पूर्णपुष्टि, गाईघाट, पुष २७ गते ।
उदयपुर आईडल सिजन २ को बिजेता बिशाल राई बनेका छन् । त्रियुगा नगरपालिका वडा नं १६ का विशाल पुस ६ गते गाईघाट बाँसघारी पार्टी प्यालेसमा भएको ग्राण्ड फिनालीबाट सिजन २ को बिजेता बनेका हुन् । उनले ६ जना फाइनलिस्टहरूलाई पछि पार्दै उपाधी चुमेका हुन् । राईले बिभिन्न चरणहरु पार गर्दै आईडलमा बलियो कब्जा जमाएका थिए । बिजेता बनेका बिशालले नगद रु एक लाख र ट्रफि हात पारेका छन् । आईडल उदयपुर कलाकार समाजको आयोजनामा भएको थियो ।
https://youtu.be/s2kADReZGaw...
https://youtu.be/j21X3xD00hA
पूर्णपुष्टि/उदयपुर, मङ्सिर १९ ।
उदयपुरमा राष्ट्रिय न्वाङ्गी (नेमान) पर्व तथा दोस्रो दनुवारी खाना परिकार तथा सांस्कृतिक उत्सव भब्यरुपले हुने भएको छ । दनुवार जागरण समिति, त्रियुगा नगर समिति तथा उत्सव मुल आयोजक समितिको आयोजना तथा संयोजनमा मंसिर २५ देखि तीनदिन बैरेनीचौरमा हुने भएको हो । मंसिर २५ गते दनुवार समुदायको मुख्यपर्वको रुपमा न्वाङ्गी पर्वलाई राष्ट्रब्यापीरुपमा आधिकारिक कार्यक्रम सार्बजनिक गरि सामुहिन न्वाङ्गी पुजा गरिदनेछ । उक्त दिन त्रियुगा नगरपालिकाले स्थानीय विदा दिने जनाइएको छ ।
तीनदिनसम्म पर्वको ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय महत्व स्पष्ट पार्दै उत्सव मनाउने भएको छ । दनुवार समुदायको कला, संस्कृति, पहिरन, नृत्य र खानालाई राष्ट्रिय पहिचानमा उकास्ने अभियानलाई साझा गर्ने उद्देश्यले आयोजना भएको कार्यक्रममा दनुवारहरुको परम्परागत न्वाङ्गी संस्कार, बृह...
https://youtu.be/wC7OMRSQkvM?si=_zcF0kyuwW1Z5muo
पूर्णपुष्टि, उदयपुर, मंसिर ११ ।
उदयपुरको गाईघाटस्थित साझा सेवा घर उदयपुर आज नयाँ भवनमा प्रवेश गरेको छ । संघीय सरकार सहरी विकास मञ्त्रालयको अढाइ करोड लगानीमा त्रियुगा नगरपालिका १२ मा निर्मित नयाँ भवनमा आज साइत बनाइ प्रवेश गरेको सेवा घरकी अध्यक्ष गिता खड्का कार्कीले बताउनुभयो । नयाँ भवनमा वालवालिका रमाएका छन् । अभिभावक विहिन बालबालिकाको अभिभावक तथा संरक्षणको भुमिकामा रहेको साझा सेवा घरमा हाल ११ जना बालबालिका छन् । उनीहरुको पालनपोषण, शिक्षा, स्वास्थ्य र सबैखाले संरक्षकत्वको भुमिका सेवा घरको रहेको छ ।...
https://youtu.be/MqSOB0Ggkvw
पूर्णपुष्टि/उदयपुर, कार्तिक २३ ।
जेनजीको नेतृत्व को ? यो प्रश्न धेरै उठ्ने गर्छ । पछिल्लो समय केन्द्र, प्रदेश र जिल्लामा नेतृत्व तोक्ने क्रम छ । उदयपुरको संयोजक सुरेन्द्र राई तोकिएसंगै अव जेनजी के कसरी अगाढि बढ्छ ? पूर्णपुष्टिले सोधिखोजी गरेको छ ।
जेनजी संयोजक राईले सक्रियपूर्वक जेनजी गतिविधि अगाडी बढ्ने बताएका छन् । उनले संगठन विस्तारसंगै जेनजी एजेन्डालाई सार्थक बनाउने काम अगाडि बनाउने बताएका छन् । जेनजीको नाममा विभिन्न संगठन र गतिविधि भइरहेको सन्दर्भमा सहि गर्ने र गलत गर्ने छानेर समेटिने र कतिपयलाई निगरानी तथा खबरदारी गर्ने बताएका छन् ।...