Saturday, June 6News That Matters

आर्थिक

राष्ट्र बैंकले नयाँ नोट दिन थाल्यो

राष्ट्र बैंकले नयाँ नोट दिन थाल्यो

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २९ गते । राष्ट्रि बैंकले बुधवारबाट सर्वसाधारणलाई नयाँ नोट दिन थालेको छ । अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट पाएका थिए । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट साट्ने सुविधा पाउने छन् । सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक÷एक बण्डल नयाँ नोट पाउने भएका हुन् । बैंक तथा वित्तीय संस्थाले भने राष्ट्र बैंकबाट दुईदेखि पाँच करोड रुपैयाँसम्म नयाँ नोट साट्ने सुविधा पाउने छन् । दशैंको लागि मात्रै राष्ट्र बैंकले १० देखि १३ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ । गत वर्ष दशैंमा सात अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा साटिएको थियो ।...
उदयपुर गाईघाटको नयाँ फलफूल र तरकारी बजार

उदयपुर गाईघाटको नयाँ फलफूल र तरकारी बजार

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २८ गते । उदयपुर गाईघाटको नयाँ फलफूल र तरकारी बजारको फोटोफिचर
महिला नेतृत्वले सफल भयो सिंचाई योजना

महिला नेतृत्वले सफल भयो सिंचाई योजना

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २७ गते । खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ को दोबेला गाउँमा जलजले चुच्चेढुङ्गा सिंचाई योजना महिलाहरुको उपभोक्ता समिति सुस्मा श्रेष्ठ अध्यक्षको नेतृत्वमा सिचाई योजना सम्पन्न भएको छ । भौगोलिक रुपमा दुर्गम भएको जिल्ला सदरमुकामदेखि दोबेला आयोजनाको लागि नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको संयुक्त साझेदारीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा सञ्चालित साना सिंचाई कार्यक्रम अन्तरगत करिव ४२ लाख बजेट लगानीमा आयोजना सम्पन्न भएको हो । सिंचाई आयोजनाबाट २३ घरधुरी संख्याले करिव १७ हेक्टर जमिनमा सिंचाई उपभोग गर्न पाएका छन् । २०७८ माघ महिनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग आयोजनाको सम्झौता गरी २०७९ जेष्ठमा सिंचाई कुलो आयोजना सम्पन्न भएको हो । आयोजना सम्पन्न गर्नको लागि साना सिंचाई कार्यक्रमले समितिलाई २ दिने सँस्था व्यवस्थापन र निर्माण गुणस्तर नियन्त्रण सम्ब...
विश्वबजारमा कोइलाको अभाव हुँदापनि बन्द भएन उदयपुर सिमेण्ट उद्योग

विश्वबजारमा कोइलाको अभाव हुँदापनि बन्द भएन उदयपुर सिमेण्ट उद्योग

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २७ । रुस युक्रेनको युद्वको कारण अन्तरास्ट्रिय बजारमा कोइलाको भाउ दोब्बर भन्दा बढी वृद्धि भयो र त्यसको प्रभाव नेपालमा पनि पर्न गयो । दोब्बर मुुल्यबृद्धिले नेपाली बजारमा कोइलाको अभाव खड्कियो । खासगरी सिमेण्ट उद्योगले क्लिंकर बनाउन कोइलाको प्रयोग गर्दछ । कोइलाबाट १४ सय सेण्टिग्रेड तापक्रममा चूनढुंगा, रातोमाटो र आइरन ओरको समिश्रणलाई पकाउनु पर्ने हुन्छ । विश्व बजारमै कोइलाको मुुल्यले आपुुर्तीमा प्रभाव परेपछि अहिलेसम्म पनि सहज बन्न सकेको छैन । यस्तो अवस्थामा सरकारी उद्योग भएर पनि उद्योग बन्द हुुन नदिन उपाय अपनाइएको पाइएको छ । गत आर्थिक वर्षमा व्यवस्थापन र प्राविधिक कर्मचारीहरुको मद्दतबाट उद्योग सञ्चालनको लागि कोइलाको जोहो राम्रो देखिएको छ । उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको नेतृत्वमा उच्च व्यवस्थापनले छलफल गरी पहिलेदेखि स्टक राखिएको करीब ६ हजार २ सय मेट्रिक टन कोइला जम...
मोतिगडा क्याम्पसका शिक्षक, विद्यार्थीलाई मेगा बैंकको वित्तिय साक्षरता

