उदयपुर सिमेन्टको व्यवस्थापनमा देउरी स्वास्थ्य चौकीमा एम्बुलेन्स र प्रयोगशाला
पूर्णपुष्टि (उदयपुर), फागुन २८ ।
देशकै ठूलो उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको ब्यवस्थापनमा त्रियुगा नगरपालिका ५ स्थित देउरी स्वास्थ्य चौकीमा एम्बुलेन्स तथा प्रयोगशालाका स्वास्थ्य उपकरणहरु आज उपलब्ध भएका छन् ।
उद्योगका महाप्रवन्धक गोपिकृष्ण न्यौपानेका अनुसार स्वास्थ्य चौकीलाई एकवटा महेन्द्रा बलेरो एम्बुलेन्स प्राप्त भएको छ । त्यसैगरी स्वास्थ्य परिक्षण तथा उपचारका लागि प्रयोगशालाका विभिन्न आधुनिक उपकरणहरु प्राप्त भएका छन् । एम्बुलेनस र प्रयोगशालाका कारण स्वास्थ्य चौकी सुविधा, सम्पन्न बनेको छ । जनशक्तिको हिसावलेसमेत स्वास्थ्य चौकी ब्यवस्थित बन्न पुगेको छ ।
एम्बुलेन्स तथा उपकरणहरुका लागि सगरमाथा एन्स्योरेन्स कम्पनीको तर्फबाट १५ लाख, माछापुछ्रे बैंक लिमिटेडबाट ५ लाख ६५ हजार र अन्य संघ/संस्थाहरुको सहयोगसमेत गरी कुल ३० लाख सहयोग संकलन भएको जनाइएको छ । उद्योगले आप्mनो सामाजिक ...









