Tuesday, August 18News That Matters

आर्थिक

नेप्से ३.१९ अङ्कले घट्यो

नेप्से ३.१९ अङ्कले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १४  आज शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । नेप्से ३.१९ अङ्कले घटेर १५ सय ५०.४३ विन्दुमा झरेको हो । विकास बैंक, जलविद्युत् र फाइनान्सबाहेक अरु समूहको शेयर सामान्य घटेको छ । जीवन बीमा समूहको शेयर ३५.७, निर्जीवन बीमा समूहको ५१.५५ र व्यापार समूहको शेयर ११ अङ्कले घटेको छ । बुधबार एक सय ९० वटा कम्पनीका ८० लाख १९ हजार कित्ता शेयर एक अर्ब ९५ करोड रुपैयाँमा खरिद बिक्री भए । आठ वटा हाइड्रोपावर र दुई विकास बैंकको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले जनाएको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १४ आज सुनको भाउ बढेको छ । सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर १ हजार १ सय ९० रुपैयाँ कायम भइ कारोबार सुरु भएको महासंघले जनाएको छ ।
आज नेप्से ७ अङ्कभन्दा बढीले घट्यो

आज नेप्से ७ अङ्कभन्दा बढीले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १३ आज नेप्से परिसूचक ७.२१ अङ्कले घटेको छ । परिसूचक घटेर १५ सय ५३.६२ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । जलविद्युत्, उत्पादनमूलक र म्युचल फण्ड बाहेक सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ४५ अङ्कले घटेको छ । मङ्गलबार १ सय ९३ कम्पनीको शेयर कारोबारमा एक अर्ब ८२ करोड ९८ लाख रुपैयाँ बराबरका ७३ लाख कित्ता शेयर किनबेच भएको छ । अरुण काबेली पावर लिमिटेडको सबैभन्दा धेरै १७ करोड ४१ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । परिसूचक घटेको भए पनि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडलगायत ११ वटा अरु कम्पनीले पनि नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । सपोर्टस लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले भने ३.६२ प्रतिशत गुमाएका छन् ।...
विश्व बैंकबाट १७ अर्ब ६४ करोडका परियोजना स्वीकृत

विश्व बैंकबाट १७ अर्ब ६४ करोडका परियोजना स्वीकृत

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १३  विश्व बैंकले नेपालको शहरी सेवा प्रवाह सुधार तथा पूर्वाधार विकास सम्बन्धी १ सय ५० मिलियन डलर (१७ अर्ब ६४ करोड रुपैयाँ) बराबरका परियोजना स्वीकृत गरेको छ । विश्व बैंकले संघीयता कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यसहित परियोजना स्वीकृत गरेको जनाईएको छ । परियोजनाले कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उकास्नसमेत महत्वपूर्ण सावित हुने विश्वास लिएको छ । खासगरी नगरपालिकाहरुको क्षमता अभिवृद्धि र पूर्वाधार विकासमा यो सहायता प्रयोगमा आउने छ । विश्व बैंकका नेपाल, श्रीलंका तथा माल्दिभ्सका लागि निर्देशक फारिस हदद जार्भोसले तिब्र शहरीकरण, संघीयता र कोभिड १९ को सन्दर्भमा नेपाली शहरी इलाकाबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउन र महामारीको प्रभाव कम गर्न समेत परियोजना महत्वपूर्ण हुने बताएका छन् । त्यसका माध्यमबाट रोजगारी सिर्जनामा समेत परियोजनाको भूम...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १३ आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
२ महिनामै १४ अर्बको खाद्यान्न आयात

२ महिनामै १४ अर्बको खाद्यान्न आयात

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १२ चालु आर्थिक वर्षको दुई महिनामै करिब १४ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । साउन र भदौ महिनामा १३ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ । साउन र भदौमा सात अर्ब ७२ करोड रुपैयाँको धान चामल आयात भएको विभागले जनाएको छ । यसमध्ये झण्डै पाँच अर्ब रुपैयाँको धान चामल भारतबाट मात्रै आयात भएको छ । त्यस्तै दुई महिनामा छ अर्ब आठ करोड ५४ लाख रुपैयाँ बराबरको हरियो तरकारी र फलफूल आयात भएको छ । त्यस्तै एक अर्ब ७२ करोड १८ लाख रुपैयाँ बराबरको चिया र कफी आयात भएको जनाईएको छ ।...
उसिउलीमा थप चर्कियो मजदुर आन्दोलन

