Friday, June 5News That Matters

आर्थिक

सेयर कारोबारमा नयाँ रेकर्ड: २१ अर्ब ९१ करोडको कारोबार

सेयर कारोबारमा नयाँ रेकर्ड: २१ अर्ब ९१ करोडको कारोबार

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, साउन १६ ।  बुधवार  सेयर बजारमा हालसम्मकै उच्च कारोबार रेकर्ड कायम भएको छ। यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो रकम अघिल्लो उच्च रेकर्ड भन्दा करिब ३८ करोड रुपैयाँले बढी हो। यसअघि ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च कारोबार रेकर्ड बनेको थियो। त्यसको तीन वर्षपछि यो नयाँ रेकर्ड कायम भएको हो।बुधवार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० अंकमा पुगेको छ। १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहेको छ। सबै क्षेत्रगत सूचकहरू सकारात्मक रहे। विशेषगरी होटल तथा पर्यटन समूहको सूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। १४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यी कम्पनीहरूमा युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स लगायत रहेका छन्। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ...
राष्ट्र बैंकद्वारा वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने घोषणा

राष्ट्र बैंकद्वारा वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने घोषणा

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, साउन ११ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई बिनाधितो ऋण दिने नयाँ नीति घोषणा गरेको छ। शुक्रबार आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिनाधितो ऋण दिने योजनाको जानकारी दिए। नयाँ नीति अनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका व्यक्तिहरूले आफ्नो बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण प्राप्त गर्न सक्नेछन्। यो कदम सरकारको चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित प्रावधान अनुरूप लिइएको हो।...
आर्थिक वर्ष २०८०/८१ को बजेट खर्च र राजस्व संकलन लक्ष्यभन्दा कम

आर्थिक वर्ष २०८०/८१ को बजेट खर्च र राजस्व संकलन लक्ष्यभन्दा कम

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, साउन १ ।  नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ मा बजेट खर्च र राजस्व संकलन दुवैमा लक्ष्य भन्दा कम प्रगति हासिल गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म सरकारले कुल विनियोजित बजेटको ८०.४५ प्रतिशत मात्र खर्च गर्न सकेको छ। १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेटमध्ये १४ खर्ब ८ अर्ब ९८ करोड रुपैयाँ मात्र खर्च भएको छ। खर्चको विवरण हेर्दा चालु खर्च ८३.४३ प्रतिशत पुगेको छ भने पूँजीगत खर्च ६३.४७ प्रतिशतमा सीमित रहेको छ। विकास बजेटमा उल्लेख्य कटौती भएको देखिन्छ, जहाँ ३ खर्ब २ अर्ब रुपैयाँको लक्ष्यमा १ खर्ब ९१ अर्ब ७३ करोड रुपैयाँ मात्र खर्च भएको छ। राजस्व संकलनको अवस्था झनै चिन्ताजनक देखिएको छ। सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा केवल १० खर्ब ३० अर्ब ३४ करोड रुपैयाँ मात्र उठाउन सकेको छ। यस्तै, अनुदान र अन्य आम्दानी समेत...
जिल्ला समन्वय समिति उदयपुरमा बिषयगत कार्यालयको बार्षिक समिक्षा सम्पन्न

जिल्ला समन्वय समिति उदयपुरमा बिषयगत कार्यालयको बार्षिक समिक्षा सम्पन्न

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष २० । उदयपुरमा जारी स्थानीय तह सहित बिषयगत कार्यालयहरुको बार्षिक समिक्षा समन्वय समितिको हलमा सम्पन्न भएको छ ।एक बर्षमा कार्यालयले गरेका क्रियाकलाप कस्ता रहे, समस्याहरुको पहिचान र समाधानका प्रयासका बारेमा सरोकारवाला निकायलाई जानकारी दिने उदेश्यले समिक्षाको आयोजना गरिएको हो । जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा रौतामाई गाउँपालिका वाहेक सात वटा स्थानीय तह, १४ वटा बिषयगत कार्यालय र ५ वटा विकास साझेदार संस्थाले उपलब्धि र समस्याका बारेमा प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नवराज खड्काले बताए । कार्यक्रममा कार्यालयहरुले कतिपय कामहरु कानुन निर्माण नहुँदा र नीतिगत अल्झनका कारण सोचेअनुरुप गर्न नसकिएको बताए । उनीहरुले विकास प्रतिको जनताको वेग्रह चाहानाहरु नीतिगत समस्याका कारण रोकिएको बताए ।सहभागि जनप्रतिनिधिहरुले मुलुक संघीयतामा गएपनि अधिकारहरु केन्द्रमा नै राख्ने, ...
उदयपुरमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, ६ पुष । जिल्ला प्रहरी कार्यालयय उदयपुरले चोरी मुद्धाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएका प्रहरीे टोलीले त्रियुगा नगरपालिका ५ श्रीपुरका २९ बर्षिय ओम प्रसाद भट्टराईलाई बिहिबार पक्राउ गरेको हो । भट्टराईलाई चोरी मुद्धामा ३ महिना जेल सजाय र ३ हजार जरिवाना तोकिएकाका थिए । तर उनि कैद सजायबाट फरार रहेपछि प्रहरीले पक्राउ गरी फैसाला कार्यन्वयनका लागि उदयपुर जिल्ला अदालत पठाएको छ ।...
साउनेमा ‘दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिता-२०८०’ सुरु

