Saturday, September 5News That Matters

राजनीति

त्रियुगाका नवनिर्वाचित मेयर बस्नेत भाकल पुरा गर्न खोटाङ पुगे

त्रियुगाका नवनिर्वाचित मेयर बस्नेत भाकल पुरा गर्न खोटाङ पुगे

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २१ गते । उदयपुरको त्रियुगा नगरपालिकाका नवनिर्वाचित मेयर बसन्त बस्नेत आफ्नो भाकल पुर गर्नका लागि खोटाङका शक्तिपीठहरुमा मपुगेका छन् । नगरको मेयर हुन पाउँ भनि शक्तिपीठहरुमा गरेको भाकल पुरा गर्न बस्नेत खोटाङका विभिन्न स्थानहरुमा पुगेका हुन् । बस्नेतको आफनो पुख्यौली थलो सापातेल लगाएतका स्थानमा पुगेर भाकल बुझाउने पारिवारिक श्रोतले जनाएको छ । विहीबार निजी सवारी साधनमा गाईघाटबाट हिडेका बस्नेतले कटारी, घुर्मी हुदै हलेसी महादेवको दर्शन, दिक्तेल रुपाकोट मझुवागढी स्थित कालिका भगवतीको दर्शन गरिसकेका छन । विजयी हुने वित्तिकै खप्तरी बस्नेतको कुल मन्दिरमा पुगेका मेयर बस्नेत सोमबार सम्म नगरपालिका फर्कने बुझिएको छ ।...
कटारी नगरकार्यपालिकाको चुनावमा आठौँ जना एमालेका उम्मेदवार विजयी

कटारी नगरकार्यपालिकाको चुनावमा आठौँ जना एमालेका उम्मेदवार विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ २१ उदयपुरको कटारी नगरकार्यपालिकाको चुनावमा एमालेका आठ जना उम्मेदवारहरु विजयी भएका छन । आज भएको निर्वाचनमा महिला सदस्यतर्फ एमालेबाट चुनाव लडेका देवी कुमारी घिमिरे, भगवती अधिकारी, सम्झना मगर, गिता कुमारी गिरी र मेलिना श्रेष्ठ विजयी भएका छन । यस्तै दलित अल्पसङख्यक सदस्यतर्फपनि एमालेकै मन्जु कुमारी राई दनुवार, हेम कुमारी विश्वकर्मा र जितेन्द्र रसाईली विजयी भएका छन । नगरकार्यपालिकाको चुनावमा एमाले विजयी भएसँगै काटारी नगरपालिकामा एमालेले बहुमत पुर्याएको छ भने मेयर जितेको गठबन्धनभने अल्पमतमा परेको छ ।...
अष्ट्रेलियाका मन्त्रीद्वारा सपथ ग्रहण

अष्ट्रेलियाका मन्त्रीद्वारा सपथ ग्रहण

Breaking News 3, राजनीति, समाचार, संसार
काठमाण्डौँ, जेष्ठ १८ अष्ट्रेलियाका नवनियुक्त मन्त्रीहरूलाई बुधबार सपथ खुवाइएको छ । लेबर पार्टीका नेता एन्थोनी अल्बानी नेतृत्वको मन्त्रिपरिषद्‌मा रहेका ३० जनालाई “गभर्नर जनरल” डेभिड हुर्लीले सपथ खुवाउनु भएको हो । क्यानबेरामा रहेको “गभरमेन्ट हाउस”मा प्रधानमन्त्री अम्बानीको रोहबरमा उहाँले मन्त्रीहरूलाई सपथ खुवाउनु भएको जनाइएको छ । अष्ट्रेलियामा नवगठित ३० सदस्यीय मन्त्रिपरिषद्लाई मुख्यगरी तीन प्रकारले ऐतिहासिक मन्त्रिपरिषद् मानिएको छ । मन्त्रिपरिषद्‌मा अहिलेसम्मकै सबैभन्दा धेरै १३ जना महिला मन्त्री हुनु, आदिवासी महिला पहिलो पटक मन्त्री बन्नु र मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व हुनुले यस मन्त्रिपरिषद्लाई ऐतिहासिक मानिएको हो । आदिवासी समुदायका महिला मध्ये लिन्दा बर्नी पहिलो मन्त्री बन्नु भएको छ । अष्ट्रेलियामा यसअघि आदिवासी समुदायबाट कुनै महिला मन्त्री बनेका...
त्रियुगाको मेयरलाई शपथ सँगै जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण

त्रियुगाको मेयरलाई शपथ सँगै जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १८ गते । उदयुरको त्रियुगा नगरपालिकाका नवनिर्वाचित मेयर बसन्त बस्नेतले आज बुधवार शपथ ग्रहण गरेका छन् । २०७९ साल वैशाख ३० गतेको स्थानीय तहको निर्वानमा काँग्रसबाट मेयर पदमा अत्याधीक मत ल्याएर विजयी भएका बस्नेतले कर्मचारी मिल केन्द्र बोक्सेमा शपथ ग्रहण गरेका हुन् । उदयपुर जिल्ला अदालतका मुख्य न्यायधिस उत्तम सिलुवालले त्रियुगाका मेयर बस्नेतलाई शपथ ग्रहण गराएको होे । मुख्य निर्वाचन अधिकृत कार्यालयको आयोजनामा शपथ ग्रहण कार्यक्रमसँगै नवनिर्वाचित जनप्रतिधिहरुलाई प्रमाण पत्र वितरण गरेको छ । नगरका मेयर उप–मेयर,पालिका अध्यक्ष तथा वडाका अध्यक्ष र सदस्यहरु सबैलाई प्रमाण पत्र वितरण गरिएको हो ।...
एमाले उदयपुरका जिल्ला सदस्य दुर्गा श्रेष्ठले दिए पार्टीबाट राजिनामा

