Sunday, August 30News That Matters

राजनीति

उदयपुरमा २३ गतेदेखि हुन लागेको एमाले अधिवेशनका लागि बस्नेत प्यानलको नामावली सार्वजनिक

उदयपुरमा २३ गतेदेखि हुन लागेको एमाले अधिवेशनका लागि बस्नेत प्यानलको नामावली सार्वजनिक

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २१ उदयपुरमा नेकपा एमाले अधिवेशनका लागि जिल्ला सदस्य कुशलबाबु बस्नेतको नेतृत्वमा एउटा प्यानल निर्माण भएको छ । यहीँ पुष २३ देखि २५ गते सम्म तोकिएको नेकपा एमाले जिल्ला अधिवेशनका लागि निर्माण भएका बस्नेत प्यानलको नामावली सार्वजनिक भएको हो । जसअनुसार बस्नेत नेतृत्वको प्यानलमा सिर्जना दनुवार, खड्ग परियार, दुर्गानन्द चौधरी, भरत थापा, राजेन्द्र राई, नारद निरौला, बिष्णु मुरी, जिवनाथ दाहाल, खगेन्द्र राष्कोटी र तामेन्द्र राईको नाम रहेको छ । त्यसैगरी, सो प्यानलमा किशोर ताम्राकार, डिल्लि मगर, सन्तोष बस्नेत, बिक्रम गिरी, शिव रेग्मी, राजेन्द्र कटुवाल, मणिका दुलाल, सुमन चौधरी, प्रकाश राउत, खेत बहादुर आले, चक्र तामाङ, सानु राउत, बोद बहादुर थापा, कुमारी ज्यु ठकुरी र बिरु कायस्थको नाम पनि चयन भएको छ । यसैगरी, उक्त प्यानलमा भुवन गिरी, मुकेश थापा, योगेन्द्र खड्का, यादव राई, डिकबहादुर राउत,...
माओवादी केन्द्रमा फेरी प्रचण्डकै नेतृत्व

माओवादी केन्द्रमा फेरी प्रचण्डकै नेतृत्व

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष १९ माओवादी केन्द्रको अध्यक्षमा फेरी प्रचण्डले नै नेतृत्व पाएको छ । केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई निर्विरोध पार्टी अध्यक्षमा चयन गरेको हो । अहिलेको परिपेक्ष र आवश्यकता अनुसार प्रचण्डनै उत्तम नेतृत्व रहेको भन्दै छलफल पश्चात पार्टी अध्यक्षको जिम्मा प्रचण्डलाई दिईएको माओवादीका नेताहरुले जनाए । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै प्रचण्डकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प माओवादी पार्टीको रहेको नेता नाराण काजी श्रेष्ठले बताए । श्रेष्ठ आफैले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गर्दै प्रचण्डलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।  ...
उदयपुरका सुरेश कुमार राई र मणि खम्बु माओवादी केन्द्रीय सदस्यमा निर्वाचित

उदयपुरका सुरेश कुमार राई र मणि खम्बु माओवादी केन्द्रीय सदस्यमा निर्वाचित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष १९ उदयपुरका माओवादी नेता तथा सांसद सुरेश कुमार राई (हिमाल) र अर्का नेता मणि खम्वु माओवादी केन्द्रको केन्दीय सदस्यमा निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौँ माहाधिवेशनले उदयपुर बाट राई र खम्वुलाई केन्दीय सदस्यमा निर्वाचित गरेको हो । पार्टीका केन्द्रीय अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नामा हिजो मात्रै घोषणा गरेका थिए । केन्द्रीय समितिको लागि खुल्लातर्फ १५४ जना र समावेशीतर्फ १५४ जनाको कोटा थियो । सम्मेलनले खुल्लातर्फ १११ जनालाई निर्वाचित गरेको छ । यस्तै समावेशीतर्फ १२५ जना निर्वाचित भएका छन् । अब खुल्लातर्फ ३४ जना र २९ जना मनोनयन गरिनेछ ।...
एमाले उदयपुर जिल्ला अधिवेशनको लागि भोली बाट प्रतिनिधि चयनको काम हुने

