किरात सम्वत यलेदोङ ५०८१ भव्यरुपमा मनाईयो
पूर्णपुष्टि, माघ २
किरात राई समुदायको नयाँ सम्वत यलेदोङ ५०८१ भव्यरुपमा मनाइएको छ । बेलका नगरपालिकाको वडा नं. ६ साकेला पार्कमा किरात राई योयोक्खाका केन्द्रीय उपाध्यक्ष राकेश राईले विहिबार कार्यक्रमलाई उद्घाटन गरी भव्यरुपमा मनाइएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष राईले किरात राई समुदाय पूर्खाहरु इतिहासको कालखण्डदेखिनै वैज्ञानिक भएको बताउनुभयाे । किरात जाति यो भूमिको एक सृष्टिकर्ता भएको बताउँदै यहाँका सबै जातजातिका संस्कार संस्कृृृतिहरु राज्यको सम्पति भएको बताउनुभयाे । कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले पूर्वाञ्चल १ नं. प्रदेशमा किरात राई समुदायको बाहुल्यता भएको बताउँदै नयाँ वर्ष यलेदाङको सबैमा शुभकामना व्यक्त गर्नुभयाे ।
त्यसैगरी वेलका नगरपालिकाका प्रमुख दुर्गाबहादुर थापाले किरात समुदायको बसोवास भएकोले यहाँ पहिलो पटक किरात राई संस्कृतिलाई प्राथमिक...









