विराटनगर महानगरको बजेट पारित
विराटनगर, असार २६
विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ । महानगरको शनिबार बसेको १०औँ नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो । महानगरले यही असार १० गते आगामी आवका लागि रु तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट सार्वजनिक गरेको थियो ।
बैठकमा महानगर उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गर्नुभएको आगामी आवको आर्थिक विधेयक, विनियोजन विधेयक र महानगर खेलकुद विकास विधेयक पनि सर्वसम्मतिले पारित गरिएको छ । त्यसैगरी बैठकले केही महत्वपूर्ण नीतिगत निर्णयसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिनुभयो ।
सोही बैठकले उपप्रमुख कार्कीको संयोजकत्वमा न्यायिक समिति र महानगर सदस्य बलराम कारञ्जितको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ । न्यायिक समितिको संयोजक उपप्रमुख हुने संवैधानिक व्यवस्था छ । न्यायि...









