Saturday, May 16News That Matters

मनोरञ्जन

संगितकर्मी संघ काभ्रेमा पुनः चन्द

संगितकर्मी संघ काभ्रेमा पुनः चन्द

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,मंसिर २३ बनेपामा सम्पन्न राष्ट्रिय संगितकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशनले अमरकृष्ण चन्दलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । धुलिखेल नगरपालिकाका मेयर अशोक व्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कलाकारहरुको छाता संगठन राष्ट्रिय संगितकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशनले पुनः कलाकार निर्देशक अमरकृष्ण चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि व्याञ्जुले कला साहित्यले समाज परिवर्तनमा उल्लेख्य योगदान पु¥याएको बताउँदै स्थानी तह, प्रदेश र संघ तिनैवाटा सरकारले कलाक्षेत्रको विकासको लागि निति नै बनाएर सहयोग गर्नुपर्ने धारणा राखे । आफू पनि कलाकारिता अनि साहित्यमा निकै समय सक्रिय रहेको स्मरण गराउँदै कोभिडको महामारीको समयभित्र बाह्रवटा कथा लेखेको बताए । उनले आफू र धुलिखेल नगरपालिकाबाट कलाकारलाई सम्मान गर्दै आएको र निरन्तर ...
बेस्ट सिनेमेटोग्राफिको अवार्ड सिर कुमार राईलाई

बेस्ट सिनेमेटोग्राफिको अवार्ड सिर कुमार राईलाई

मनोरञ्जन, समाचार
पूणर्पुष्टि, कार्तिक ३० बेस्ट सिनेमेटोग्राफि तथा (चलचित्र निर्माण प्रविधि) को अवार्ड सिर कुमार राईलाई प्रदान गरिएको छ  । रमपम पूर्वेली म्युजिक अवार्ड अन्तर्गत राईले सिनेमेटोग्राफि अवार्ड हात पारेका हुन् । जिएम प्रोडक्सन प्रालिको संञ्चालक समेत रहेका राईले सन २००८ देखी चलचित्र तथा म्युजिक भिडियोहरु निर्माण कार्यमा योगदान पुराउँदै आएका थिए । पहिलो पटक अयोजना गरिएको रमपम पूर्वेली म्युजिक अवार्ड बिभिन्न २२ विद्यामा प्रदान गर्दै सम्पन्न गरिएको छ । पूर्वको इटहरी शहरको होटल बरण्डा स्थित शुक्रबार पूर्वेली लोक गित संगितको उच्च सम्मान र संरक्षणमा विषेश ध्यान पुगोस भन्ने हेतुले पूर्वेली लोक गित संगितमा योगदान पुराउने बिभिन्न व्यक्तिहरुलाई अवार्ड प्रदान गरेको हो । पूर्वेली नेटवर्क मिडिया प्रालिको आयोजनामा गरिएको उक्त अवार्ड कार्यक्रममा पूर्वेली लोक गित संगितमा योगदान पुराउने बिभिन्न २२ जना पुर...
सोफियाको बुढीको कचकच अब युट्युवमा

सोफियाको बुढीको कचकच अब युट्युवमा

मनोरञ्जन, समाचार
पूणर्पुष्टि, कार्तिक ३० सोफिया बज्राचार्य र राज बस्नेतको उत्कृष्ट अभिनय रहेको “ बुढीको कचकच“ सार्वजनिक भएको छ । चर्चित निर्देशक आदित्य बुढाथोकीको निर्देशन रहेको ’बुढीको कचकच ’ गितको भिडियोमा पारिवारिक घर झगडाको विषय समेटिएको छ । लौन मलाई के दशा लायो के दशा लायो यहि बुढीको कचकचले ज्यान खायो बुढाथोकीको निर्देशनमा  बजारमा आएको “बुढीको कचकच ‘” भिडियोले रिलिज भएको पहिलो  दिनमै २५ हजार भ्युज कटाइसकेको छ । भिडियोलाई निर्देशक बुढाथोकीले सहज अनि फरक ढंगमा उत्कृष्ट बनाउन खोजेका छन् । बुढाबुढी बीच सानातिना गल्ती तथा जीवनका आरोह अवरोहहरुमा आइपर्ने महत्वकांक्षा अनि चुनौतीले श्रीमान श्रीमती बिच आउने तनावलाई भिडियोमा प्रष्ट्याउन खोजिएको छ । सोफिया बज्राचार्यको प्रस्तुति “ बुढीको कचकच ...“ मा मुकेश हुमागाईको छायांकन, कविता तोलाङ्गीको श्रृङ्गार, पदम सुवेदीको सम्पादन रहेको भिडियोको कलर संय...
कमल दाहाल निर्देशित बजारमा धनले कसलाई पुग्छ र सार्वजानिक

