Saturday, August 15News That Matters

खेलकुद

भेटघाट ब्याड्मिन्टन क्लवद्वारा चुहाडेमा जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन आयोजना

भेटघाट ब्याड्मिन्टन क्लवद्वारा चुहाडेमा जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन आयोजना

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज १४ । भेटघाट ब्याड्मिन्टन क्लबले त्रियुगा नगरपालिका ८ चुहाडेमा आजबाट जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन प्रतियोगिता सन्चालन गर्दैछ । निजि लगानीमा निर्मित कवर्डहलको उद्घाटनसंगै प्रतियोगिता हुने भएको हो । प्रतियोगिता तीनदिनसम्म संचालन हुनेछ । सञ्चालक विक्रम सिङ्ह खड्काकाअनुसार प्रतियोगितामा जिल्ला भरीकै खेलाडीहरुको सहभागिता र उत्कृष्ट खेल प्रदर्शन हुनेछ । सो ठाउँमा ब्याड्मिन्टन खेलसंगै सांगीतिक कार्यक्रम, रेस्टुरेन्टसमेत गरी थ्री इन वनको अवधारणामा कवर्डहल लगायतका भौतिक संरचना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा ए र बी डिभिजन गरी दुई इभेन्ट्समा खेलाइने छ । डबल्स खेल हुने प्रतियोगितामा ६४ जोडाले भाग लिएका छन् । जसमा १० जोडी एक डिभिजनका रहेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ८ हजार नगद पुरस्कार रहेको छ । यो संगै मेडल,...
(बि डिभिजन) मा बढुवा भएका उदयपुरका दुई खेलाडी सहितका खेलाडीहरुलाई उर्लावारीमा  सम्मान

(बि डिभिजन) मा बढुवा भएका उदयपुरका दुई खेलाडी सहितका खेलाडीहरुलाई उर्लावारीमा सम्मान

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज सी डिभिजन लिग च्याम्पेन भई बी डिभिजनामा प्रवेश गरेका खेलाडीहरुलाई चर्ज ब्वाईज युनाइृटेड क्लवले सम्मान गरेको छ । एन्फा कम्प्लेक्समा भएको सी डिभिजन लिगबाट बि डिभिजनको शिर्स स्थानमा पुगेको खेलाडीहरुलाई क्लवले सम्मान गरेको हो । खेलाडीहरुलाई उर्लाबारी–५ स्थित क्लबको कार्यालयमा एक कार्यक्रम गरी सम्मान गरिएको हो । लिग खेल्ले टिममा उदयपुर बाट २ जना छन् । फ्युजन क्लव बोक्सेका क्याप्टेन सुदीप श्रेष्ठ र गाईघाट फुटवल क्लवको खेलाडी दिवस श्रेष्ठ छन् । उनिहरु दुवै जना सी डिभिजन लिगको खेलमा सहभागी थिए । मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल र क्लबका अध्यक्ष रुवेन राईले खेलाडीहरुलाई सम्मान गरे । असल खेल कौशल प्रदर्शन गरी लिग च्याम्पियन भएकोमा खेलाडी र क्लबलाई बधाई दिँदै अध्यक्ष धिमालले क्लब र खेलाडीको अझ प्रगतिको शुभकामना दिए । चर्च व्वाइज क्लबलाई आफूले नजिकबाट जाने बुझ...
चुहाडेमा बन्यो दाजुभाईको डेड करोड लगानीमा पार्टी प्यालेर्स, रेस्टुरेन्ट र सुविधा सम्पन्न कवर्डहल

चुहाडेमा बन्यो दाजुभाईको डेड करोड लगानीमा पार्टी प्यालेर्स, रेस्टुरेन्ट र सुविधा सम्पन्न कवर्डहल

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज ६ उदयपुरको त्रियुगा नगरपालिका ८ चुहाडेमा सुविधा सम्पन्न प्यार्टी प्यालेर्स, रेष्टुरेन्ट सहित थ्रिओन कवर्डहल निर्माण भएको छ । चुहाडेवासी राज खड्का र उनको भाई बिक्रम सिंह खड्का दाजुभाईको संयुक्त लगानीमा भेटघाट कबर्डहल निर्माण भएको हो । सो हल निर्माणका लागि दाजुभाईको करिब डेड करोड बराबरको व्यक्तिगत लगानी रहेको छ । हल व्यवस्थीत र गुनस्तरीय रुपमा बनेको र एकै हलमा बिभिन्न अन्य गतिविधि पनि गर्न सकिने गरी थ्रिओन हलको रुपमा निर्माण भएको हल संञ्चालक राजु खड्काले बताए । हलको चाँडै उद्घाटन हुने समेत खड्काले बताए । हल उद्घाटन भव्य तरिकाले वृहत रुपमा गरिने खड्काले खड्को भनाई छ । उनले विहान र वेलुका दुई सिफ्टमा हल उद्घाटन हुने जनाए । हल उद्घाटनमा जिल्ला स्तरीय व्याडमिन्टन मेयरकप आयोजना समेत हुने जनाए । जिल्ला स्तरीय व्याडमिन्टन मेयरकप गरी हलको उद्घाटन गरिने खड्काले बताए ।खड्काका ...
युवाहरु कोरा च्यालेन्ज एकदिने साईक्लिङ यात्रामा निस्किए

