माओवादी केन्द्र प्रदेश नं १ ः पदाधिकारी टुंगो लगाउन नसकेपछि कार्यदल गठन
पूर्णपुष्टि, पुष, १
विराटनगरमा आज बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन । अध्यक्षको दौडमा रहेका पूर्व केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले समितिको पहिलो बैठकमा आफुहरु ‘ब्याक’ हटेको बताएका थिए ।
तीनै जना केन्द्रीय नेताले प्रदेशको अध्यक्ष पद छोड्ने सहमतिमा पुगेपछि नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडीले अध्यक्षमा दाबी गरेका छन् । दाबी गर्नेको संख्या अझै बढ्नसक्ने देखिएको छ ।
केन्द्रीय सदस्यहरु त्रयले बैठकको सुरुवातमै आफूहरुबीच नेतृत्वमा दाबी नगर्ने र प्रदेश सदस्यहरुकै बीचबाट नयाँ नेतृत्व चयनको बाटो खोल्ने सहमति गरेको बताएका थिए । उक्त प्रस्तवमा सबै सदस्यहरुले समर्थन गर्दै ताली बजाएका थिए । ...