मोतिगडा क्याम्पसका शिक्षक, विद्यार्थीलाई मेगा बैंकको वित्तिय साक्षरता

Breaking News 1, आर्थिक
पूर्णपुष्टि, भदौ २४ । उदयपुरको गाईघाट स्थित मेगा बैंक नेपाल लिमिटेड गाईघाट शाखाले त्रियुगा जनता बहुमुखी क्याम्पस, मोतिगडामा वित्तिय साक्षरता कार्यक्रम सन्चालन गरेको छ । बैंकका शाखा प्रमुख विष्णु कार्कीका अनुसार कार्यक्रममा क्याम्पसका शिक्षक तथा ब्यवस्थापन प्रथम वर्षमा अध्यायनरत विद्यार्थीहरु सहभागि थिए । उनीहरुलाई लक्षित गरी बैंकिङ शेयर लगानी तथा मेगा प्रोडक्ट अन्तर्गत विभिन्न बचत खाताहरुका बारेमा जानकारी गराइएको शाखा प्रमुख कार्कीले बताउनुभयाे । सहायक क्याम्पस प्रमुख उमेश पाण्डेको विशेष उपस्थितिमा भएको कार्यक्रममा १०३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।...
सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ७ गते । सुनचाँदीको मूल्यमा लगातार गिरावट भएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सुन तोलामा ३ सय रुपैयाँले गिरावट भएको हो । सोमबार ९५ हजार ३ सयमा किनबेच भएको सुन आज तोलाको ९५ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
४ दिन एता लगातार सुनको मूल्यमा गिारावट

४ दिन एता लगातार सुनको मूल्यमा गिारावट

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २ गते । चार दिन एता लगातर सुनको मूल्यमा गिरावट भएको छ । सोमबारदेखि बिहिबारसम्म सुनको मूल्य तोलामा १ हजार ९ सय रुपौयाँले घटिसकेको छ । सोमबार प्रतितोला ४ सय रुपैयाँ, मंगलबार प्रतितोला ७ सय रुपैयाँ, बुधबार प्रतितोला ५सय रुपैयाँ र आज प्रतितोला ३ सय रुपैयाँ गरी तोलामा १९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।  ...
मेयर साम्पाङद्धारा खानेपानीका लागि सरकारसँग बजेट माग, आवश्यक बजेट सहयोग गर्ने आश्वासन

मेयर साम्पाङद्धारा खानेपानीका लागि सरकारसँग बजेट माग, आवश्यक बजेट सहयोग गर्ने आश्वासन

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, साउन ३१ धरान उपमाहानगरपालिकाका मेयर हर्क साम्पाङ राई हाल काठमाण्डौँमा पुगेका छन् । मेयर साम्पाङ राई धरानका बिभिन्न बिकासका लागि सरकार सँग आवश्यक बजेटको माग गर्न काठमाण्डौँ पुगेका हन् । उनि काठमाण्डौँ गएदेखि सरकारमा रहेका बिभागीय मन्त्रीहरु सँग भेटवार्तामा व्यस्त छन् । राईले बिषेशगरी धरानमा अत्यावश्यक रहेको खानेपानीको बारेमा बजेट छुटाउन आह्वान गर्दै अर्थमन्त्री जनार्दन शर्मासँग मंगलबार भेट गरेको छ । उनले धरानमा खानेपानी ३० बर्षदेखीको समस्या रहेको जानकारी गराउँदै यसका लागि मन्त्रालयले आवश्यक बजेट छुटाउनु पर्ने माग मन्त्री शर्मा सँग राखेका हुन् । खानेपानी लगायत मानिसको जिवनमा आवश्यक कुराहरु शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि सरकार सँग बजेटको माग गरेको छ । उनले धरानलाई पूर्वको शैक्षिक हव र स्वास्थय क्षेत्रको ठुलो आसाको केन्द्र रहेको धरानका बिपि कोईराला हस्पिटल सुधारका लागि...
प्रदेश नं १ मा दुध उत्पादनमा वृद्धि