एमाले उदयपुर जिल्ला अधिवेशनको लागि भोली बाट प्रतिनिधि चयनको काम हुने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, पुष १६ नेकपा एमाले जिल्ला कार्य समिति उदयपुरले ८ औँ जिल्ला अधिवेशनका लागि भोली बाट प्रतिनिधि चयनको काम अगडी बढाउने जनाएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला अधिवेशन भव्य सफल बनाउन भोली अर्थात शनिवार बाट प्रतिनिधि चयनको काम गरिने कमिटी अध्यक्ष ईश्वरमणी राउतले बताए । राउतले करिब ७ सय जनाको हाराहारीमा प्रतिनिधि चयन गर्ने जनाएको छ । जिल्लाभरी रहेको ७५ ओटा वडाहरुमा र ८ ओटा पालिकाहरुमा २० जनाको संख्या आधारमानी ३÷३ जनाको दरले प्रतिनिधि चयन हुने छ । जस्मा १ जना महिला अनिवार्य गरिएको छ । यता उत्पिडित समाज र अन्य पार्टी बाट प्रवेश गरेकाहरुलाई पनि १÷१ जना प्रतिनिधि हुने गरी कार्यक्रम तयारी गरिएको जनाएको छ ।  ...
एमालेको आठौँ जिल्ला अधिवेशनको उदयपुरमा भव्य तयारी हुँदै, ७ सय प्रतिनिधि रहने

एमालेको आठौँ जिल्ला अधिवेशनको उदयपुरमा भव्य तयारी हुँदै, ७ सय प्रतिनिधि रहने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष १६ नेकपा एमालेको यहि पुष २३ देखी देशैभर आठौँ जिल्ला अधिवेशन हुँदैछ । सोहि अधिवेशनका लागि दशैभरका जिल्लाहरुले कार्यक्रमको पूर्ण तयारी थालेको छ । उदयपुरमा पनि अधिधवेशनका लागि बिभिन्न कामहरुको तयारीलाई तिव्र बढाईको जनाईको छ । शुक्रबार गाईघाटको ड्रिमल्याड होटलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ईश्वरमणी राउतले जिल्लामा अधिवेशनको भव्य तयारी भईरहेको जनाए । पार्टीले अधिवेशनका लागि जिल्लाको ८ पालिका बाट ७ सय हाराहारीमा प्रतिनिधि तयार गर्ने समेत जनाएको छ । जिल्लामा पार्टी अधिवेशनका लागि ७ सय प्रतिनिधिका रहने गरी काम थालिएको जनाए । जिल्लामा रहेको ७५ ओटा वडालाई भुगोल मान्दै प्रत्येक वडा बाट ३ जनाको दरले प्रतिनिधि चयन गरीने कार्यक्रममा जनाईएको छ । तिन जनालाई २० जनाको संख्या निर्धारण गरी प्रतिनिधि तयार गरिने जनाएको छ । यता पालिका बाट पनि ३ जना प्रतिनिधि बन्ने छ । त्यस...
संसदीय ब्यवस्थालाई फोहोरको डंगुरको संज्ञा दिदै बजार र प्रशासनमा सरसफाई

संसदीय ब्यवस्थालाई फोहोरको डंगुरको संज्ञा दिदै बजार र प्रशासनमा सरसफाई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि (उदयपुर) पुस ११ नेपाल कम्युनिस्ट पार्टी (विप्लब समुह) निकट युवा संगठन नेपालको जनमत संग्रहका लागि संगठन सदृढ तथा विस्तार अभियानको क्रममा सरसफाई कार्यक्रम गरेको छ । देशभरबाट प्रतिनिधिमुलक ढंगले उदयपुरको सदरमुकाम गाईघाटमा जम्मा भएका संगठन आवद्ध युवाहरुले आज गाईघाट बजार र सरकारी कार्यालयहरुमा सरसफाई गरेका हुन् । उनीहरुले संसदीय ब्यवस्थालाई राजनीतिक फोहोरको ढंगुरको संज्ञा दिदै जिल्ला प्रशासन कार्यालय उदयपुर लगायतका सरकारी कार्यालयहरु र बजार सफाई गरेका थिए । पार्टी र नेपालको राष्ट्रिय झण्डासहित रातो पोशाकमा सफाईमा उत्रिएका उनीहरुले संसदीय ब्यवस्थाको विरुद्ध नाराबाजीसमेत गर्दै सफाईमा खटिएका थिए । सरसफाईमा संकलन भएका फोहोरलाई नगरपालिकाको ट्याक्टर र ट्रकबाट विसर्जन गरेका थिए । १२९ औं माओ जयन्तीको अवसर पारेर गरिएको सरसफाई वातावरण स्वच्छ बनाउन र फोहोरी राजनीतिलाई सम्ल्याउने सन्देश...
आज क्रिसमस्डे, ईसाई धर्मलम्वीहरुले भव्य रुपमा मनाउँदै

आज क्रिसमस्डे, ईसाई धर्मलम्वीहरुले भव्य रुपमा मनाउँदै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष १० आज नेपालमा पनि क्रिसमस डे भव्य रुपले मनाईँदैछन् । इसाई धर्मलम्वीहरुले बिषेश रुपमा मनाउँने यो चाँड बिभिन्न कार्यक्रमको आयोजनामा मनाउने तयारी भईरहेको छ । इसाई धर्मका समुदायहरुले यस चाँडलाई बिषेश गरी मनाउने गर्छ । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको भन्दै यस चाँडलाई ईसाई धर्मलम्वी ख्रिष्टियनहरुले ठुलो बिश्वासको रुपमा मनाउने गर्छन् । मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको क्रिश्चियन सामुदायका भनाई छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महोत्सवका रूपमा मनाउने था...
उदयपुरका शिक्षक र कर्मचारीसहित २३ जनाको सक्रियता राजनीतिमा, कारवाहीको माग गर्दै उजुरी पर्यो

