एसियन कलेजका विद्यार्थीटाेलीले पुरा गरे स्थलगत अध्ययन
पूर्णपुष्टि, माघ ४ गते ।
एसियन कलेज फर एड्भान्स स्टडिज ललितपुरबाट स्थलगत अध्ययनका लागि आएका विद्यार्थीहरुको एक समुहले उदयपुरको स्वास्थ्य अवस्थाको अध्ययन विश्लेषण गरेका छन् । एक महिना अध्ययन तथा मूल्यांकलनका सिलसिलामा आएका जनस्वास्थ्य संकाय सातौं सेमेष्टरका १० जनाको विद्यार्थी टोलीले शुक्रबार अन्तिम प्रतिवेदनको प्रस्तुती दिएका छन् । गत पुस १ देखि सुरु गरेका उनीहरुले जिल्लाको विभिन्न स्वास्थ्य कार्यालय तथा केन्द्रहरुमा पुगेर अध्ययन गरेका थिए ।
जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारको प्रमुख आतिथ्य र जनस्वास्थ्य कार्यालय प्रमुख मनप्रसाद सुवेदीको अध्यक्षतमा स्थलगत अध्ययन प्रतिवेदन प्रस्तुत गरेका हुन् । जनस्वास्थ्यको कार्यक्रम हलमा स्थलगत अध्ययनको प्रतिवेदन प्रस्तुत गर्दै उनीहरुले जिल्लाको थप स्वास्थ्य सुधारका लागि सुझावसमेत दिएका थिए ।
महामारी रोगको रुपमा चिनिने क्ष...