प्रदेश नं १ मा दुध उत्पादनमा वृद्धि

Breaking News 3, आर्थिक, समाचार
काठमाडौँ, साउन १३ गते ।  प्रदेश नं १ मा आर्थिक वर्ष २०७८/७९ मा कूल पाँच लाख २५ हजार एक सय ५५ मेट्रिक टन दुग्ध उत्पादन भएको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार सो अवधिमा मासु आठ लाख ६६ हजार १९ मेट्रिकटन, अण्डा १४ करोड १९ लाख ९३ हजार र ऊन ४० हजार ८७९ किलो उत्पादन भएको हो । अघिल्लो वर्षको तुलनामा गएको वर्षमा दुग्ध ११ हजार छ सय २३ मेट्रिकटन, मासु एक हजार छ सय ४२ मेट्रिक टन, अण्डा ४९ लाख नौ हजार र ऊन चार सय सात किलो बढी उत्पादन भएको हो । प्रदेशभरिमा गाईगोरुको सङ्ख्या २० लाख ९९ हजार चार सय ९७, भैँसी–राँगो आठ लाख ८५ हजार आठ सय ३९, बाख्रा २८ लाख सात हजार पाँच सय ८८, बङ्गुर छ लाख ९४ हजार आठ सय ४५, कुखुरा ८९ लाख ४१ हजार छ सय ७७, भेडा ५९ हजार दुई सय ३१ र याक–नाक १८ हजार १० रहेको बताइएको छ । प्रदेशमा हालसम्ममा १० हजार सात सय ७५ पोखरीअन्तर्गत एक हजार नौ सय ६२ दशमलव ३६ हेक्टर जलाशय...
दुर्घटनामा मृत्यु चौधरीलाई एसियन लाईफ गाईघाटले दियो बिमा भुक्तानी

दुर्घटनामा मृत्यु चौधरीलाई एसियन लाईफ गाईघाटले दियो बिमा भुक्तानी

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, साउन १२ गते । मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएका मृतक परिवारलाई एसियान लाईफ कम्पनी गाईघाट शाखाले बिमा वापतको भुक्तानी प्रदान गरेको छ । बुधवार एक कार्यक्रम गरी लाहान नगरपालिका–१५ घर भएका भोजनी थरुनीकी २५ बर्षिय मृतक छोरा सजन कुमार चौधरीको परिवारलाई शाखाले बीमा भुक्तानी गरको हो । कम्पनीले मृतकको आमा भोजनी थरुनीलाई घरमै गएर रकम प्रदान गरेको शाखा प्रबन्धन बालकुमार राईले बताउनुभयो । चौधरीले २०७७ साउन ३२ गते सुखि जीवन सावधिक र आजिवन बिमाको योजना अन्तर्गत जीवन बिमा गरेको थियो । बिमा वापत इन्स्योरेन्स कम्पनीले पाँच लाख २५ हजार १ सय ६४ रुपैयाँ प्रादान गरेको प्रबन्धक राईले बताउनुभयो । १५ वर्षे अवधिको जीवन बिमा गरिएकोमा चौधरीले पहिलो किस्ता मात्र बुझाएको थियो । उनले पहिलो एक किस्तामा ३१ हजार ५ सय ६ रुपैयाँ मात्रै बुझाएको थियो । बाँकी किस्ता बुझाउन नपाई चौधरीको दुर्घटनामा ज्यान गएको...