उसिउलीमा थप चर्कियो मजदुर आन्दोलन

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ११ । उदयपुर सिमेन्ट उद्योग, जलजलेले लकडाउनसंगै कामबाट विदा दिएका मजदुरहरुले पुनः नियुक्तिको माग राख्दै आन्दालित बनेका छन् । गत २ देखि ८ गतेसम्म उद्योगको गेटमा धर्ना बसेका उनीहरुले आज विभिन्न माग राख्दै उद्योग अगाडी नाराजुलुस गरे । मजदुरहरुलाई काममा लगाउनु पर्ने, मजदुर ल्याउनेमा ठेकेदारी प्रथाको अन्त्य गर्नुपर्ने र उद्योग घाटामा जानुको कारण छानविन गर्नुपर्ने माग राखेका छन् । उनीहरुको आन्दोलनमा नागरिक समाज तथा उद्योगको प्रदुर्षण क्षेत्रका नागरिकहरुले पनि एकता जनाएका छन् । लकडाउनपछि काममा लगाउने भनेको उद्योगले छ महिना वित्दा पनि काम नदिए पछि खान लाउन समस्या परेको भन्दै मजदुरहरुले पुनः काममा राख्न माग गरेका छन् । “हामी उद्योगकै लागि खटिरहेको मान्छे, लकडाउनको निहु पारेर उद्योगले विदा गर्यो । छ महिना वित्यो, फेरी काममा राख्न उद्योग तयार छैन” मजदुर विष्णु खड्काले भन्नुभयो ...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ११ आज सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
नेपालमा ९२ अर्व भन्दाबढी विप्रेषण भित्र्यो

नेपालमा ९२ अर्व भन्दाबढी विप्रेषण भित्र्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १०  चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कूल ९२ अर्ब ७१ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । कोरोना महामारीले ठूलो असर पारेपनि विप्रेषण आप्रवाहमा कुनै असर नपरेको हो । विप्रेषण आप्रवाहमा २३ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको विवरणले देखाएको छ । सरकारले अवैध माध्यमबाट आउने विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन लिएका नीति तथा कार्यक्रम क्रमशः प्रभावकारी बन्दै गएको छ । हुण्डीलगायतका अवैध कारोबार रोकिदा बैंकिङ प्रणालीबाट मात्रै विप्रेषण भित्रिएको हो । अघिल्लो वर्षको त्यही अवधिमा विप्रेषण आप्रवाह दुई प्रतिशतले बढेको थियो । बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स...
आयात २२ प्रतिशतले घट्यो

आयात २२ प्रतिशतले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ९  चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा आयातमा घटेको छ । भदौ महिनामा अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा २२.०७ प्रतिशतले आयात घटेको हो । आयातमा उच्च गिरावट र निर्यातमा सामान्य वृद्धि देखिँदा यो दुई महिनामा वैदेशिक व्यापार घाटामा समेत उच्च गिरावट आएको भन्सार विभागको तथ्यांकले देखाएको छ । साउन र भदौ महिनामा कुल वस्तू आयात १ खर्ब ७८ अर्ब ८४ करोड बराबरको भएको छ । अघिल्लो आवको दुई महिनामा वस्तु आयात २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ हाराहारीको थियो । यो अवधिमा वस्तु निर्यात भने २० अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको भएको छ । अघिल्लो वर्ष यसै अवधिमा निर्यात १८ अर्ब ५० करोड रुपैयाँको भएको थियो । यो वर्ष वस्तु निर्यात १०.४९ प्रतिशतले बढेको छ । सोहीकारण वैदेशिक व्यापार घाटामा कुल २४.९३ प्रतिशतको गिरावट आएको हो । यो वर्ष दुई महिनामा व्यापार घाटा १ खर्ब ५८ अ...