Sunday, August 30News That Matters

राजनीति

गाईघाटमा यी चार पार्टीले गरे एमसीसीको बिरोध

गाईघाटमा यी चार पार्टीले गरे एमसीसीको बिरोध

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, पुष ७ सरकारले पछिल्लो समय एमसीसीलाई तिव्रता दिएको भन्दै गाईघाटमा मंगलबार चार ओटा पार्टीले विरोध गरेको छ । नेकपा मसाल, नेकपा माले, बैज्ञानिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा पार्टीले एमसीसी विरुद्ध आन्दोलन गरेका हुन् । उनिहरुले राष्ट्रघाती एमसीसी ख्यारेज गर्न माग राख्दै प्रदर्शन गरेका थिए । बिरोध कार्यक्रममा एमसीसीले नेपाली जनताहरुलाई नर्कमा लैजाने र स्वतन्त्रता बाट बन्चीत गर्दै विदेशीहरुलाई हस्तक्षेपको अवसर दिने भन्दै जनताहरुलाई सचेत हुन सुझाएको छ । उनिहरुले एमसीसीलाई राष्ट्रघातीको आरोप लगाउँदै ख्यारेज गर्न माग राखे । प्रदर्शनमा राष्ट्रघाती एमसीसी ख्यारेज गर, राष्ट्रिय स्वाधिनताको बिरोध गरौँ भन्दा नारावाजी गरे । एमसीसी ख्यारेज नभए आफ्नो आन्दोलनहरु थप बढेर जाने चेतावनी दिएको छ ।...
मेरो दावी पहिलेदेखि कै हो : मिक्सो

मेरो दावी पहिलेदेखि कै हो : मिक्सो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २९ । नेकपा माओवादी केन्द्रको प्रदेश अध्यक्षका दावेदार हर्क नेम्वाङ (मिक्सो) ले आप्mनो दावेदारी प्रदेश अधिवेशन अगावैदेखि रहेको बताएका छन् । उनले जनयुद्धकालदेखि नै विभिन्न जिल्लामा युद्ध तथा पार्टीको नेतृत्व गर्दै १ नं. प्रदेशमा विभिन्न कालखण्डमा सफल नेतृत्व गरिसकेकोले अहिले पार्टीको १ नं. प्रदेश नेतृत्वमा दावी रहेको बताए । “यो दावी अहिले आएर गरेको हैन” उनले भने “सुरुदेखि कै मेरो दावेदारी हो ।” अहिले पार्टीले लिएको केन्द्रिय निति, विचारलाई कार्यान्वयन तथा लागू गर्न आफु सक्षम रहेको दावीसहित नेतृत्वको दावी गरेको उनले बताए । उनको माओवादी पृष्ठभुमी हेर्दा जनयुद्धताका जनमुक्ती सेनाको कम्पनी भिसीसम्मको जिम्मेवारी सम्हालेका थिए । मिक्सो ०५९ सालमा रुम्जाटारमा लडाइको क्रममा सक्त घाइते भएका थिए । करिब चारवर्षे जनमुक्ती सेनाकालमा करिब १५ वटा ठूला युद्धको सफल नेतृत्व गरेका थिए । ...
नेकपा माओवादी केन्द्रको १ नं. प्रदेश अध्यक्षमा खत्रीको बलियो दावी

नेकपा माओवादी केन्द्रको १ नं. प्रदेश अध्यक्षमा खत्रीको बलियो दावी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २९ । नेकपा माओवादी केन्द्रका प्रदेश नेता मोहनबहादुर खत्रीले १ नं. प्रदेशको अध्यक्षमा दावी गरेका छन् । प्रदेशको सिनियर क्याडरको हैसियतले अध्यक्षमा दावी रहेको खत्रीेले बताएका छन् । “हामीले दावी किन नगर्ने ?” उनले भनेका छन् “जनयुद्धको प्रारम्भदेखी पूर्णकालिन भएर इतिहासले दिएको जिम्मेवारी सफलतापूर्वक पुरा गर्दै यहाँसम्म आएको छु ।” पार्टीका तीन केन्द्रिय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले अध्यक्षको दावी छाडेपछि खत्री प्रदेश अध्यक्षको बलियो दावेदारीमा देखिएका हुन् । खत्रीले नेतृत्व गर्ने जिम्मेवारी दिन आव्हान गर्दै प्रदेश पार्टीलाई विचार र संगठन दुवै दृष्टिकोणबाट नेतृत्व प्रदान गर्ने बताएका छन् । पार्टीको प्रदेश सदस्य खत्री, निरन्तर पार्टीको अग्रमोर्चामा रहेर काम गर्नेमा पर्दछन् । संविधानसभा सदस्यसमेत रहेका खत्रीले विगतमा केन्द्रिय जिम्म...
माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा मोहन खत्रीको पनि दावी

