उदयपुरमा नापतौल विभाग र प्रशासन विरुद्ध बजार बन्द
पूर्णपुष्टि, असार २४ गते ।
असार मसान्तको चटारोमा नियतबस् स्थानीय प्रशासन र नापतौल विभागले दुःख दिने काम भएको भन्दै ब्यापारी, ब्यवासयीहरु सोको विरुद्धमा उत्रिएका छन् । प्रशासन र नापतौल विभाग विरुद्धमा उनीहरुले आज उदयपुरको सदरमुकाम गाईघाट बजार बन्द गराएका छन् ।
त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको अगुवाईमा स्वतस्फुर्त बजार उत्रिएको ब्यापारी, ब्यवसायीहरुले नाराबाजी सहित बजार घुम्दै बजार, पसल बन्द गराए । पसलहरु बन्द गराएर ब्यापारीहरुले आन्दोलनको समर्थन जनाएका थिए ।
नापतौल विभागले समयमा नविकरण नगरिदिने र उल्टै अहिले प्रशासनसंग मिलेर अनुगमनको नाममा नविकरण छैन भन्दै ब्यापारीहरुलाई दुख दिने काम भएपछि सोको विरुद्धमा आन्दोलित हुनु परेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले बताए ।...









