Saturday, June 20News That Matters

स्वास्थ्य

त्रियुगा, १६ नं. वडाकाे संक्रमण यसरी चेनब्रेक भयाे : काेराेना विरूद्धका कदमहरू -०१

त्रियुगा, १६ नं. वडाकाे संक्रमण यसरी चेनब्रेक भयाे : काेराेना विरूद्धका कदमहरू -०१

समाचार, स्वास्थ्य
https://youtu.be/4Z-f2Mu1o_4 भोटराज राई विश्व कोरोना महामारी कुनै बेला कथा झै लाग्दथ्यो । तर, आज हर नेपालीले आफैले, आफ्नै ठाउँमा भोग्नुपर्दा कथा हैन यथार्थ अनुभुती भएको छ । यो महामारीबाट विश्वको कुनै देश अछुतो रहेन । त्यसै प्रकार यो देशमा हाम्रो उदयपुर जिल्ला पनि अछुतो रहेन । कोरोना महामारीसंग ठूलै युद्ध लड्नु पर्यो । चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका रहेको उदयपुरले ठुलै क्षती ब्यहोर्नु परेको छ । यो खबर तयार हुदासम्म अर्थात २०७८ असार १ गतेसम्ममा कोरोनाका कारण उदयपुरमा ४७ जनाको मृत्यु भइसकेको छ भने जिल्लाको कुल संक्रमितको संख्या १ हजार ७८३ पुगेको छ । त्यसमध्ये १ हजार २५३ जना निको भइसकेका छन् भने ४८३ जना संक्रिय संक्रमित रहेका छन् । उदयपुरमा दोस्रो लहरको कोरोना संक्रमित चैत २४ देखि फेला परेको थियो । संक्रमण फैलिदै जाँदा त्यसको एकमहिना पछि वैसाख २५ गतेदेखि स्थानीय ...

नयाँ अपडेट : ७ असार ०७८ | उदयपुरमा आज ९५ जना संक्रमित थपियो, ६५ जना निको

समाचार, स्वास्थ्य
https://youtu.be/WIgbKsCj1vQ उदयपुरमा आज ९५ जना संक्रमित थपियो, ६५ जना निको उदयपुरमा मृत्यु संख्या ४८ कायमै ७ दिनलाइ उदयपुरमा फेरी थपियो निशेधाज्ञ, केही खुकुलो पारियो, बजार पसल विहान ६ देखि बेलुका ६ बजेसम्म खुल्ने । नीजि सवारी साधन पनि खुल्ला नेपालमा आज २ हजार २९७ जना संक्रमित थपियो, ४६ को मृत्यु विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ९२ लाख ६० हजार, निको हुनेको संख्या १६ करोड ३८ लाख २८ हजार निशेधाज्ञका बेला ७३ वटा बलात्कारका घटना, बलात्कारमा बाउदेखि ससुरासम्मको अपराध ...
प्रदेश १ का ४ जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

प्रदेश १ का ४ जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ७ प्रदेश नम्बर १ का चार जिल्लाहरुका लागि अक्सिजन कन्सन्टे«टर पठाइएको छ । एनआरएनए र करूणा फाउन्डेसनले उपलब्ध गराएका अक्सिजन कन्सन्ट्रेटर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विभिन्न जिल्लाका लागि उपलब्ध गराउन मेची अभियानलाई हस्तान्तरण गरेका छन् । झापा, इलाम, पाँचथर र ताप्लेजुङका अत्यावश्यक ठाउँमा अक्सिजन कन्सन्ट्रेटर पठाइएको शर्माले बताउनुभयो । शर्माका अनुसार एनआरएनएले २० र करूणा फाउन्डेसनले ५ अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका थिए । उक्त सामग्रीले संकटका बेला महत्वपूर्ण राहत भएको छ ।...
उदयपुरमा २५ जना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४४० मा झर्यो