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा मोहन खत्रीको पनि दावी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, पुष १ माओवादी केन्द्र प्रदेश १ मा हाल सम्म नेतृत्वको टुँगो लाग्न सकेको छैन् । अध्यक्षको लागि दावेदार रहेको तिनै जना सहमतिको बाटोमा नरहेपछि कार्यदलै गठन समेत गरिएको थियो । हिजो दावी रहेका नेताहरुले दाबी छाडे सँगै उदयपुरका नेता तथा प्रदेश सदस्य मोहन बहादुर खत्री हेनरीले प्रदेश अध्यक्षमा आफ्नो पनि दावी रहेको जनाएको छ । खत्रीले आफ्नो अध्यक्षमा दाबी रहेको कुरा फेसबुक स्टाटस मार्फत जनाएको छ । उनले लेखेका छन, नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ को प्रथम अधिबेशनको पदाधिकारी चयन सम्बन्धि छलफलको क्रममा हिजो दाबी गरिरहनु भएका केन्द्रीय सदस्य कमरेडहरुले दाबी छोडेको अबस्थामा मेरो पनि अध्यक्ष पदको लागी दाबी रहेको छ। अब हामीले दाबी किन नगर्ने यो प्रदेशमा सिनियर क्याडर पनि हौ। जनयुद्धको प्रारम्भ देखि नै पुर्णकालिन भएर इतिहासले दिएको जिम्मेवारी निरन्तर पार्टीको अग्र मोर्चामा नै रहेर...
माओवादी केन्द्र प्रदेश नं १ ः पदाधिकारी टुंगो लगाउन नसकेपछि कार्यदल गठन

माओवादी केन्द्र प्रदेश नं १ ः पदाधिकारी टुंगो लगाउन नसकेपछि कार्यदल गठन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष, १ विराटनगरमा आज बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन । अध्यक्षको दौडमा रहेका पूर्व केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले समितिको पहिलो बैठकमा आफुहरु ‘ब्याक’ हटेको बताएका थिए । तीनै जना केन्द्रीय नेताले प्रदेशको अध्यक्ष पद छोड्ने सहमतिमा पुगेपछि नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडीले अध्यक्षमा दाबी गरेका छन् । दाबी गर्नेको संख्या अझै बढ्नसक्ने देखिएको छ । केन्द्रीय सदस्यहरु त्रयले बैठकको सुरुवातमै आफूहरुबीच नेतृत्वमा दाबी नगर्ने र प्रदेश सदस्यहरुकै बीचबाट नयाँ नेतृत्व चयनको बाटो खोल्ने सहमति गरेको बताएका थिए । उक्त प्रस्तवमा सबै सदस्यहरुले समर्थन गर्दै ताली बजाएका थिए । ...
माओवादी केन्द्र प्रदेश १ कमिटीमा उदयपुरका २१ जना निर्वाचित, अध्यक्षको लागि ३ जनाको दावी

माओवादी केन्द्र प्रदेश १ कमिटीमा उदयपुरका २१ जना निर्वाचित, अध्यक्षको लागि ३ जनाको दावी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २८ बिराटनगरमा भर्खरै सम्पन्न माओवादी केन्द्रको ऐतिहासिक प्रथम अधिवेशनमा उदयपुरबाट २१ जना नेता छानिएका छन् । उनिहरु प्रदेश नं १ अन्तर्गतका माओवादी केन्द्र कमिटीमा छानिएका हुन् । उदयपुरका माओवादी नेता यसअघिको प्रदेश कमिटी अध्यक्ष सुरेशकुमार राई (हिमाल) र प्रदेश सांसद नारायण बुर्जामगरसहित २१ जना समेटिएका छन् । २५९ कमिटी भित्र उदयपुरबाट २१ जना नेताहरु निर्वाचित भएको प्रदेश सदस्य तथा उदयपुर सहइन्चार्ज राजन किराती (बासु) ले बताए । नवगठित कमिटीमा उदयपुरबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका अन्य सदस्यहरुमा संविधानसभा सदस्यत्रय मोहन खत्री (दिपक) मणि खम्बु (रिवासी) र भेषकुमारी राउत (कोपिला) राजन किराती (बासु) भीम अधिकारी (अनिल) बिनोद कटुवाल (दिवस), सम्झना पाख्रीन (योद्धा) काजीमान तामाङ (जिज्ञासा) र द्रोण पौडेल ९निरज० छानिएका छन् । त्यस्तै दिलकुमारी मगर (चेतना) भगवति खनाल (निशा)...
९१ बर्षिया उपमेयर शान्ति कार्कीले दिईन कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवार

