प्रतिनिधिसभाबाट बहुमतले बजेट पारित
पूर्णपुष्टि, जेठ २८ गते ।
आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले पेश गरेको (विनियोजन विधेयक) बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पेश गर्नुभएको थिायो ।
बुधबार अर्थमन्त्री खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । उक्त प्रस्तावलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । बजेटको पक्षमा सत्तारुढ नेकपा सांसदले मात्र मत दिए ।
कोरोना भाइरसको महामारीका कारण आगामी आर्थिक बर्षको लागि बजेटको आकार घटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ७१ लख रुपैयाँको बजेट ल्याएको थियो ।
प्रतिनिधि सभाबाट बहुमतले पारित भएको बजेट राष्ट्रिय सभाले पनि पारित गर्नुपर्ने हुन्छ । राष्ट्रियसभामा प्रतिननिधि सभामा जस्तै ...