युवाहरु कोरा च्यालेन्ज एकदिने साईक्लिङ यात्रामा निस्किए

खेलकुद, समाचार, स्वास्थ्य
पूर्णपुष्ट, साउन २ । उदयपुर जिल्ला साईक्लिङ संघले आज आयोजना गरेको “गाईघाट कोरा च्यालेन्ज २०२१” अन्तर्गत विहानै गाईघाट मुख्यचौकदेखि यात्रा अगाडी बढेको छ । त्रियुगा नगरपालिकाको सहयोग रहेको कोरा च्यालेन्ज ५० किलोमिटरको रहेको आयोजक सदस्य सन्तोष गुप्ताले जानकारी दिएका छन् । च्यालेन्ज अन्तर्गत ६ः३० बजे मुख्यचौकमा जम्माभई विहान ७ ः ०० बजे हिडेको यात्रा ८ ः ०० बजे चुहाडेमा वाटरब्रेक गर्नेछ । लन्चब्रेक सुकौरामा विहान ११ ः०० बजे राखिएको च्यालेन्ज फेरी फर्केर दिउसो २ ः०० बजे चुहाडे चौकमा आएर वाटरब्रेक गर्नेछ । दिउसो ३ ः०० बजे मुख्यचौकमा पुगेर समापन गर्नेछ । कार्यक्रमलाई ब्यवस्थित बनाउन संयोजनको भुमिका बाँडफाँट गरिएको छ । प्रमुख संयोजन संघका उदयपुर अध्यक्ष जितेन्द्र रोइलाको रहेको छ भने सहभागि संयोजनमा सन्तोष गुप्ता, यात्रा शुभारम्भको संयोजन राजनारायण साह, जाँदाको अवस्थामा चुहाडेमा वाटरब्रेकक...
उदयपुरमा साइकलिंग च्यालेन्ज हुने

उदयपुरमा साइकलिंग च्यालेन्ज हुने

खेलकुद, समाचार
पूर्णपुष्टि, असार २९ उदयपुर जिल्ला साइकलिंग संघ र गाईघाट साइकल सिटि नेटवर्क को आयोजनामा यही आउदो शनिबार कोरा साइकलिंग च्यालेन्ज हुने भएको छ । बढ्दो प्रदुर्शन, अब्यबस्थित जीवन शैलीलाई मध्य नजर गर्दै जिल्लामा यस्ता गतिविधि भैरहने गर्दछन । साइकल चलाउनु हरेक कोणबाट फाइदाजनक हुने हुदा बेला–बेलामा हुने येस्ता गतिविधिले साइकलका प्रयोग कर्ता बढ्ने विश्वास पनि गरिन्छ । कोरोना प्रकोपले गर्दा यस पटकको कोरा जिल्लाको तीन ठुला शहरमा हुने र एक गु्रपमा १५ जना भन्दा बढी सहभागी नहुने गरि गराउने संघका सचिब शन्तोष गुप्ताले बताउनुभयो । चौदण्डी साइकल सिटिले बेल्टारमा, जिल्ला संघले गाईघाटमा र कटारी राइदर्सले कटारीमा स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम संचालन गर्ने गुप्ताले बताउनुभयो ।...
कबर्डहल, बाेक्से बन्द

कबर्डहल, बाेक्से बन्द

खेलकुद, समाचार
पूर्णपुष्टि, वैशाख २० । बढ्दाे काेराेना संक्रमणलाई मध्येनजर गर्दै बाेक्से स्थित कबर्डहल आजबाट बन्द भएकाे छ । कबर्डहलभित्र हुने खेलहरु स्थगित गर्ने उद्देश्यले कबर्डहल बन्द गरिएकाे हाे । जिल्ला खेलकुद विकास समितिले हिजाे सुचना टाँस गरि कबर्डहलभित्र हुने खेलकुद तालिम तथा खेल गतिविधि स्थगित गर्न, गराउन सुचित गरेकाे थियाे । स्थानीय प्रशासनले भिडभाड हुने कार्यक्रम तथा गतिविधि राेक्न गरेकाे सुचना अनुरुप कबर्डहललाई अर्काे सुचना जारि नगरेसम्म बन्द गरिएकाे खेलकुद कार्यालय प्रमुख प्रकाशराम राईले जनाउनुभयाे ।...
लिम्चुङबुङ दोस्रो ट्रेल  रेसमा पुरुष तर्फ रिजन राई प्रथम, महिला तर्फ मनिषा राई

