Wednesday, July 15News That Matters

स्वास्थ्य

उदयपुरमा थप १२ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३६७ पुग्यो

उदयपुरमा थप १२ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३६७ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ८ उदयपुरमा आज (मंलबार) थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ६ महिला र ६ पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ३६७ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु सबै त्रियुगा नगरपालिकाका रहेका छन् । कोरोना जितेर थप १४ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ४३१ महिला र १ हजार ६९१ पुरुष गरी ३ हजार १२२ जना पुगेको छ । जिल्लामा कुल सक्रिय संक्रमित ९२ महिला र १०१ पुरुष गरी १९३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उदयपुरमा अहिले सम्म कोरोनबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको ज्यान गएको छ ।...
उदयपुरमा दोस्रो डोज भेरोसेल खोप १० गतेबाट लगाउने निर्णय

उदयपुरमा दोस्रो डोज भेरोसेल खोप १० गतेबाट लगाउने निर्णय

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ८ उदयपुरमा कोरोना भाइरस विरुद्धको पहिलो मात्राका भेरोसेल खोप लगाएका व्यक्तिहरुलाई दोस्रो डोज खोप भदौ १० गतेबाट आठै पालिकमा लगाउन सुरु गरिने निर्णय भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । २०७८ साल असार र साउनमा कोरोना विरुद्धको पहिलो डोज भेरोसेल खोप लगाएको लक्षित वर्गलाई साविककै खोपकेन्द्रहरुबाट दोस्रो डोज खोप सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन प्रसाद सूवेदीले बताउनुभयो । सूवेदीका अनुसार सबै पालिकाहरुमा यही भदौ १० गते देखि २१ गते सम्म खोप लगाउने कार्य सञ्चालन हुने छ । त्रियुगा नगरपालिकामा त्रियुगा नगरपालिकाको भवन र अन्तर्गतका स्वास्थ्य चौकीहरुमा भदौ १० र ११ गते खोप लगाइने छ । त्यस्तै, उदयपुर अस्पतालमा पनि १० र ११ गते नै खोप लगाउने कार्य रहेको छ । चौदण्डीगढी र बेलका नगरपालिका अन्तर्गतका स्वास्थ...
उदयपुरमा थप ७ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३५५ पुग्यो

उदयपुरमा थप ७ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३५५ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ७ उदयपुरमा आज (सोमबार) थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ६ महिला र १ पुरुष गरी ७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ३५५ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु चौदण्डीगढी र त्रियुगा नगरपालिकाका साथै लिम्चुङबुङ गाउँपालिकाका रहेका छन् । चौदण्डीगढीमा४ महिला र १ पुरुष गरी ५ जना, त्रियुगामा १ जना पुरुष र लिम्चुङबुङमा पनि १ पुरुषमा संक्रमण देखिएको हो । जिल्लामा थप २१ जनाले कोरोनालाई जितेर घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ४२४ महिला र १ हजार ६८४ पुरुष गरी ३ हजार १०८ जना पुगेको छ । जिल्लामा कुल सक्रिय संक्रमित ९३ महिला र १०२ पुरुष गरी १९५ जना रहेका छन् । कोरोनाले जिल्लामा १६ महिला र ३६ पुरुष गरी ५२ जना मृत्यु भएको स्वास्थ्य कार्या...
नेपामा थप १,९२० जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

नेपामा थप १,९२० जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ६ वितेको २४ घण्टामा नेपालमा थप १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा १ हजार ७०२ र ३ हजार ७३ एन्टिजेन परीक्षणमा २१८ गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर संक्रमितको कुल संख्या ७ लाख ४७ हजार ४३३ पुगेको छ । वितेको २४ घण्टामा कोरोना जितेर थप २ हजार २४८ जना घर फर्किएसँगै कोरोना मुक्त हुँनेको कुल संख्या ६ लाख ९८ हजार १७३ जना पगेको छ । त्यस्तै, वितेको २४ घण्टामा थप २४ जनाको कोरोनाबाट ज्यान गएको छ । योसँगै देशभर कोरोनाले ज्यान गुमाउनेको कुल संख्या १० हजार ५०९ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ जना रहेका छन् । जसमध्ये ३५ हजार ५५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामी...
नेपालमा थप ३,०४२ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु

नेपालमा थप ३,०४२ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ४ वितेको २४ घण्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ८ लाख २३ हजार ६४७ जना पुगेको छ । वितेको २४ घण्टामा २ हजार २४४ जना निको भएसँगै कोरोना मुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५४३ जना पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै, वितेको २४ घण्टामा थप २६ जना संक्रमितको ज्यान गएसँगै कोरोनबाट ज्यान गुमाउनेको संख्या १० हजार ४५५ जना पुगेको छ । मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ३६ हजार ९२२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै, संस्थागत आइसोलेसनमा ३ हजार ३८७ जनामध्ये ७१४ जनाको आईसीयू र १७१ जनाको भेन्टिलेटरमा ...
उदयपुरमा १४ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३२७ पुग्यो

