नक्कली बिल बनाएर विमानस्थलमा राजस्व छलि गरेको भन्दै ४२ कर्मचारीमाथि अनुसन्धान
पूर्णपुष्टि, असार ११ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नक्कली बिल बनाएर राजस्व छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले ४२ कर्मचारीमाथि अनुसन्धान थालेको छ ।
विभागका अनुसार विदेशबाट नेपाल आयात भएका वस्तुको भन्सार जाँचपास गर्दा नक्कली बिल पेश हुँदा त्यसैका आधारमा ती कर्मचारीहरुले भन्सार जाँचपास गरिदिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । व्यापारीले राजश्व छली गर्ने उदेश्यले बनाएको नक्कली बीलकै आधारमा कर्मचारीले आयातित वस्तुको भन्सार जाचँपास गरेको देखिएको विभागले जनाएको छ ।
व्यापारीसँगको मिलोमतोमा करोडौं राजस्व छलिएको आशंकामा अनुसन्धान थालिएको विभाग स्रोतले जनाएको छ । ५२ वटा प्रज्ञापन पत्रमार्फत फरक फरक आयात भएका वस्तुमा नक्कली बिल प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । वस्तु आयातमा जारी गरिने बिल च्याति फोटोकपी गरेर नक्कली बिल बनाएर भन्सार छली गरेको विभागले जनाएको छ । विस्तृ...









