Friday, May 15News That Matters

आर्थिक

चट्याङले २ सय ३३ भेडा मरे

चट्याङले २ सय ३३ भेडा मरे

आर्थिक, समाचार
भदौ १७ गते । जाजरकोटको कुशेमा चट्याङ लागेर २ सय ३३ भेडा मरेको छ । कुशे गाउँपालिकाको पाटनमो हावाहुरीसँगै परेको चट्याङले भेडा मेरेको हो । अझै २ सय ५२ वटा भेडा हराइरहेको स्थानियले जनाएको छ । अचान परेको चट्याङले भेडा सखाप पारेपछि कृषकहरु चिन्तित भएका छन् । प्रखुम आय स्रोतकै रुपमा भेडा पालन व्यवसाय गर्दै आएका कृषकहरुको भेडा मरेपछि परिवार चलाउन समस्या हुने स्थानीयले बताएका छन् ।...
फेरी बढ्यो सुनको भाउ

फेरी बढ्यो सुनको भाउ

आर्थिक, समाचार
भदौ १७ गते ।  सोमबार स्थिर रहेको सुनको भाउ आज बढेको छ । तोलामा ५ सय रुपैयाँ बढेर एक तोलाको ७२ हजार ५ सय रुपैया पुगेको हो । सनु बढेर तोलाको ७२ हजार ५ सय पुगेको छ भने चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भईरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
राष्ट्र बैँकले साढे ८ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैँकले साढे ८ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

आर्थिक, समाचार
भदौ १६ गते ।  नेपाल राष्ट्र बैंकले ८ अर्ब ६५ करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट ८ अर्व ६५ करोड ५० लाखको ट्रेजरी बिल सोमबार बिक्री गर्न लागेको हो । बैँकले विक्रि गर्न लागेको ट्रजरी विल मध्ये ५ अर्ब ५२ करोडको ट्रेजरी बिल १ सय ८२ दिनमा परिपक्व हुनेछ भने ३ अर्ब १३ करोड रुपैयाँको विल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको ट्रेजरी बिल आगामी मंसिर १७ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । यस विलले १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधि (बढीमा एक वर्ष)को स्रोत जुटाउन ट्रेजरी बिल बिक्री गरिन्छ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणले पनि बो...
घामले पग्लियो खानेपानी योजनाको पाईप

घामले पग्लियो खानेपानी योजनाको पाईप

आर्थिक, समाचार
उदयपुर, भदौ १५ गते । लिम्चुङ्बुङको मझुवा बाराहा खानेपानी योजनाको पाईप घामले पग्लिएको छ । लिम्चुङबुङ गाउँपालिका – ३ बाराहामा निर्माधिन योजनाको पाईप रुखमा बाँधेर टाँगेको ठाउँमा पग्लिएको हो । विकट पहाडी भेगमा खानेपानीको समस्या समाधान गर्नका लागि राज्य संघियतामा नआई नै जिल्ला खानेपानी कार्यालय उदयपुरबाट परेको योजनाको पाईप घामले पग्लिएको लिम्चुङ्बुङ गाउँपालिका– ३ का वडा सदस्य गुरुमणी कुमाईले बताए । २०७२ सालमा ८८ लाखको सम्झौता गरि काम सुरु गरेको थियो । पंचवर्षीय योजना भएकाले चालु आर्थीक वर्ष २०७६/७७ सम्ममा योजनाको काम सम्पन्न गर्नु पर्ने सम्झौता गरेको सदस्य कुमाईले बताए । त्यस योजनाका ५० एमएमको पाईप रुखमा बाँधेर टाँगिएको ठाउँमा घामले पग्लेको उनले बताए । माटोमा गाढ्नु पर्ने भएपनि ठाउँ ठाउँमा रुखमा बाँधेर टाँगेको ठाउँमा करिब १ सय ५० मिटर कालो पाइप पग्लेर कामै नलाग्ने भएको सदस्य कुमाई...
दुई जोर खानीलाई उत्खनन अनुमति

दुई जोर खानीलाई उत्खनन अनुमति

आर्थिक, समाचार
भदौ १३ गते । नेपालको चार वटा खानीले उत्खननका लागि खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको छ । चुनढुङ्गा, क्वार्जजाईट, पथर तथा कोईला उत्तखनको लागि विभागले अनुमति दिएको हो । चालु आर्थीक वर्षमै स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको विभागले जनाएको छ । खनिज उत्खननका लागि आएका निवेदनलाई आवश्यक अनुसन्धान गरेर अनुमति दिएको विभागले जनाएको छ । विभागले आव ०७५/७६ मा खनिज उत्खननका लागि नौ कम्पनीलाई अनुमति दिएको थियो । जसमध्ये चुनढुङ्गा उत्खननमा मात्र छ वटा रहेका रहेका छन् । आव ०७५/७६ मा चुनढुङ्गा उत्खननका लागि स्वीकृत दिएको कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प...
पहिलो नेपाली ध्वजावहाक जाहाज जापानमा

