Saturday, May 16News That Matters

मनोरञ्जन

डि.बि.राईको रचना र मीकबुङ राईको स्वरमा “ नेपालकी छोरी हुँ म” सार्वजानिक, भिडियो सहित ।

डि.बि.राईको रचना र मीकबुङ राईको स्वरमा “ नेपालकी छोरी हुँ म” सार्वजानिक, भिडियो सहित ।

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १४ साउन । संगित प्रेमी डि.बि राईको अर्को रचना नेपालीकी छोरी हुँ म... सार्वजानिक भएको छ । राईकै शव्द रचना, रुद्र श्रेष्ठको संगित र मिकबुङ् राईको स्वरमा रहेको गित दुई दिन अघि मात्रै सार्वजानिक भएको हो । बालगायीका मीकबुङ समता स्कुलमा कक्षा ७ मा अध्यानरत विद्यार्थी हुन् । ११ बर्षको सानै उमेरमा गित गाउने कला भएकी मीकबुङले आफ्नो स्वरलाई पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा उत्कृष्ट प्रस्तुत गरेकी छिन् । डि.बि राईले केहि समय अघि मात्रै गुँरासै फुल्यो रौता पाखैमा नामक लोकदोहरी गित सार्वजानिक गरेका थिए । उक्त गितमा भ्वाईस अफ नेपालकी अन्तिम ४ की प्रतिस्पर्धी श्रेया राई र डि.बि राई आफैले स्वर दिएका थिए । हालै सार्वजानिक गित भने देश, भाषा, संस्कृति र भुमि सँग सम्बन्धि रहेको छ । डि.बि राई गित संगित सँग नजिक रहेर काम गर्दै आएका छन् । राई किरात कलकार संघका जिल्ला अध्यक्ष तथा त्रियुगा नगरपालिका...
प्रकाश सपुतको “दमाई राजा” युट्युवको शिर्ष स्थानमा

प्रकाश सपुतको “दमाई राजा” युट्युवको शिर्ष स्थानमा

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ६ साउन । गायक प्रकाश सपुतको गित “दमाई राजा” युट्युवको शिर्ष स्थानमा परेको छ । भर्खरै सार्वाजानिक सपुतको गित युट्युवको ट्रडिङ एकमा पर्न सफल भएको हो । च्यानलमा अपलोड गरेको करिब १६ घण्टामै झण्डै ८ लाख भ्युज उक्त भिडियोले प्राप्त गरेको हो । गितमा शान्ति श्री परियार र गायक सपुतको आफ्नै स्वरमा रहेको छ भने शव्द संगित पनि सपुतकै रहेको छ । सपुतको लगतार गित भिडियोहरु च्यानलको शिर्ष स्थानमा पर्दै आएको छ । यस भन्दा पहिले पनि गायक सपुतको सकम्वरी एक हप्तामै करोड क्लवमा पुगेका थिए । भिडियो जात र धर्ममा हुने बिभेदवारे समेटिएको छ ।...
सन्दिप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द

सन्दिप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, साउन ४ । सन्दिप क्षेत्रीले होस्ट गर्दै आएको कार्यक्रम ‘ह्वाट द फ्लप’ को प्रसारण नहुने भएको छ । कान्तिपुर टिभि एचडीमा प्रसारण हुँदै आएको कार्यक्रमलाई टेलिभिजनले बिहिबार एक सुचना जारी गर्दै प्रसारणमा रोक लगाएको हो । ‘महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारणमा रोक लगाईएको सुचनामा जनाईएको छ । गत असार २३ गते शनिबारको एपिसोडमा सन्दिपले अभिनेता पल शाहसँगको अन्तर्वातामा महिलालाई मजाकको विषय बनाएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि टेलिभिजनले उक्त एपिसोड हटाएको थियो भने बिहिबार सुचना जारी गर्दै ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ ।...
कटारीमा शुक्रबार देखी नृत्य र गायन प्रतियोगिता हुने