उदयपुरमा १४ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३२७ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ४ उदयपुरमा आज (शुक्रबार) थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ८ पुरुष र ५ महिला गरी १३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ३२७ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिकाका साथै लिम्चुङबुङ गाउँपालिकाका रहेका छन् । त्रियुगामा १ पुरुष र ३ महिला गरी ४ जना, बेलकामा ३ जना पुरुष, चौदण्डीगढीमा २ पुरुष र १ महिला गरी ३ जना, कटारीमा १ जना महिला र लिम्चुङबुङमा २ जना पुरुषमा संक्रमण देखिएको हो । जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ६४७ पुरुष र १ हजार ४०२ महिला गरी ३ हजार ४९ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको  छ । जिल्लामा सक्रिय संक्रमित १२५ पुरुष र १०१ महिला गरी २२६ जना पुगेका छन् । कोरोना...
कक्षा ११ र १२ को विद्यार्थीलाई आज बाट कोरोना खोप लगाईने

कक्षा ११ र १२ को विद्यार्थीलाई आज बाट कोरोना खोप लगाईने

शिक्षा, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ३ कक्षा ११ र १२ विद्यार्थीहरुलाई आज बाट कोरोना खोप लगाईने भएको छ । सरकारले आज बाट ३ दिन सम्म विद्यार्थीहरुलाई खोप लगाउने कार्यक्रम राखेको छ । १८ वर्ष माथिका कक्षा ११ र १२ अध्ययनरत तथा विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप लगाउन लागिएको छ । स्वास्थ्य सेवा विभागको भदौ ३ को निर्णयअनुसार भेरोसेल खोपको पहिलो मात्रा आज शुक्रबारदेखि विद्यार्थीलाई लगाउन सुरू गरिन्छ । यस्तै ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको छ । काठमाडौं महानगरपालिका भित्र रहेका ३२ वडा वडाहरू र आवश्यकताअनुसार पालिकाले तोकेका खोप केन्द्रबाट खोप लगाउन पाइन्छ । कोरोना माहामारीकै कारण साउन ३१ बाट हुने कक्षा १२ को परिक्षा रोकिएको थियो । कोरोना माहामारी बिच गर्न लागिएको परिक्षा तेस्रो चरणको कोरोना सुरु भए सँगै स्थगित भएको थ...
उदयपुरमा थप १७ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३०४ पुग्यो

उदयपुरमा थप १७ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३०४ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २ उदयपुरमा आज (बुधबार) थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १० महिला र ७ पुरुष गरी १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ३०४ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका रहेका छन् । त्रियुगामा ७ महिला र ५ पुरुष गरी १२ जना, चौदण्डीगढीमा १ महिला र २ पुरुष गरी ३ जना र बेलकामा १ जना महिलामा संक्रमण देखिएको हो । कोरोना जितेर थप २३ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ३८३ महिलार १ हजार ६१९ पुरुष गरी ३ हजार २ जना पुगेको छ । जिल्लामा सक्रिय संक्रमित ११९ महिला र १३१ पुरुष गरी २५० जना रहेका छन् । कोरोनाबाट उदपुरमा १६ महिला र ३६ पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको  छ ।...
उदयपुरमा थप ४१ कोरोना पुष्टि,१६ निकोे र ५२ को मृत्यु

उदयपुरमा थप ४१ कोरोना पुष्टि,१६ निकोे र ५२ को मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १ उदयपुरमा आज (मंगलबार) थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २४ पुरुष र १७ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार २८७ जना पुगेको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, बेलका र कटारी नगरपालिकाका साथै उदयपुरगढी गाउँपालिकाका रहेका छन् । आज सबै भन्दा बढी त्रियुगा नगरपालिकामा संक्रमण देखिएको छ । त्रियुगामा २३ पुरुष र ११ महिला गरी ३४ जना, बेलकामा १ पुरुष र २ महिला गरी ३ जना, कटारीका ३ जना महिला र उदयपुरगढीमा पनि १ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना जितेर थप १६ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ६१० पुरुष र १ हजार ३६९ महिला गरी कुल २ हजार ९७९ जना पुगेको हो । जिल्लामा सक्रिय संक्रमितको कुल...
उदयपुरको बेलकामा अक्सिजन प्लान्ट आइपुग्यो

उदयपुरको बेलकामा अक्सिजन प्लान्ट आइपुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १ उदयपुरको बेलका नगरपालिकामा अक्सिजन प्लान्ट सोमबार आइपुगेको छ । अक्सिजनको अभावका कारण कुनै पनि कोरोना संक्रमिले आगामि दिनहरुका अकालमै मृत्यु बरण गर्नु नपरोस भन्ने उद्देश्यका साथ अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो । दैनिक प्रतिघन्टा ११ सय ५० मिटर क्युबिक ३८ सिलिन्डर प्रतिदिन उत्पादन क्षमता रहेको अक्सिजन प्लान्ट भदौ १५ गते सम्म जडान गरि उत्पादन शुरु गरिने बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले जानकारी दिनुभयो । ‘अनमोल प्राण वायु, अभावमा नजाओस कसैको आयू भन्ने नाराका साथ बेलका नगरपालिकाले संचालन गर्न लागेको अक्सिजन प्लान्ट निर्माणका लागि भवनको तयारी भैरहेको छ । राष्ट्रिय अबिष्कार केन्द्रले अक्सिजन प्लान्टको इस्फेसिकेशन गरि पुर्ण रुपमा प्रमाणीकरण गरेपछि मात्र पि.डि इन्जिनियरिङ प्रा.लि.लाई दोस्रो किस्ता बापतको रकम भुक्तानी दिन्छौ नगर प्रमुख थापाले बताउनुभयो ।...