९१ बर्षिया उपमेयर शान्ति कार्कीले दिईन कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवार

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २५ ९१ बर्षिय शान्ति कार्कीले हालै भईरहेको नेपाली कांग्रेसको १४ औँ केन्द्रीय माहाधिवेशनमा केन्द्रीय सदस्यको पदको उम्मेदवार दिएकी छिन् । कार्की बिरगन्ज माहानगरापलिकाकी उपमेयर समेत हुन् । उनि उमेरले बृद्ध रहेपनि नेतृत्व र राजनितिकमा निकै सक्रिय छिन् । कार्कीले महिला खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् । स्वच्छ काङ्ग्रेस र महिला अधिकारको लागि आफूले उम्मेदवारी दिएको उपमेयर कार्कीको बताइन् । वीपीबाट प्रभावित भएर काङ्ग्रेसमा सक्रिय भएको उनको भनाइ छ ।...
माओवादी केन्द्र प्रदेश १ को अधिवेशन बिराटनगरमा सुरु, देशैभर प्रचण्डले गरे भर्चुअलमा उद्घाटन

माओवादी केन्द्र प्रदेश १ को अधिवेशन बिराटनगरमा सुरु, देशैभर प्रचण्डले गरे भर्चुअलमा उद्घाटन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २५ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश अधिवेशन देशैभर भईरहेको छ । पार्टी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले १ बजे भर्चुअल रुपमा देशैभरीको अधिवेशनलाई उद्घाटन गर्नुभयो । सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन सुरु भएको छ । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । प्रदेश नं १ को अधिवेशन १ बजे बाट बिराटनगरमा सुरु भएको छ । प्रदेशमा १ मा २५९, २ नम्बर प्रदेशमा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् । सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् ...
उदयपुरका दुई नेतृलाई अनेमसंघको सम्मान

उदयपुरका दुई नेतृलाई अनेमसंघको सम्मान

राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २२ अखिल नेपाल महिला संघ (अनेमसंघ) उदयपुरले नेकपा एमालेका दुई नेतृलाई सम्मान गरेको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर अनेमसंघले पर्यटकिय क्षेत्र चितवनमा सम्पन एमालेको १० औँ महाधिवेशनबाट निर्वाचित उदयपुरका केन्द्रिय सदस्यद्धय मन्जुकुमारी चौधरी र अम्बिका थापालाई सम्मान गरेको हो । दुबै जना अनेमसंघको केन्द्रिय कमिटीका सचिवालय सदस्य हुन् । यसअघि केन्द्रिय कमिटी सदस्य रहेकी चौधरी संबिधानसभा सदस्य एवंम पुर्वसहरी विकास राज्य मन्त्री हुन् भने थापा प्रदेश नम्बरर १ की वर्तमान सांसद हुन् । अनेमसंघले पार्टी कार्यालय पुरानोगाईघाटमा कार्यक्रमको आयोजना गरी फुल, खादा र दोसल्ला ओढाएर सम्मान गरेको हो । बिषम परिस्थितिमा थुप्रै प्रतिसपर्धिको भिडमा उदयपुरबाट दुई जना महिला नै केन्द्रिय कमिटीमा पर्न सफल भएको खुशीयालीमा सम्मान गरिएको आयोजक कमिटी अध्यक्ष महेश्वरी राईले बत...
प्रदेश १ सम्मेलनको लागि माओवादी केन्द्रको तिब्र तयारी

प्रदेश १ सम्मेलनको लागि माओवादी केन्द्रको तिब्र तयारी

Breaking News 1, राजनीति, समाचार
अर्जुन आचार्य मोरङ, पूर्णपुष्टि, मंसिर २२ आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल)का अनुसार सम्मेलनमा १ हजार १ सय ४० जना प्रतिनिधि तथा स्वयंसेवक गरी १५ सयको सहभागीता हुनेछ । सम्मेलनको लागि प्रदेशका १३७ स्थानीय तहबाट पार्टी सदस्य संख्याको आधारमा पालिकाहरूबाट ६ सय प्रतिनिधि चयन भइसकेका छन् । माओवादी केन्द्रले सबै स्थानीय तहबाट न्युनतम् ३ जना पर्नेगरि ५०० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छानेको हो ।  सम्मेलनमा आयोजक समितिका ९७ जना, जेष्ठ कम्युनिष्ट मञ्च प्रदेश १ बाट ८० जना, प्रदेश सल्लाहकारहरु सय जना र विभागबाट ३२ जना सहभागी हुनेछन् । प्रदेशका प्रतिनिधिको कुल १० प्रतिशत अर्थात ९१ जनालाई प्रदेश आयोजक समितिले मनोनित गर्नेछन् । सम्मेलनमा केन्द्रीय...