कटारीमा शुक्रबार देखी नृत्य र गायन प्रतियोगिता हुने

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, साउन ४ । उदयपुरको कटारी नगरपालिकामा यही श्रावण ५ गते शुक्रबार देखी नृत्य र गायन प्रतियोगिता हुने भएको छ । ताल डान्स हाउसको आयोजनामा राईजिङ कटारी नृत्य तथा गायन प्रभियोगिता हुने भएको हो । संस्थाको १० औ वार्षिकोत्सवको सन्दर्भ पारेर नृत्य र गायन प्रतियोगिता सञ्चानलन गर्न लागिएको संचालक एवं नृत्य निर्देशक एमजे मिथुनले बताउनुभयो । नगर क्षेत्रमा रहेका बालबालिका तथा किशोरकिशोरीलाई आफ्नो प्रतिभा देखाउने र हेर्ने वातावरण तयार गर्ने, उनीहरूमाझ प्रतिभाको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिका तथा युवाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको निर्देशक मिथुनले जनाए । यस प्रतियोगितामा बिद्यालयका बालबालिका देखी लिएर किशोरकिशोरी सबैले भाग लिन सक्नेछन् भने राष्ट्रिय भावका वा शिष्ट गीतमा नेपालको सबै भाषामा एकल प्रस्...
रोमानियामा गायक प्रकाश सुपतमाथि बोतल प्रहार

रोमानियामा गायक प्रकाश सुपतमाथि बोतल प्रहार

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार ११ । रोमानियामा गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ । नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा सपुतमाथि बोतल प्रहार भएको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले प्रहार गरेको क्यान बोतल सिधै अनुहारमा लागेको थियो । मादक पदार्थ सेवन गरेको व्यक्तिले बोतल प्रहारगर्दा सपुतको निधारमा सामान्य चोट लागेको छ । बोतल प्रहार भएपछि आधा घण्टा प्रभावित भएको कार्यक्रमलाई सुतले पुन निरन्तरता दिएका थिए । कार्यक्रमलाई रोमानियास्थित नेपाली नरेश गिरीले आयोजना गरेका थिए । आयोजकले घटनामा बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका थिए ।...
एउटै पर्दामा देखिदै पल र प्रदिप

एउटै पर्दामा देखिदै पल र प्रदिप

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ९ असार । नेपाली दर्शकहरुको मन मुटुमा बस्न सफल नेपालका दुई नायक अब एउटै पर्दामा देखिने भएका छन् । ती नायकहरु हुन् प्रवि खड्का र पल शाह । यी दुई नायक एउटै पिल्ममा देखिने भएको हो । दिनेश राउतको निर्देशनमा बन्न लागेको एक फिल्ममा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । नाम तय नभैसकेको फिल्ममा उनीहरु दुवै प्रोटागोनिस्ट पात्रको रुपमा रहने लेखक विकास सुवेदीले जानकारी दिए । फिल्ममा दुवैको बराबर भूमिका रहनेछ । सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको फिल्मको छायांकन आगामी भदौबाट सुरु हुनेछ । फिल्मका लागि पलले असार दोस्रो हप्तादेखि कलाकार अनुप बरालबाट अभिनय सिक्दैछन् । यसअघि फिल्म ‘प्रकाश’का लागि प्रदीपले पनि बरालबाट तीन महिना अभिनय सिकेका थिए । फिल्ममा अहिलेलाई पल र प्रदीप मात्र निश्चित छन् । फिल्मको स्क्रिप्टको ‘फर्स्ट ड्राफ्ट’ सकिसकेको छ । दिनेश र पलबीच पहिलो पटक सहकार्य हुन लागेक...
अन्तर्राष्ट्रिय सांस्कृतिक मेलामा नेपाली कला

अन्तर्राष्ट्रिय सांस्कृतिक मेलामा नेपाली कला

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,असार ७ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत गरेको छ । चेक रिपब्लिकको प्ल्जेनमा गत जुन ७ देखी ११ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ७ राष्ट्र र स्लोभाकियाको मियावा शहरमा जुन १३ देखी १९ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ८ राष्ट्रका समूह सहभागी थिए । नेपालबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला ९रामचन्द्र० को नेतृत्वमा गएको टोलीमा ग्रुपका निर्देशक सीतल आचार्यको निर्देशन, जोगेन्द्र केसीको नृत्य निर्देशन र रामबहादुर भुजेलको संगीत संयोजन थियो । मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, भैरव काली, धिमाल, कुमारी, लाखे, सोरठीलगायत दर्जनौँ नृत्यहरू प्रस्तुत गरिएका थिए । स्लोभाकियामा भएको मेलाको उद्घाटन नेपालको चरिया नृत्य भैरब काल...
नेपालभर नै ‘आदिपुरुष’ को प्रदर्शन रोकियो