उदयपुरमा २५ जना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४४० मा झर्यो

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, असार ६ उदयपुरमा पछिल्लो २४ घण्टामा २५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । १३ महिला र १२ पुरुष सहित संक्रमित जिल्लामा थपिएको हो । पछिल्लो समय थप हुने ताप्ली र चौदण्डीगढीका रहेको छ । चौदण्डीगढीका १८, ताप्ली गाउँपालिकाको ७ जना संक्रमित थपिएको कार्यालयले जनाएको छ । यो सँग जिल्लामा कुल संक्रमितको संख्या १९७५ पुगेको छ । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या घटेको छ । २ हजार पुग्न लागेको संक्रमितको संख्या पछिल्लो समय तिब्र रुपले घटेर कुल संक्रिय संक्रमितको संख्या ४४० मा झरेको छ । यता मृत्यु दर जिल्लामा सामान्य देखिएको छ । पछिल्लो समय जिल्लामा मृत्युको संख्या थपिएको छैन् । हाल जिल्लामा कुल मृतकको संख्या ४९ जना रहेको छ ।...
कटारी नगरले ८ सय बढी सुत्केरी र गर्भवती महिलालाई बाँड्यो १३ प्रकारका पौष्टीक आहारा

कटारी नगरले ८ सय बढी सुत्केरी र गर्भवती महिलालाई बाँड्यो १३ प्रकारका पौष्टीक आहारा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ६ सुनौलो हजार दिनको अवसर पारी कटारी नगरपालिकाले ८ सय बढी सुत्केरी तथा गर्भवती महिलाहरुलाई १३ प्रकार बढीका पौष्टीक आहारा तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । नगरर भित्र रहेका १४ ओटै वडाहरुका ६ महिना देखिको गर्भवती र ६ महिना सम्मको सुत्केरी आमाहरुलाई विभिन्न १३ प्रकारका पौष्टीक आहारा र स्वास्थ्य सामाग्री प्रदान गरेको नगरपालिकाकी उपमेयर भिम कुमारी राउतले बताउनुभयो । राउतले यस पोषण युक्त खाना र स्वास्थ्य सामाग्रीले बच्चा र आमाको स्वास्थ्यमा महत्पूर्ण योगदान पुराउने बताउनुभयो । बिहिबार  नगरपालिका आसपासका महिलाहरुलाई पालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपमेयर राउतले संयुक्त सामाग्री सामाग्री हस्तान्तरण गर्नुभयो । बच्चा र आमा दुवैका लागि स्वास्थ्य बर्धक पोषण युक्त खाद्यन्न र स्वास्थ्य सामाग्रीहरु पाएपछि आमा बन्न लागेकी महिला र आमा वनिसकेकी महिलाहरु निकै खुशी ...
नयाँ अपडेट : उदयपुर काेराेना अपडेट, २ असार ०७८

नयाँ अपडेट : उदयपुर काेराेना अपडेट, २ असार ०७८

समाचार, स्वास्थ्य
https://youtu.be/UKu0s--pXxk १. उदयपुरमा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । १४७ जनाको एन्टिजेन परिक्षण गर्दा ४ महिला र ९ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका ४, कटारीको ८ र रौतामाईको १ जना रहेका छन् । उदयपुरमा सक्रिय संक्रमितको संख्या ४९६ रहेको छ । जसमा २३५ महिला र २६१ पुरुष रहेका छन् । संक्रमितहरु मध्ये ४२२ जनाको होम आइसोलेशनमा र ७४ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ । २ उदयपुरमा आज ६१ जनाले कोरनालाई जितेर निको भएका छन् । निको हुनेमा त्रियुगाको ४५, चौदण्डीगढीको २, बेलकाको ७ र उदयपुरगढीको ७ जना रहेका छन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या १ हजार ३५० पुगेको छ । पछिल्लो समय निको हुनेको संख्या बढ्दो छ । ३ उदयपुरमा आज मृत्युसंख्या थपिएन । १६ महिला र ३२ पुरुष गरी उदयपुरमा कोरोनाले मृत्यु हुनेको संख्या ४८ पुगेको छ । मृत्यु हुनेमा सबैभ...
आजको अपडेट : ९८ संक्रमित थपिए, ३६ निकाे, मृत्यु ४८ पुग्याे | १ असार ०७८ – उदयपुर

