आगोले ४५ प्रतिशत जलेको पाठकलाई नागबेली लघुवित्त संस्थाको आर्थिक सहयोग
गाईघाट/माघ २१
नागबेली लघुवित्र संस्था गाईघाट शाखाले आफ्नो १० औँ बार्षिकोत्सवको अवसरमा आगोले ४५ प्रतिशत जलेको रौतामाई गाउँपालिका ३ लाफागाउँका दिनेश पाठकलाई आर्थिक सहयोग गरेको छ । बार्षिकोत्सवको अवसरमा संस्थाले जिल्ला हस्पिटल उदयपुरमा रहेको विरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम सहित आर्थिक सहयोगको कार्यक्र राखेको थियो । मंगलबार जिल्ला हस्पिटल उदयपुरमा एक कार्यक्रम गर्दै जिल्ला समन्वय प्रमखु खड्ग परियारले विरामीलाई आर्थिक रकम आर्थिक रकम तथा विरामीहरुलाई फलफुल वितरण गर्नुभयो । हस्तान्तरण गर्नुभयो । संस्थाले विरामीलाई ५ हजार आर्थिक सहयोग सँगै फलफुल उपलब्ध गराएका छन् ।संस्थाले पैसाको अभावमा ठुलो हस्पिटमा उपचार नापाएका पाठकलाई आर्थिक सहयोग तथा अन्य विरामीहरुलाई फलफुल वितरण गर्दै बार्षिकोत्सव मनाएको हो । संस्था सँगै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला हस्पिटल उदयपुरको व्यवस्थापक खड्ग परि...




