Saturday, June 20News That Matters

स्वास्थ्य

उदयपुरमा ४१ जना संक्रमित थपियो

उदयपुरमा ४१ जना संक्रमित थपियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ पछिल्लो २४ घण्टामा उदयपुरमा थप ४१ जना कोरोना संक्रमित थपिएको छ । जिल्लाको त्रियुगा, कटारी, बेलका, चौदण्डीगढी र लिम्चुङबुङ गाउँपालिकाका संक्रमितहरु आज थपिएका छन् । उनिहरु  २१ पुरुष र २० महिला रहेको छ । स्वास्थ्य कार्यालय उदयपुरले गर्दै आएको दैनिक कोरोना परिक्षण्का क्रममा पछिल्लो समय जिल्लामा ४१ संक्रमित थप भएको हो । यो सँगै जिल्लामा संक्रमितको कुल संख्या २२८४ पुगेको छ । यस मध्य ४९ जनाले ज्यान गुमाई सकेको छ भने १८२० ले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोना बाट मृत्यु हुने संख्या बढेको छैन् । केहि दिन देखि मृतको संख्या ४९ जनामै कायम रहेको छ ।  ...
अक्सिजन प्लान्टका लागि सेवा फाउन्डेशन नेपालको ३० लाख सहयोग

अक्सिजन प्लान्टका लागि सेवा फाउन्डेशन नेपालको ३० लाख सहयोग

शिक्षा, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ । उदयपुरको बेलका नगरपालिकामा स्थापना हुदै गरेको अक्सिजन प्लान्टका लागि महत्वपूर्ण सहयोगहरु जुट्दै गएको छ । यसैक्रममा सेवा फाउन्डेशन नेपालले अक्सिजन प्लान्ट निर्माणका लागि बेलका नगरपालिकालाई तीस लाख रुपैया प्रदान गरेको छ । ४० वर्षदेखि अन्धोपन निवारणका लागि नेपाल सरकार र नेपाल नेत्रज्योती संघसंग सहकार्य गर्दै आएको सो संस्थाले मानव जीवनको रक्षा गर्ने महान कार्य भन्दै सहयोग गरेको हो । कोभिड महामारीमा धेरै जसो संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेको अवस्थालाई मध्येनजर गर्दै अवकां दिनमा अक्सिजनका कारण कसैको ज्यान नजाओस् भन्दै संस्थाले सहयोगको निर्णय गरेको संस्थाका कार्यक्रम निर्देशक रामप्रसाद कडेलले जनाउनु भएको छ । संस्थाले विज्ञप्ती नै जारी गर्दै यस कार्यको संयोजक बेलका नगरपालिका मेयर दुर्गाकुमार थापा, समन्वयकर्ताहरु तथा संस्थाका निर्णायक्पूकतहलाई धन्यवाद ज...
बेलकाको १४ र त्रियुगाको १ गरी उदयपुरमा १५ जना संक्रमित थपियो, २० निको, मृत्यु सुन्य

बेलकाको १४ र त्रियुगाको १ गरी उदयपुरमा १५ जना संक्रमित थपियो, २० निको, मृत्यु सुन्य

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२ उदयपुरमा आज १५ जनामा कोरोना पुष्टि भएको छ । १० महिला र ५ पुरुष गरी १५ जना थपिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका अनुसार आज थप हुनेहरुमा बेलकाकाको १४ र त्रियुगाको १ जना रहेको छ । यो सहित जिल्लामा कुल संक्रमितको संख्या २२२८ पुगेको छ । आज कोरोना बाट २० जना निको भएको छ । यो सँगै जिल्लामा कुल निको हुनेको संख्या १७२९ पुगेको छ । यता मर्नेको संख्या आज पनि सुन्य रहेको छ । हाल सम्म जिल्लामा मृत्यु हुनेको संख्या ४९ जना रहेको छ ।  ...
उदयपुरमा ३७ कोरोना संक्रमित थपिदा, १७०९ संक्रमण मुक्त भए

