त्रियुगा नगर रजत महोत्सवको अवसरमा १५ सय बढीलाई निशुल्क स्वास्थ्य सेवा
पूर्णपुष्टि, चैत्र १२
त्रियुगा नगरपालिका रजत महोत्सवको अवसरमा संञ्चालन भएको निशुल्क स्वास्थ्य सिवरमा १५ सय बढीले सेवा लिएका छन् । गाईघाट स्थित त्रियुगा नगरपालिका १३ को पूर्व पश्चिम वसपार्कमा भएको उक्त सिविरले १५ सय ३२ जनालाई निशुल्क स्वास्थ्य सेवा दिएको त्रियुगा नगरपालिका स्वास्थ्य शाखाका साहायक संयोजक अबध नारायण चौधरीले जानकारी दिए ।
सिविरमा आँखा, महिलाको पाठेघर, ईसिजी, खोप, जेष्ठ नागरिकहरुलाई मुटु तथा मृगौला र रक्तदान लगायत कार्यक्रमको आयोजना गरिएको थियो ।
संयोजक चौधरीका अनुसार त्रियुगा नगरवासीहरुले उक्त सिविरको प्रत्यक्ष फाईदा उठाउनुका साथै स्वास्थ्य समस्याहरु हल गरेको जनाएको छ । उनले आखाँमा मात्रै करिब ३ सय बराबर रोगीहरुले सेवा लिएको जनाए । त्यसमध्ये ४७ जनामा मोती बिन्दु देखिएको जनाएको छ । उनिहरु सबैलाई उक्त सिविर मार्फत त्रियुगा नगरपालिकाको खर्चमा चौधरी आखाँ अस्पतालमा लगेर नि...









