Thursday, August 20News That Matters

स्वास्थ्य

अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना पुष्टि

अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १६ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएकाले ट्रम्प दम्पती आइसोलेशनमा जाने तयारी गरिरहेको जनाईएको छ । यसअघि हिक्सको कोरोना रिपोर्ट पोजेटिभ आएकाले आफू र श्रीमती मेलानियाको पनि कोरोना परीक्षणको लागि स्वाब दिएको ट्रम्पले बताउनुभएको जनाईएको छ । हिक्सले प्राय सधैं मास्क लगाउने गरेपनि कोरोना रिपोर्ट पोजेटिभ आएको जनाईएको छ । ट्रम्पले सामान्यतया मास्क नलगाउने र व्यक्तिगत दूरी पनि कायम गरेको पाइँदैन । उहाँले कोरोनालाई हल्का रुपमा लिएको भन्दै आलोचना हुँदै आएको छ । पछिल्लो समय सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै ठाउँमा राष्ट्रपतिय चुनावी बहसका...
रुपन्देहीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १६ रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गतराति मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते साँझ ११ बजे अस्पताल भर्ना भएका उनको उपचारका क्रममा गतराति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । संक्रमित पुरुष दुई दिनदेखि भेन्टिलेटरमा थियो । योसँगै रुपन्देहीमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।...
भारतमा कोरोना संक्रमणबाट एक लाखको मृत्यु

भारतमा कोरोना संक्रमणबाट एक लाखको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १६ भारतमा कोरोना सङ्क्रमणबाट करिब एक लाख मृत्यु भएको छ । अहिलेसम्म ६३ लाख ९१ हजारमा कोरोना संक्रण पुष्टि हुदा ९९ हजार ८ सय ४ जनाको मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ । भारतमा गत २४ घण्टामा एक हजार ९६ जनाको मृत्यु भएको छ । त्यस्तै साढे ८१ हजारमा कोरोना पुष्टि भएको छ । भारतमा अहिलेसम्म ५३ लाख ४८ हजार उपचारपछि निको भएका छन् । अहिले ९ लाख ४३ हजार सक्रिय सङ्क्रमित रहेको भारतमा ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ । अहिलेसम्म विश्वभर ३ करोड ४४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ५६ लाख निको भएका छन् भने १० लाख २३ हजारको मृत्यु भएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ७४ लाख ९३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १२ हजारको मृत्यु भएको छ ।...
नेपालमा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १५ नेपालमा आज थप एक हजार नौ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७९ हजार सात सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार चार सय ४४ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय ११ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा नौ सय ६१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५७ हजार तीन सय ८९ पुगेको छ । अब नेपालमा २१ हजार आठ सय ३० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार ७७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ भने कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय नौ पुगेको मन्त्रालयले जनाएको छ ।...
रुपन्देहीमा थप १ पुरुषको कोरोना संक्रमणबाट मृत्यु

रुपन्देहीमा थप १ पुरुषको कोरोना संक्रमणबाट मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १५  रुपन्देहीमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । ६५ वर्षीय पुरुष युनिभर्सल मेडिकल कलेज भैरहवाका अस्पतालमा सोमबार  भर्ना भए थिए । उनको मंगलबार कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनमा निमोनियाको समेत समस्या रहेको अस्पतालले जनाएको छ ।...
नेपालमा थप २ कोरोना संक्रमणबाट मृत्यु

नेपालमा थप २ कोरोना संक्रमणबाट मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १५  नेपालमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ का ५२ वर्षीय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षीया महिलाको हिजो बिहान नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकले जनाएको छ । नेपालगञ्जका ५२ वर्षीय पुरुषको बिहान ५ः२० बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको हिजो राति १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।...
कर्णाली अस्पताल जुम्लामा आकस्मिक कक्ष बाहेक अन्य सेवा बन्द

कर्णाली अस्पताल जुम्लामा आकस्मिक कक्ष बाहेक अन्य सेवा बन्द

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आकस्मिक कक्षबाहेक अन्य सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्षबाहेक अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । प्रतिष्ठानमा कार्यरत ११ जनास्वास्थ्यकर्मीसँगै अरु बिरामी, बिरामीका आफन्तमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुलाई अस्पतालको आइसोलेशनमा राखिएको छ । अहिले अन्य कर्मचारीहरुको पनि स्वाब संकलन गरिएको छ । अर्को सूचना नआएसम्म आकस्मिकबाहेकका सेवा बन्द हुने अस्पतालले जनाएको छ ।...
स्पेनको मड्रिडमा लकडाउनको घोषणा

स्पेनको मड्रिडमा लकडाउनको घोषणा

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १५ कोरोना सङ्क्रमितको संख्या बढेपछि स्पेनमा राजधानी मड्रिड र आसपासका क्षेत्रमा लकडाउनको घोषणा गरिएको छ । सङ्क्रमितको संख्या ह्वात्तै बढेको भन्दै स्पेन सरकारले लकडाउनको घोषणा गरेको हो । नयाँ घोषणामा अब राजधानी मड्रिड र आसपासका नागरिक अति–आवश्यक नपरि घर बाहिर निस्कन नपाउने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । काम, किनमेल र डाक्टरसँग भेट्नको लागि भने बाहिर जान पाउनेछन् । त्यस्तै ६ जनाभन्दा धेरैलाई जम्मा हुन पनि रोक लगाइएको छ । तर मड्रिडको क्षत्रिय सरकारले भने कानुनी रुपमा लकडाउन मान्य नभएको जनाईएको छ । स्पेनमा अहिलेसम्म ७ लाख ४८ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ३१ हजार ४ सय ११ जनाको मृत्यु भएको छ ।...
नेपालमा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १४ नेपालमा आज थप एक हजार पाँच सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७७ हजार आठ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार दुई सय पाँच जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५९ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार ५७ जना जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार चार सय २८ पुगेको छ । अब नेपालमा २० हजार आठ सय ९१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय २८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा सात जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको  सङ्ख्या चार सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।...
कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाका मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाका मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १४  विराटनगरमा कोरोना संक्रमणबाट थप दुई जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर गाउँपालिका–२ का ५० वर्षीय पुरुष र इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । आज बिहान नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा सुनसरीको ५० वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई  श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि असोज ९ गते अस्पताल भर्ना गरिएको जनाएको छ । उपचारकै क्रममा स्वाब संकलन गरेर पीसीआर परीक्षण र्गदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो । इटहरीबाट उपचारका लागि ल्याइएका ७३ बर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आज मृत्यु भएको हो । उनलाई आज अस्पताल भर्ना गरि उपचार सुरु गरेको डेढ घण्टा नपुग्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनको आज  १२ः३५ बजे मृत्यु भएको हो । उनमा कोरोनान पुष्टि भएसंगै श...