उदयपुरका शिक्षक र कर्मचारीसहित २३ जनाको सक्रियता राजनीतिमा, कारवाहीको माग गर्दै उजुरी पर्यो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष ८ उदयपुरका शिक्षक र कर्मचारीको सक्रियता राजनीतिमा रहेको उजुरी परेको छ । १८ शिक्षक र पाँच जना कर्मचारी गरी २३ जना विरुद्ध उजुरी परेको हो । सक्रिय राजनीति गर्नेमा सरकारी विद्यालयका हेडमास्टरदेखि राहत शिक्षकसम्म रहेका छन् । उजुरीमा परेका शिक्षकहरु मध्ये दुई हेडमास्टरहरु मुख्य पदमा निर्वाचित छन् भने अन्य प्रदेश तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यमा निर्वाचित भएका छन् । उदयपुरगढी गाउँपालिका अन्तर्गत माध्यामिक विद्यालय जलकेनीका प्रधानाध्यापक खेसबहादुर मगर नेपाली कांग्रेसको उदयपुर निर्वाचन क्षेत्र २ अन्तर्गत प्रदेश क को सभापतिमा निर्वाचित भएका छन् । त्रियुगा नगरपालिका अन्तर्गत आधारभुत विद्यालय असारीका प्रधानाध्यापक केशब घिमिरे त्रियुगा नगर कमिटिको अध्यक्षमा निर्वाचित भएका छन् । मावि जलकेनीका प्रअ मगरले राजीनामा दिइसकेका छन् भने घिमिरेले अझै दिएका छैनन् । लिम्चुङबु...
नेकपा माओवादी केन्द्र १ नं. प्रदेशमा मिक्सो अध्यक्ष

नेकपा माओवादी केन्द्र १ नं. प्रदेशमा मिक्सो अध्यक्ष

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुस ८ । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटिको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचत भएका छन् । उनले निर्वाचन प्रक्रियाबाट अध्यक्षमा विजय हाँसिल गरेका हुन् । हिजो नौ पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० मत खसेको थियो । जसमा विजयी मिक्सोले १६९ मत प्राप्त गरे । उनका प्रत्याशी मुक्साहाङ मेन्याङ्वोले ६४ मत ल्याए । अध्यक्षमा ७ मत बदर भएको थियो । तीन जना उपाध्यक्षहरुमा मणीकुमार साम्पाङ, देवान चामलिङ र शिवकुमार डाँगी विजयी भएका छन् । सचिवमा गणेश उप्रेती (सुशिल) विजयी भएका छन् । तीन सहसचिवहरुमा कुमारी राई, सागर किराँती, ऋषीराम ढुंगाना विजय भएका छन् भने कोषाध्यक्षमा रेवतराज पुरी विजयी भएका छन् ।...
एमसीसी अमेरीका–चिन बिच युद्ध मैदानको रणनीति  : माओवादी मजदुर

एमसीसी अमेरीका–चिन बिच युद्ध मैदानको रणनीति : माओवादी मजदुर

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, पुष ७ माओवादी मजदुर पार्टी केन्द्रीय तदर्थ समितिले एमसीसी सड्यन्त्रकारी एजेन्डा रहेको जनाएको छ । नेपाली जनताहरुको हित विपरित सम्झौताको प्रयास रहेको एमसीसी प्रति माओवादी मजदुर पार्टीले पूर्ण बिरोध गर्दै आएको जनाए । उनिहरुले नेपालमा एमसीसी युद्ध मैदानको रुपमा परिणत हुने समेत संकेत गरेको छ । पार्टीको प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ, नेपाल जस्तो स्वतन्त्र र असल देशमा एमसीसी जस्तो हस्तक्षेप र राष्ट्रघातको सँधै बिरोध गर्नेछौँ । पार्टीले एमसीसीलाई अमेरीकाको राष्ट्रघाट षड्यन्त्रकारी रणनैतिकको आरोप समेत लगाएको छ । पार्टी केन्द्रीय माहासचिव हिमाल सिंह राईको हस्ताक्षर बिज्ञाप्तीमा एमसीसी ख्यारेजको माग गर्दै राष्ट्र रक्षाको लागि एमसीसी बिरुद्ध पार्टी संघर्षमा उत्रिने चेतावनी दिँदै सरकारलाई चुनौती समेत दिएको छ ।...