साउनेमा ‘दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिता-२०८०’ सुरु

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि,काक्तिक १० । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.१४ साउनेमा आजबाट ‘दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिता-२०८०’ सुरु भएको छ । शुक्रवार डहर फुटबल क्लवको आयोजना साथै स्थानीय युवहरुको रोहवरमा दशै तिहारलाई लक्षीत गरी वडा स्तरिय खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन स्थानीय युवा नेता तथा समाज सेवीहरुद्धारा मुख्य रेफ्रि अनमोल राईलाई संयुक्त बल हस्तान्तरण गर्दै खेल सुर भएको हो । उद्घाटन पहिलो खेलमा वगार्छी फुटबल क्लव(वि) र आयोजक(ए) बिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा (बरगाछी)ले आयोजकलाई ट्राईवेकर मार्फत ३को विरुद्ध ४ गोल गर्दै वगार्छीले सुरुवाती जित निकालेको छ । यस्तै प्रतियोगिताको दोस्रो खेल बरगाछी(ए) र साउने फुटबल क्लव(ए) बिच प्रतिस्पर्धा भएको थियो । दोस्रो खेलमा भने साउनेले बरगाछी(ए)लाई ७ गोलले पछि पर्दै साउने फुटबल क्लव(ए)ले फराक...
हाेमस्टेकाे आम्दानीले सामाजिक काम

हाेमस्टेकाे आम्दानीले सामाजिक काम

Breaking News 1, आर्थिक, पर्यटन, समाचार
पूर्णपुष्टि, भदाैं २ । उदयपुरकाे त्रियुगा नगरपालिका १३ स्थित बहेडुवा थारु सामुदायिक हाेमस्टेले सामाजिक उत्तरदायित्वकाे काम गरेकाे छ । आम्दानीकाे १५ प्रतिशत सामाजिक काममा छुट्याउदै आँखा शिविर केही समयअघि गरेकाे हाेमस्टेले आज चस्मा वितरण गरेकाे प्राविधिक सल्लाहकार उत्तिमचन्द्र चाैधरीले बताए । जेभि फाउन्डेशन जिल्ला  तथा नगर समितिकाे सहयाेगमा चस्मा वितरण गरिएकाे हाे । कार्यक्रममा त्रियुगा नगर मेयर वसन्त बस्नेत लगायत अतिथिहरुले बृद्धबृद्धालाई चस्मा वितरण गरे । हाेमस्टेले सहयाेगि जेभि फाउन्डेसनका अध्यक्ष गणेश दनुवार लगायत सदस्यहरुलाई सम्मान गर्याे । [contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]...
नक्कली बिल बनाएर विमानस्थलमा राजस्व छलि गरेको भन्दै ४२ कर्मचारीमाथि अनुसन्धान

नक्कली बिल बनाएर विमानस्थलमा राजस्व छलि गरेको भन्दै ४२ कर्मचारीमाथि अनुसन्धान

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, असार ११ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नक्कली बिल बनाएर राजस्व छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले ४२ कर्मचारीमाथि अनुसन्धान थालेको छ । विभागका अनुसार विदेशबाट नेपाल आयात भएका वस्तुको भन्सार जाँचपास गर्दा नक्कली बिल पेश हुँदा त्यसैका आधारमा ती कर्मचारीहरुले भन्सार जाँचपास गरिदिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । व्यापारीले राजश्व छली गर्ने उदेश्यले बनाएको नक्कली बीलकै आधारमा कर्मचारीले आयातित वस्तुको भन्सार जाचँपास गरेको देखिएको विभागले जनाएको छ । व्यापारीसँगको मिलोमतोमा करोडौं राजस्व छलिएको आशंकामा अनुसन्धान थालिएको विभाग स्रोतले जनाएको छ । ५२ वटा प्रज्ञापन पत्रमार्फत फरक फरक आयात भएका वस्तुमा नक्कली बिल प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । वस्तु आयातमा जारी गरिने बिल च्याति फोटोकपी गरेर नक्कली बिल बनाएर भन्सार छली गरेको विभागले जनाएको छ । विस्तृ...
देशका समग्र युवाहरुको भविष्यको लागी १ करोड मात्र छुट्याईयो  : सिके राउत

देशका समग्र युवाहरुको भविष्यको लागी १ करोड मात्र छुट्याईयो : सिके राउत

Breaking News 3, आर्थिक, राजनीति, समाचार
पूर्णपुष्टि, असार १ । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सिक राउतले देशका समग्र युवाहरुको भविष्यको लागी मात्र १ करोड विनियोजन भएको बताएका छन् । उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयमा विनियोजन गरिएको बजेटले देश कता तिर गरिरहेको स्प्रष्ट देखिने र सानो बजेटको मन्त्रालय त्यसको योजना, किताब पनि पातलो त्यसमा भएका शब्दहरु झनै फितलो देखिएको उनले बताए । त्यो भन्दा अर्को कुनै नयाँ उद्योग खोल्ने वा पुराना उद्योग हरुलाई खुलाउने कार्यक्रम पनि नदेखिएको र कुनै योजना विहिन, भिजन र दृष्टि नभएको बजेट आएकोउनले बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको जिल्लामा मात्र ७१ प्रतिशत बजेट हालेको भन्दै असन्तुष्टि जनाएका थिए । ‘बजेट ल्याएको होकि लुटिएको हो भन्ने कुरा अलि ...
आज बजेटमाथि उठेको प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

आज बजेटमाथि उठेको प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, जेष्ठ २९ । आज बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेको प्रश्नको जवाफ अर्थमन्त्री डा.प्रकाशशरण महतोले दिने भएका छन् । गत जेठ १५ गते पेश भएको बजेटमाथि उठेको प्रश्न र जिज्ञासाको जवाफ आज दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्रीले जवाफ दिने कार्यसुची छ । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) भारत भ्रमणबाट फर्किएपछि सुरु भएको बजेटको छलफल आईतबार सकिएको थियो । छलफलका क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ ।...