जिल्ला अस्पतालप्रति चिन्तित हुदै नागरिक सामाजिक अभियान समिति गठन
पूर्णपुष्टि, मंसिर २२ गते ।
जिल्ला अस्पताल उदयपुरबाट नागरिकहरुले प्रभावकारी सेवा नपाएको भन्दै नागरिक सामाजिक अभियान समिति गठन भएको छ । नागरिकको तर्फबाट अस्पतालको सुधारका लागि ठोस कदम चाल्ने भन्दै समिति गठन भएको हो ।
सरकारी अस्पताल भएर पनि सामान्य उपचार र औषधिसमेत नागरिकले पाउन नसकेको भन्दै आइतबार गाईघाटको थारुहट रंगशालामा भएको नागरिक भेलाले किरण राईको संयोजकत्वमा समिति गठन गरेको हो । सुमन्त कोइराला उपसंयोजक र सिर्जना दनुवार सचिव रहेको समितिले नागरिकहरुलाई स्वस्थ्य चेतना जगाई सरकारी हस्पिटलबाट नागरिकले पाउनु पर्ने सेवा र सुविधाहरु प्रभावकारी ढंगले दिन दवाव सिर्जना गर्ने जिम्मेवारी पाएको छ ।
लामो समयदेखि दरबन्दी अनुसारको डाक्टर नहुने, पर्याप्त कर्मचारी, उपकरण नहुने र भएकाहरुबाट पनि प्रभावकारी सेवा, सुविधा प्रवाह नहुने भएपछि नगारिकहरु अभियानमै उत्रनु परेको समितिका अध्यक्ष किरण राईले...