कमल दाहाल निर्देशित बजारमा धनले कसलाई पुग्छ र सार्वजानिक

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, कार्तिक २२ कलाकार, गायक, गीतकार, निर्देशक कमल दाहालको निर्देशनमा नविनतम गीत ‘धनले कसलाई पुग्छ र ।।। ’ हालै ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ । हरिहर तिमल्सिनाको शब्दमा राजु सिंहले भरेकोे संगीतमा उत्कर्ष दाहालले सुमधुर आवाज भरेका छन् । दाहाल निर्देशित  ‘धनले कसलाई पुग्छ र ।।। ’ बोलको भिडियो युवापुस्तालाई स्वाभिमानी बन्न प्रेरित गर्ने खालको रहेको छ । युवापुस्तालाई सन्देश दिने भावको भिडियोले आम नेपाली संगीतप्रेमीको मन जित्ने दाबी निर्माण पक्षको रहेको छ । जीवनमा जस्तो सुकै अवस्था आए पनि आफ्नो स्वाभिमान त्याग्नु हुन्न, आखिर धनले कसलाई पो पुग्छ र भन्ने भाव बोकेको दाहालको निर्देशनमा निर्माण भएको गीतको भिडियो ‘धनले कसलाई पुग्छ र ।।। ’ सार्वजनिक भएसँगै चर्चाको शिखरमा पुगेको छ । भिडियोको पोष्ट प्रोडक्सन भने ड्रिम भिजन इन्टरनेसनल मिडिया प्रा।लि।ले गरेको छ । चर्चित निर्देशक...
गीतकार विमलाको (ए सानु) सार्वजनिक

गीतकार विमलाको (ए सानु) सार्वजनिक

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,कार्तिक १६ चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको (ए सानु) वोलमा रहेको गितको भिडियो सार्वजानिक भएको छ । अहिलेका चर्चित अनि व्यस्त साहित्यकार तथा गीतकार विमला हुमागाईको “ए सानु ...” बोलको गीतको भिडियो सार्वजनिक भएको हो । थुप्रै गीतहरुको शब्द कोरिसकेका गीतकार हुमागाईद्वारा रचित “ए सानु ...” बोलको गीतलाई अहिलेका व्यस्त निर्देशक आदित्य बुढाथोकीले निर्देशन गरेका छन् । भिडियोमा दिक्पाल कार्की र सुनिशा बजगाईलाई फिचरिङ गरिएको छ । भिडियोको नृत्य निर्देशन शिब बिकले गरेका छन् । धुलिखेलको रमणीय दृश्यलाई मुकेश हुमागाईले भिडियोमा कैद गरेका छन् । किशोरावस्थाका प्रेम जोडीको माया प्रेममा आउने उतार चढाव र पेमी प्रेमिका बिचका भावनालाई गीतकार हुमागाईले सचित्र शब्दमा उतार्ने प्रयास गरेका छन् । गीतलाई एरेन्ज, मास्टरिङ, मिक्सीङ सुन्दर लामाले गरेका छन् । अहिलेका युवा पिढीको प्रेमकथ...
पूर्वमन्त्रि सहित १० जना जुवाखालबाट पक्राउ

पूर्वमन्त्रि सहित १० जना जुवाखालबाट पक्राउ

मनोरञ्जन, समाचार
पूणर्पुष्टि, कार्तिक १६ पूर्वमन्त्रि सहित १० जना जुवाखाल बाट शनिवार पक्राउ परेको छ । पूर्वराज्यमन्त्री खोभारी राय यादव समेत जुवाखालबाट पक्राउ परेका हुन् । पूर्वमन्त्री यादवलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको साथबाट १ लाख ५३ हजार नगद समेत प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सबिन लामा पनि रहेका छन् । स्वयम्भुस्थित साँइली तामाङको घरबाट जुवा खेलिरहेको अवस्थामा यादवसहित १० जना पक्राउ परेका हुन् ।...
भिटेनले माफी मागे

भिटेनले माफी मागे

मनोरञ्जन, समाचार
पूणर्पुष्टि, कार्तिक १६ भिटेनल भर्खरै सार्वजानिक गरेको पारा बोलको गिततको चौतर्फि आलोचना र प्रहरीले गितको अनुसन्धान थालेपछि भिटेनले माफी मागेका छन् । उनले आफ्नो गितमा रहेको शब्दहरुले बिभिन्न क्षेत्र र व्यक्तिहरुलाई असर पुगेको भन्दै माफी मागेको हुन् । गितको शब्दहरुमा अपशब्द रहेको भन्दै प्रहरीले गितको अनुसन्धान समेत सुरु गरेका थिए । प्रहरीको अनुसन्धान र भिटेनको माफि सँगै गितलाई संशोधनपछि पुनः रिलिज गरिने भएको छ । गीतको शब्दका कारण विभिन्न निकाय र व्यक्तिप्रति ठेस पुग्न गएको गुनासो आएकाले कार्तिक १३ गते सो गीत आधिकारिक च्यानलबाट हटाइएको र गीत संशोधन गरेर मात्रै प्रकाशित गर्ने जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै भिटेनले कार्तिक ८ गते रिलिज भएको आफ्नो गीतमा अपशब्द रहेको स्वीकार्दै विभिन्न निकायहरुमा असर पुगेका कारण यस प्रति क्षमा प्राप्ति रहेको विज्ञप्तिमा उल्लेख गरे...
आफ्नै निर्देशनमा फिल्म बनाउने हमालको तयारी