पहिलो नेपाली ध्वजावहाक जाहाज जापानमा

आर्थिक, समाचार
भदौ १२ गते । नेपाली ध्वजावहाक जहाजले पहिलो पटक जापानमा बिहिबार यात्रुसहित अवतरण गरेको छ । काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाजले १ सय ३४ जना यात्रु लिएर जापान पुगेको हो । काठमाण्डाँैबाट उडेको जहाज जापानको ओशाकाको कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको थियो । ८५ जनाले टिकट काटेका थिए भने ४९ जनाको सरकारी–निजी क्षेत्रका प्रतिनिधीको टोली पहिलो उडानमा सहभागी भएको निगमले जनाएको छ । गतराति पर्यटनमन्त्री योगेश भट्टराईले विदाई गरको नेपाली टोलीको नेतृत्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले गरेको थियो । ए ३३०–२०० जहाजको पहिलो लामो दुरीको उडान पनि हो । जहाजको उडान बिहीबार बिहान साढे २ बजे राखिएको भएपनि २ः३९ मा त्रिभुवन विमानस्थलबाट उडेको थियो । यस जहाजको क्षमता २ सय ७४ सिट रहेको छ । वरिष्ठ क्याप्टेन महेश्वरमान डंगोल र श्रवण रिजालको कमाण्डमा जहा उडेको थियो भने फर्कदा विजय लामाले कमाण्ड ...
पारिश्रमिक कार्यान्वयनमा सरकारको कडाइ

पारिश्रमिक कार्यान्वयनमा सरकारको कडाइ

आर्थिक, लिम्चुङबुङ डायरी, समाचार
भदौ ११ गते । श्रममिकका लागि लागू गरेको न्यूनतम पारिश्रमिकलाई सरकारले कार्यान्वयन गर्न निरीक्षणलाई कडाई गर्न थालेको छ । अधिकांश प्रतिष्ठानले श्रमिकको न्यूनतम पारिश्रमिक लागू नगरेको पाइएपछि अनुगमन तथा निरीक्षणमा कडाई गरेको हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष दोब्बर बढी प्रतिष्ठानमा अनुगमन गरिएको छ । सरकारी कर्मचारीको वृद्धि भएको पारिश्रमिक साउनबाट कार्यान्वयनमा आएपनि न्यूनतम पारिश्रमिक सम्बन्धी कानुन पहिला नै लागू भइसकेको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।...
कोलकाता जाने झन्झट टर्यो

कोलकाता जाने झन्झट टर्यो

आर्थिक, समाचार
भदौ ९ गते । नेपालबाट निर्यात गर्ने कृषीजन्य बस्तुको गुणस्तर परीक्षण गर्न भारत जानु पर्ने झन्झट सरकारले हटाएको छ । नेपाल –भारत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विच भएको प्रारम्भिक समझदारीले झन्झट हटाएको हो । भारत निर्यातमा अदुवा, अलैंचीलगायत २१ प्रकारका कृषिजन्य वस्तुको गुणस्तर परीक्षणका लागि भारत जानु नपर्ने भएको छ । यस सम्झौताले भारत निकासी गर्ने कृषिजन्य वस्तुमा फाइदा हुनेछ । सम्झौता पूर्णकार्यान्वयनमा आएपछि काठमाडौं सहित विराटनगर, वीरगन्ज र भैरहवामा कृषीजन्य वस्तुको गुणस्तर परीक्षण गरेर भारत निर्यात गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । सम्झौताअनुसार नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रमाणित गर्ने गुणस्तर प्रमाणपत्रलाई भारतले स्वीकार गर्नेछ भने भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणको प्रमाणपत्रलाई पनि नेपालले मान्यता दिनेछ । खाद्य प्...
रित्तो गाउँमा योजनाको भारी, बजेटको सत्यानास

रित्तो गाउँमा योजनाको भारी, बजेटको सत्यानास

आर्थिक, लिम्चुङबुङ डायरी, समाचार
भदौ ९ गते । बैतडीको मेलौली नगरपालिकामा ४१ घर त्यसमध्ये ३० घर बसाइँ सरेपछि गाउँमा ११ घर मात्रै बाँकि छ । सुनसान लाग्दो गाउँमा विकासका योयजना चै फालाफाल छ । गत वर्ष यस ठाउँमा २ करोड लगानीमा सिँचाइ योजना बन्यो । यस वर्ष पनि ५० लाखभन्दा बढी योजना परेका छन् । केही योजना बनेको छ भने केही बनेका छैन । तर कागजमा ती सवै योजना सम्पन्न भईसकेको छ । काम नभएका योजनको काम सम्पन्न देखाएर बाँडीचुँडी खान रकम भुक्तानी भइसक्यो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
ट्राफिक प्रहरीद्धारा ९४ लाख ३१ हजार राजस्व संकलन

ट्राफिक प्रहरीद्धारा ९४ लाख ३१ हजार राजस्व संकलन

आर्थिक, समाचार
उदयपुर/भदौ ८ गते । आर्थीक वर्ष २०७५/०७६ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले ९४ लाख ३१ हजार पाँच सय राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लघन गर्ने साना ठूला यातायातबाट अघिल्लो आर्थिक वर्ष भन्दा १२ लाख ४१ हजार ५ सय बढी राजस्व संकलन भएको हो । जिल्लाका विभिन्न ठाउँहरुबाट १४ हजार २ सय ९५ सवारी साधन तथा चालक कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङकले देखाएको छ । सवै भन्दा बढी ट्राफिक नियम उल्घंन गर्ने यातायात तथा चालक मध्ये टिफर,ट्रक चालक भएको कार्यालयको तथ्याङकमा उल्लेख छ । उक्त सवारी साधन चालकपछि मोटर साइकल चालकले ट्रफिक नियम उल्घंन गरेको कार्यालयको तथ्याङले देखाएको छ । सवैभन्दा बढी आर्थिक वर्षको मसान्त अर्थात असाढ महिनामा १ हजार ३ सय ९५ सवारी कारबाहीमा परेकाबाट ८ लाख ८९ हजार पाँच सय राजश्व उठेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्षको सुरुवात भदौमा ८ सय ५...