उदयपुरमा ३७ कोरोना संक्रमित थपिदा, १७०९ संक्रमण मुक्त भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ११ उदयपुरमा आज (शुक्रबार) थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २३ पुरुष र १४ महिला गरी ३७ जना संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या २ हजार २ सय १३ पुगेको हो । आज थपिएकाहरु चौदण्डीगढी, त्रियुगा, कटारी र बेलका नगरपालिकाका रहेका छन् । चौदण्डीगढीमा आज सवैभन्दा बढी २० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ पुरुष र ७ महिला रहेका जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । चौदण्डीगढीमा केही दिन यता संक्रमणदर तीव्र देखिन थालेपछि आजबाट अति आवश्य कामबाहेकका अन्य सवै कामहरुलाई ठप्प पारिएको छ । त्यस्तै, त्रियुगामा ६ पुरुष र ५ महिला गरी ११, कटारीमा २ पुरुष र २ महिला गरी ४ जना र बेलकामा २ जना पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ सय ४७ पुरुष र ७ सय ६२ महिला गरी जम्मा १...
राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’ गायक थापाको कोरोनाले निधन

राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’ गायक थापाको कोरोनाले निधन

समाचार, स्वास्थ्य
भपूर्णपुष्टि, असार ११ झापामा नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’ का गायक मध्येका एक गायकको कोरोनाबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी अजय थापालाई गत आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः ०० बजे उनको निधन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो । उनका पत्नी राधा थापालाई समेत कोरोना संक्रमण पुष्टि भएकोमा सोही अस्पतालमा उपचार भइरहेको छ । विसं २०६२÷६३ को जनआन्दोलन सफल भएपछि व्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो । यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ ।...
युएनएफपीए र रेडक्रसद्वारा प्रसुती सेवाका सामग्री हस्तान्तरण

युएनएफपीए र रेडक्रसद्वारा प्रसुती सेवाका सामग्री हस्तान्तरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० ।  युएनएफपीएसंगको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी, उदयपुरले उदयपुर अस्पताल र स्वास्थ्य कार्यालयलाई प्रसुती सेवाका लागि आवश्यकीय सामग्रीहरु आज प्रदान गरेको छ । कोरोना महामारीको बेला सुत्केरी आमाहरु जोखिम ठानेर अस्पताल नआउने गरेको पाइएपछि गाउँमै सेवा पुगोस् भन्ने हेतुले सामग्रीहरु वितरण गरिएको रेडक्रस उदयपुरका प्रमुख विनोद बस्नेतले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख खड्ग परियार, स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदी, अस्पतालका प्रमुख डाक्टर जीवनारायण मण्डल लगायतलाई युएनएपफपीएका केदार मगर र रेडक्रस उदयपुर प्रमुख बस्नेतले सामग्री हस्तान्तरण गर्नुभयाे । तस्विरहरू :...
औषधि ब्यवसायी संघद्वारा फलफुल वितरण

औषधि ब्यवसायी संघद्वारा फलफुल वितरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० । नेपाल औषधि ब्यवसायी संघ, संयुक्त जिल्ला शाखाले स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ । उदयपुर अस्पताल बोक्सेमा रहेका विरामीहरुलाई संघले फलफुल वितरण गरेको हो । संघका अध्यक्ष उद्धव दाहालको नेतृत्वमा संघमा आवद्ध औषधी ब्यवसायीहरुले फलफुल वितरण गरेका हुन् ।  उदयपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका औषधी ब्यवसायीहरु मिलेर संयुक्त शाखा बनाएका हुन्   ।  ...
सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ९ जन्मिएको शिशुलाई अनिवार्य आईसियुमा राख्नुपर्ने हुनाले तुरुन्त आईसियुमा राख्न मिल्ने अस्पताल लान डाक्टरले सल्लाह दिएपछि खोटाङका एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङकी २४ वर्षीया शान्ता कटवाललाई उद्धार गरिएको हो । उनकोलाई महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट मंगलबार सुत्केरी महिलाको उद्धार गरिएको थियो । घरैमा सोमबार राती ११ बजेबाट सुत्केरी व्यथा लागेर सिकिस्त बनेकी महिलालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल आफू चढ्ने गरेको गाडीले राती २ बजेपछि जिल्ला अस्पताल ल्याएकान रिजालले बताउनुभयो । जिल्ला अस्पताल दिक्तेलमा उपचार असम्भव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंको थापाथली ...
अन्तराष्ट्रिय नेपाल समाजले पत्रकार महासंघ उदयपुरलाई अक्सिजन ग्यास सिलिन्डर वितरण गर्यो