आजको अपडेट : ९८ संक्रमित थपिए, ३६ निकाे, मृत्यु ४८ पुग्याे | १ असार ०७८ – उदयपुर

समाचार, स्वास्थ्य
https://youtu.be/uidcg-2PK3k १. उदयपुरमा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । ४५८ जनाको परिक्षण गर्दा ४५ महिला र ५३ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका ६ र बेलकाका ३६, ताप्लीको ५३ र लिम्चुङबुङको ३ जना रहेका छन् । उदयपुरमा सक्रिय संक्रमितको संख्या ५४४ पुगेको छ । जसमा २५३ महिला र २९१ पुरुष रहेका छन् । पाँँचदिन यता सक्रिय संक्रमित घटेकोमा आज केही थपिएको हो । संक्रमितहरु मध्ये ४६१ जनाको होम आइसोलेशनमा र ८३ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ । २ उदयपुरमा आज ३६ जनाले कोरनालाई जितेर निको भएका छन् । निको हुनेमा त्रियुगाको १७, बेलकाको ९, रौतामाईको ४ र लिम्चुङबुङको ६ जना रहेका छन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या १ हजार २८९ पुगेको छ । पछिल्लो समय निको हुनेको संख्या बढ्दो छ । ३ उदयपुरमा आज एकजना मृत्य हुनेको संख्या थपिएको छ । बेलका नगरपालि...
उदयपुरमा ९८ संक्रममित थपिए, ३६ कोरोना मुक्त, थप १ जनाको मृत्यु

उदयपुरमा ९८ संक्रममित थपिए, ३६ कोरोना मुक्त, थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १ उदयपुरमा आज (मंगलबार) थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४५ महिला र ५३ जना पुरुष गरी थप ९८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ८ सय ८१ जना पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिएकाहरु त्रियुगा र बेलका नगरपालिका साथै ताप्ली र लिम्चुङबुङ गाउँपालिकाका रहेका छन् । आज सबै भन्दा बढी ताप्लीमा संक्रमण देखिएको छ । ताप्लीमा २३ महिला र ३० पुरुष गरी ५३ जनामा एकैपटक संक्रमण पुष्टि भएको छ । ताप्लीमा यो अहिलेसम्मकै उच्च संक्रमण रहेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । त्यस्तै, त्रियुगामा ३ महिला र ३ पुरुष गरी ६ जना, बेलकामा १८ महिला र १८ पुरुष गरी ३६ जना र लिम्चुङबुङमा १ महिला र २ पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आज थप एकजना महिलाको कोरोनाबाट मृत्यु भएको छ ...
आजको अपडेट : ३१ जेठ ०७८ | उदयपुर- काेराेना खबर अपडेट

आजको अपडेट : ३१ जेठ ०७८ | उदयपुर- काेराेना खबर अपडेट

समाचार, स्वास्थ्य
https://youtu.be/Oxw8SvxSzfA १ उदयपुरमा आज ३० जना कोरोना संक्रमित थपिएका छन् । ११४ जनाको परिक्षण गर्दा १७ महिला र १३ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका १३ र चौदण्डीगढीका १५, बेलकाका २, कटारीका ९ जना रहेका छन् । उदयपुरमा सक्रिय संक्रमितको संख्या ४८३ रहेको छ । जसमा २२७ महिला र २५६ पुरुष रहेका छन् । पाँँचदिन यता सक्रिय संक्रमित घट्दो छ । संक्रमितहरु मध्ये ४१२ जनाको होम आइसोलेशनमा र ७१ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ । २ उदयपुरमा आज ५८ जनाले कोरनालाई जितेर निको भएका छन् । निको हुनेमा त्रियुगाको ३५, चौदण्डीगढीको १७, बेलकाको ५ र रौतामाईको १ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या १ हजार २५३ पुगेको छ । पछिल्लो समय निको हुनेको संख्याले फड्को मारिरहेको छ । पाँचदिन यता ठूलो संख्यामा निको भएका छन् । ३ उदयपुरमा आज मृत्य भएकाको संख्या...
देशभर २,९१८ संक्रमित थपिए, ५,१४७ संक्रमणमुक्त, ५३ जनाको मृत्यु

देशभर २,९१८ संक्रमित थपिए, ५,१४७ संक्रमणमुक्त, ५३ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ३१ वितेको २४ घण्टाम देशभर २ हजार ९ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १० हजार ५ सय २१ पुगेको स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले जनाएको छ ९ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४९ र ५ हजार ३ सय ८१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ८ सय ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा देशभर ५ हजार १ सय ४७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । योसँगै देशभर कोरोना मुक्त हुनेको संख्या ५ लाख ३६ हजार २ सय ५२ पुगेको छ । अहिले देशभरमा कोरोना संक्रमण मुक्ता हुने दर ८७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै, वितेको २४ घण्टामा कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । योसहित देशभर  कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ ।...