लिम्चुङबुङ दोस्रो ट्रेल रेसमा पुरुष तर्फ रिजन राई प्रथम, महिला तर्फ मनिषा राई

खेलकुद, लिम्चुङबुङ डायरी, समाचार
  पूर्णपुष्टि, बैशाख १६ लिम्चुङबुङ दोस्रो ट्रेल  रेस पुरुष र महिला तर्फको उपाधी रिजन राई र मनिषा राईले जितेको छ । पालिकाको ८६ जना सहभागी प्रतियोगिहरु मध्यको रेसमा १६ किमीको ट्रेल रेस एक घण्टा २९ मिनेटमा पार गर्दै पुरुष तर्फको उपाधि रिजन राईले हात पारेका हुन् । यता महिला तर्फको उपाधिका लागि मनिषा राईले दुई घण्टा एक मिनेट खर्चेर पहिलो स्थान प्राप्त गरिन् ।पुरुष तर्फको दोस्रो बाराहाका अर्जुन खत्री भए । भने बलम्ताका तुफान राई तेस्रो भए । खत्रीले एक घण्टा ३० मिनेटमा र तुफानले एक घण्टा ३३ मिनेटमा निर्धारित दुरी पार गर्दै दोस्रो र तेस्रो स्थान सुरक्षित गरे । महिला तर्फको दोस्र स्थान प्राप्त गर्ने बलम्ताकै केसुका राई रहेकिछिन् भने जातेका रमिला राई तेस्रो भइन् । केसुका राईले दुई घण्टा पाँच मिनेट र रमिला राईले दुई घण्टा ११ मिनेटमा १६ किमी पार गर्दै दोस्रो र तेस्रो स्थानलाई सुरक्षित गरिन् ।प...
नेपालले चुम्यो त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधि

नेपालले चुम्यो त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधि

खेलकुद, समाचार
बैशाख ११ त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलाको उपाधि नेपालले हात पारेको छ । फाइनलमा नेदरल्याण्डस्लाई १ सय ४२ रनको फराकिलो अन्तरले पछि पार्दै नेपालले उपाधि हात पारेको हो । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३८ रन बनायो । जीतका लागि २ सय ३९ रनको लक्ष्य पाएको नेदरल्याण्डस् १७ ओभर २ बलमा ९६ रनमा समेटियो । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । नेपालका कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले उच्च रन बनाएको हो । भुर्तेल ५३ बलमा ७७ रन बनाएर आउट भए । भुर्तेलले डेब्यु शृङ्खलामा नै चार अर्धशतक बनाएका छन् । कुशलले खेलेका पाँच खेलमध्ये नेदरल्याडस्सँगका तीन  खेलमा क्रमशः ७७, ६३ र ६२ तथा मलेसियासँगको दुईमध्ये एउटा खेलमा ६१ रन बनाएका हुन् । त्यस्तै आजको खेलमा कुशल मल्ल २४ बलम...
नेपालले मलेसियालाई ६९ रनले हरायो

नेपालले मलेसियालाई ६९ रनले हरायो

खेलकुद, समाचार
बैशाख ९ त्रिदेशीय ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले मलेसियालाई ६९ रनले पछि पार्दै जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय १८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ ओभर एक बलमा अलआउट हुँदै एक सय ४८ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि अमिनुद्दिम राम्लीले सर्वाधिक ४१ रन बनाए । नेपालका सोमपाल कामी, सन्दीप लामिछाने र कमलसिंह ऐरीले तीन÷तीन विकेट लिए । सुशन भारीको नाममा एक विकेट रह्यो । आजै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कमलसिंह ऐरीले पहिलो खेलमै तीन विकेट लिँदै करियरको उत्कृष्ट सुरुवात गरेका छन्  । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाएर दुई सय १७  रन बनायो । नेपालका करण केसीले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए । यस्तै आशिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्रसिंह ऐरीले ३३, कुशल भ...
१२ औँ राष्ट्रिपति रनिङ शिल्ड खेलकुद स्थगित, उदयपुरबाट छनोट खेलाडीहरुको नामावलीको फोटो सहित

१२ औँ राष्ट्रिपति रनिङ शिल्ड खेलकुद स्थगित, उदयपुरबाट छनोट खेलाडीहरुको नामावलीको फोटो सहित

खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ११ नेपालमा दोस्रो चरणको कोरोनाका कारण खेल क्षेत्रमा पनि निकै ठुलो असर परेको छ । यहि बैशाख १० र ११ गते हुन लागेको १२ औँ १ नं प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता स्थगित भएको छ । उदयपुर जिल्ला खेलकुद विकास समितिले खेल स्थगित बारे सूचना प्रकाशित गर्दै खेल स्थगित भएको जानकारी गराएको छ । खेलकुद विकास कार्यालय प्रमुख प्रकाशराम राईले सामाजिक विकास मन्त्रालय र पूर्वाञ्चल खेलकुद विकास समितिको प्राप्त सूचना अनुसार खेल स्थागित गरिएको जनाउनुभयो । राईले मन्त्रालय र समितिको सूचना अनुरुप अर्को व्यवस्था नभए सम्मको लागि खेल स्थागित रहने बताउनु भएको छ ।मोरङमा हुन लागेको उक्त खेल कोरोना भाईरसका कारण तत्कालको लागि स्थगित गर्नु पर्ने बारे सूचना जिल्लामा आएको राईले बताउनुभयो । सूचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोरङ लगाएत मुलुकको १४ ओटा जिल्लाहरुलाई कोरोनाको अत...