अन्तराष्ट्रिय नेपाल समाजले पत्रकार महासंघ उदयपुरलाई अक्सिजन ग्यास सिलिन्डर वितरण गर्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ९ अन्तर्राष्ट्रिय नेपाली समाजका उदयपुर बासी पदाधिकारीहरुको सकृयतामा नेपाल पत्रकार महासंघ उदयपुर शाखालाई अक्सिजन ग्यास सिलिन्डर वितरण गरेको छ । उदयपुरमा कोरोना संक्रमितको संख्या उच्च भएसँगै नेपाल पत्रकार महासंघ उदयपुर शाखाको भवनमा ४ शैयाको आइसुलेशन सेन्टर संचालनमा रहेकोकोछ । यस आइसुलेशन सेन्टरमा अक्सिजन ग्यास सिलिन्डरको अभाव भएको कारण पत्रकार महासंघ उदयपुर शाखाले अन्तर्राष्ट्रिय नेपाली समाजसँग सिलिन्डर माग प्रस्ताव गरेको थियो । उदयपुर बासी अन्तर्राष्ट्रिय नेपाली समाजका पदाधिकारीहरुको सकृयतामा आर्थिक संकलन गरी ४० लिटरको अक्सिजन सिलिन्डर, केहि स्यानिटाइजर र मास्क नेपाल पत्रकार महासंघलाई वितरण गरेको हो । केन्द्रीय उपाध्यक्ष झलक बुढाथोकी तथा आभास अभियन्ता साथै अन्तर्राष्ट्रिय नेपाली समाज महिला समिति उपाध्यक्ष नजबुल खान (निलम) को सकृयतामा आर्थिक सहयोग अन्तर्राष्ट्रिय नेपा...
त्रियुगा, १६ नं. वडाकाे संक्रमण यसरी चेनब्रेक भयाे : काेराेना विरूद्धका कदमहरू -०१

त्रियुगा, १६ नं. वडाकाे संक्रमण यसरी चेनब्रेक भयाे : काेराेना विरूद्धका कदमहरू -०१

समाचार, स्वास्थ्य
https://youtu.be/4Z-f2Mu1o_4 भोटराज राई विश्व कोरोना महामारी कुनै बेला कथा झै लाग्दथ्यो । तर, आज हर नेपालीले आफैले, आफ्नै ठाउँमा भोग्नुपर्दा कथा हैन यथार्थ अनुभुती भएको छ । यो महामारीबाट विश्वको कुनै देश अछुतो रहेन । त्यसै प्रकार यो देशमा हाम्रो उदयपुर जिल्ला पनि अछुतो रहेन । कोरोना महामारीसंग ठूलै युद्ध लड्नु पर्यो । चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका रहेको उदयपुरले ठुलै क्षती ब्यहोर्नु परेको छ । यो खबर तयार हुदासम्म अर्थात २०७८ असार १ गतेसम्ममा कोरोनाका कारण उदयपुरमा ४७ जनाको मृत्यु भइसकेको छ भने जिल्लाको कुल संक्रमितको संख्या १ हजार ७८३ पुगेको छ । त्यसमध्ये १ हजार २५३ जना निको भइसकेका छन् भने ४८३ जना संक्रिय संक्रमित रहेका छन् । उदयपुरमा दोस्रो लहरको कोरोना संक्रमित चैत २४ देखि फेला परेको थियो । संक्रमण फैलिदै जाँदा त्यसको एकमहिना पछि वैसाख २५ गतेदेखि स्थानीय ...