आफ्नै निर्देशनमा फिल्म बनाउने हमालको तयारी

मनोरञ्जन, समाचार
पूणर्पुष्टि, असोज २२ नेपाली फिल्मी क्षेत्रका महानायको रुपमा परिचित राजेश हमालले कोरोना माहामारी पछि आफ्नै निर्देशनमा फिल्म बनाउने जनाएको छ । हमालले अहिले फिल्मको प्रि(प्रोडक्सनको काम भइरहेको समेत बताए । फिल्ममा हमाल स्वयंको अभिनय रहनेछ । ४ बर्ष देखि सिनेमामा देखिन छोडेको राजेश आफ्नै भुमिका रहेको शकुन्तला र बागमती दुवै फिल्म सफल बन्न नसकेपछि उनले सोचेर मात्र फिल्ममा आफुलाई प्रवेश गराउने जनाए । एक समय नेपाली फिल्ममा एकछत्र आफ्नो प्रभुत्व जमाएका अभिनेता राजेश हमाल विगत ४ वर्षदेखि काँचको पर्दाबाट टाढा छन् ।  हाल सिने क्षेत्रमा आफ्नो उपस्थिति नरहेपनि उनको व्यस्ताता भने उस्तै रहेको छ । कोरोना महामारीभन्दा अगाडि उनलाई देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रममा भ्याइनभ्याइ थियो । एपी वान एचडी टेलिभिजनद्वारा सञ्चालित ‘को बन्छ करोडपति’ रियालिटी शोका होस्ट समेत रहेका उनले लकडाउनयता कान्तिपु...
टिकटकमा भाईरल उत्कृष्ट लोकदोहोरी खोलाखाल्सी सार्वजानिक

टिकटकमा भाईरल उत्कृष्ट लोकदोहोरी खोलाखाल्सी सार्वजानिक

मनोरञ्जन, समाचार
पूणर्पुष्टि, असोज १२ बहुप्रतिभाका धनी बिक्रमजंग शाहले आफ्नो बहुप्रतिक्षित गीत “खोला खोल्सी हे माया .... ” सार्वजनिक गरेको छ । लामो समयदेखि निरन्तर कलाकारिता गर्दै आएका चलचित्र निर्माता समेत रहेका गायक तथा सर्जक शाहको पछिल्लो सिर्जना टिकटकमा समेत लोकप्रिय भइसकेको लोक तथा दोहोरी गीत “खोला खोल्सी हे माया .... ”  सार्वजानिक भएको हो ।एक कार्यक्रमकाबीच गौशालामा अवस्थित डी एण्ड डी क्याफेमा सो गितलाई सार्वजनिक गरिएको हो । लोक संगीतको क्षेत्रमा नवीनतम प्रस्तुती “खोला खोल्सी हे माया .... ” आम लोक पारखीहरुको लागि उत्कृष्ट कोसेली हुन सक्ने शाहको भनाइ छ ।शाहको शब्द रहेको गीतमा अमृत खातीले संगीत भरेका छन् भने शाह र सिर्जु अधिकारीले स्वर दिएका छन् । उक्त गीतको भिडियोमा उत्कृष्ट कलाकारहरुको आकर्षक अभिनयका साथमा सिन्धुली दुम्जाका आसपासका प्राकृतिक सुन्दरतालाई समेटिएको छ । भिडियोमा बिक्रम जंग शाह, सिर...
बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

मनोरञ्जन
अभिनेत्री रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । उनी केही समयअघि आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका हुन् । रियामाथि सुशान्तलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको लगायत थुप्रै आरोपहरु लाग्दै आएको छ । यो प्रकरण ड्रग्ससँग जोडिएपछि एनसीबीले हात हालेको हो । एनसीबीले रियालाई धेरै दिनदेखि सोधपुछ गर्दै आएको थियो । पक्राउपछि उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिने छ । रिया आज बयानका लागि एनसीबीमा पुगेकी थिइन् । उनी पुगेको केही घन्टापछि उनको गाडी फिर्ता गरिएको थियो । आज रियासँग ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले उनलाई नियन्त्रणमा लिएको हो । पहिलो दिन उनलाई ६ घन्टासम्म सोधपुछ गरेको थियो भने दोस्रो दिन ८ घन्टा सोधपुछ गरिएको थियो । यसअघि ड्रग्स खरिद गरेको आरोपमा रियाका भाई शोविक चक्रवर्तीलाई पनि पक्राउ गरिएको थियो । रियाले आफूले सुशान्...