नेपालभर नै ‘आदिपुरुष’ को प्रदर्शन रोकियो

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार ४ । नेपालभर नै भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शन रोकिएको छ । ‘आदिपुरुष’ को नेपाल वितरण कम्पनि ब्यांकटेस फिल्म्सले सोमबारदेखी देशव्यापी प्रदर्शनमा रोक लगाएको छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको र सबैतिर फिल्मको प्रदर्शन रोकिएको जानकारी दिए । काठमाण्डौँ महानगरका हल व्यवसायीहरुले महानगरको आधिकारीक पत्र बिनै फिल्मको प्रदर्शन रोकेकोमा आपत्ती जनाउँदै उतार्ने निर्णय भएको बताए । उनले भने ‘हल व्यवसायीले नै आधिकारिक पत्र बिना, फेसबुकमा स्टाटस लेखेको भरमा फिल्म रोक्नुहुन्छ भने हामीले अन्त चलाइरहनु जरुरी छैन्’ । चलचित्र संघ र हल व्यवसायीले आधिकारिक निर्णयबिना फिल्म रोक्ने कार्य गरेकोप्रति राठीको असन्तुष्टि छ । साथै, समस्या समाधानका लागि मेयर बालेनले पनि तदारुकता नदेखाएकोप्रति वितरकको गुनासो छ । काठमाडौं महानगरका मेयर बालेद...
धरान उपमहानगरपालिकाले पनि ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगायो

धरान उपमहानगरपालिकाले पनि ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगायो

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार ४ । सुनसरीको धरान उपमहानगरपालिकाले पनि बलिउड फिल्म ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाएको छ । धरानका मेयर हर्क साम्पाङले ‘धरानमा आदिपुरुष प्रदर्शन नगर्नुहोला’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले धरानमा आदिपुरुष मात्रै प्रदर्शन नहुने बताएका हुन् । प्रदर्शन अघि नै विवादमा तानिएको आदिपुरुष झन विवादित बन्दै गएको छ । काठमाण्डौँ महानगरपालिकाको मेयर बालेन शाहले उक्त फिल्ममा सिता भारतको छोरी भन्ने शब्द हाटाउन अल्टिमेटम दिएको थियो । आईतबार अल्टिमेटको अवधि सकिँदासम्म संवाद नहाटपछि मेयर शाहले सोमबार देखी महानगरभित्रका हलमा भारतीय फिल्ममा रोक लागएको छ । यस्तै पोखरा महानगरपालिकाले पनि हिन्दी चलचित्रमा रोक लागेको छ ।...
काठमाडौं महानगरका हलमा सोमबार देखी भारतीय फिल्मको प्रदर्शन रोकिने

काठमाडौं महानगरका हलमा सोमबार देखी भारतीय फिल्मको प्रदर्शन रोकिने

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार ३ । काठमाडौं महानगरपालिका भित्रको हलमा सोमबार देखी भारतीय फिल्मको प्रदर्शन रोकिने भएको छ । आदिपुरुष फिल्ममा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्य भारतमा सच्याउन मेयर बालेन्द्र शाहले दिएको तिन दिने अल्टिमेटम सकिएपनि उक्त संवाद नसच्याएपछि शाहले हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएको हो । मेयर शाहको निर्देशनमा नगरप्रहरीले आईतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । काठमाडौं महानगरका ३२ वडाभित्र रहेको १७ फिल्म हल भोली देखी भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय भएको र यसका लागि नगर प्रहरी आजैदेखि खट्ने मेयर बालेन्द्र शाहको सचिवालयले जानकारी दिए । आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवाद सच्याएको छैन भने फिल्मका गीतकार तथा डाईलोग लेखक मनोज मुन्तशीरले सन् १९०४ सम्म नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको बताएका ...