुको पुन परिक्षणपछि मात्र अन्तिम रिपोर्ट आउने पनि उहाँले बताउनुभयो । यता प्रशासनले भुल्केको मस्जिद बस्तीलाई लक कायम राखेको छ । त्याहाँका बासिन्दालाइ वाहिर जान र बाहिरकाेलाइ बस्ती प्रवेशमा राेक लगाइएकाे छ । १२ जना सुरूमा संक्रमित देखिएपछि प्रदेश सरकारले चैत ६ गते स्वस्थ्यकर्मी टाेली खटाइ भुल...
भुल्केमा  थप एक सय जना स्थानीयको स्वाप नमुना संकलन

भुल्केमा थप एक सय जना स्थानीयको स्वाप नमुना संकलन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ८ गते । भुल्केमा नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले आज थप एक सय जना स्थानीयको स्वाप नमुना संकलन गरेको छ । सेनाको स्वास्थ्यकर्मी टोलीले हिजो र आज गरी दुई सय ५२ जनाको स्वाप संकलन गरेको हो । १३ जना कोरोना संक्रमित फेला परेपछि भुल्केलाई संघ र प्रदेश सरकारले स्वास्थ्यकर्मीको टोली खटाएर स्थानीयबासीको स्वाव नुमना संकलन गरेको हो । सेनाको स्वास्थ्यकर्मी टोलीले हिजो एक सय ५२ जनाको स्वाव नमुना संकलन गरेको थियो भने आज थप एक सय गरी दुई सय ५२ जनाको स्वाव नमुना संकलन गरेर काठमाण्डौँ लगेको सहायक जिल्ला अधिकारी भिम भट्टराईले जनाकारी दिए । प्रदेशले गत शनिबार ६० जना स्थानीय, ५ सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मी गरी ६९ जनाको स्वाव नमुना संकलन गरेको थियो । मस्जिदमा बसेका १२ भारतीय मुस्लिम समुदायका मानिस र चार नेपाली मुस्लिम समुदायका मानिस गरी १६ जनाको स्वाप परिक्षण गरिएकोमा ...
भुल्केमा स्वाव नमुना संकलन सुरु

भुल्केमा स्वाव नमुना संकलन सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ८ गते । भुल्केमा केहि समय अगाडीदेखि स्वाव नमुना संकलन कार्य सुरु भएको छ । हिजो स्वाव नमुना संकलन गर्न बाँकी रहेका स्थानीयबासीहरुको संकलन गर्न सुरु गरेको हो । हिजोकै स्वास्थ्यकर्मी टोलीले आज स्वाव नमुना संकलन सुरु गरेको हो । स्वाव लिन बाँकी रहेका स्थानीयबासीहरु सामाजिक दुरी कायम गर्दै चौर व्यावस्थीत रुपमा पालै पालो गरेर स्वाव नमुना संकलन गर्न कार्य भईरहेको सुरक्षा अधिकारीले जनाएको छ ।...