एमाले उदयपुरका जिल्ला सदस्य दुर्गा श्रेष्ठले दिए पार्टीबाट राजिनामा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १६ । नेकपा एमाले उदयपुरका जिल्ला कमिटि सदस्य दुर्गा श्रेष्ठले आज पार्टीबाट राजिनामा दिएका छन् । उनले स्थानीय चुनावमा पार्टीलाई जिल्लाको स्थानीय तहहरुको मुख्य पदमा पार्टीलाई जिताउन नसकेको भन्दै राजिनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा जिम्मेबारपूर्ण नारा, सपथ र मूल अभिष्ट “मेरो वडा म जिताउँछु” विजयको साकार नजितामा पुर्याउन पूर्ण इमानदारीता,कटिबद्धता, रणकैशलता, आर्थिक, हार्दिक, राजनैतिक निष्ठा दाउमा लगाइ इमानदारीताका साथ चुनावमा उत्रियता पनि पार्टीका उम्मेदवारलाई प्रमुख पदमा ल्याउन नसकेका राजिनामा पत्र मार्फ श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उप–प्रमुखबाहेक आफ्नो वडामा समेत नगर प्रमुख र वडाध्यक्ष विजयी गराउन नसकेकोले कमिटि सदस्य पदबाट राजिनामा दिएको घोषणा गरेको हो ।...
ह्याव्वी मतले त्रियुगाको प्रमुख र उपप्रमुख विजयी

ह्याव्वी मतले त्रियुगाको प्रमुख र उपप्रमुख विजयी

Breaking News 1, राजनीति, समाचार
उदयपुर, जेठ १६ गते । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेस र उपप्रमुखमा नेकपा एमालेको जीत भएको छ । प्रमुखमा काङ्ग्रेसको बसन्त बस्नेत र उपप्रमुखमा एमालेकी महेश्वरी राईको जीत भएको हो । प्रमुख र उपप्रमुख दुबै पद ह्वाब्बी मतले विजयी भएका हुन् । काङ्ग्रेसका बस्नेतले १३ हजार ९५९ मतका साथ विजय हाँसिल गरेका छन् । उनको निकटतम् प्रतिद्वन्द्वि नेकपा एमालेको भागवत राउतलाई २०८६ मतले पछि पार्दै बस्नेतले जीत हाँसिल गरेका हुन् । एमालेको राउतले ११ हजार ८७३ मत प्राप्त भएको छ । गठबन्धनतर्फको नेकपा (एकिकृत समाजवादी) को बलदेव चौधरीको तेस्रो मत ९ हजार १४७ रहेको छ । उपप्रमुखमा एमालेकी राईले १३ हजार ७०३ मत प्राप्त गरी जीत हाँसिल गरेकी हुन् । निकटतम प्रतिद्वन्द्वि काङ्ग्रेसकी सरिता राईलाई १७२२ मत अन्तरले पछि पार्दै विजयी भएकी हुन् । काङ्ग्रेसकी राईको ११ हजार ९८१ मत प्राप्त छ । गठबन्धनबाट नेकपा...
प्रदेश १ मा बजेट अधिवेशन सुरु

प्रदेश १ मा बजेट अधिवेशन सुरु

Breaking News 2, राजनीति, समाचार
काठमाडौं, जेठ १६ । प्रदेश नं १ प्रदेशसभाको १०औँ तथा बजेट अधिवेशनको पहिलो बैठक आजदेखि सुरु भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९÷८० को विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकता पेश गर्नुभयो । मुख्यमन्त्री राजेन्द्रकुमार राईले संसदीय व्यवस्थालाई सुदृढ एवं संस्थागत गर्न प्रतिपक्ष दलका नेताले सदनमा रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले यातायातका क्षेत्रमा र विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको चर्चा गर्दै उदासीन तथा सूचनाको अभावमा प्रतिपक्ष दलका नेताहरुले अभिव्यक्ति दिनु उचित नहुने उल्लेख गर्नुभयो मुख्यमन्त्री राईले अहिलेको सरकार सिँगारिएको जस्तो नभएर यथार्थपरक रहेको चर्चा गर्नुभयो । आफ्नो आर्थिक क्षमताभन्दा बाहिर गएर ल्याएको योजनालाई सम्पन्न गर्न वर्तमान सरकार स्रोत र बजेटको व्यवस्थापनमा लागेको उल...
१० नं. वडामा चिठ्ठाबाट टुङ्गो लगाइने

१० नं. वडामा चिठ्ठाबाट टुङ्गो लगाइने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १६ । उदयपुरको त्रियुगा नगरपालिकाको १० नं. वडाको वडाध्यक्ष पदमा बराबरी मत आएपछि अव चिठ्ठा प्रणालीबाट अन्तिम टुङ्गो लगाउने भएको छ । रुख र सुर्यमा बराबरी मत १०५३/१०५३ आएको हो । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन बसेको छलफलले चिठ्ठाबाट टुङ्गो लगाउने निर्णय गरेको जानकारी आएको छ । मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालका अनुसार मत बराबरी भएमा चुनावी नियमानुसार गोलाप्रथाबाट अन्तिम टुङ्गो लगाइनेछ । सो वडाको हकमा पनि त्यहि गरिने मुख्य निर्वाचन अधिकृत सिलुवालको भनाइ छ । वडाध्यक्षमा काङ्ग्रेसको प्रकाश खड्का र एमालेको किरण पाण्डेबीच टक्कर मत चल्दै आएकोमा अन्तिममा पनि बराबरी भएको हो ।...
त्रियुगा १० मा रुख र सुर्यको अन्तिम मत बराबरी

त्रियुगा १० मा रुख र सुर्यको अन्तिम मत बराबरी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १६ । उदयपुरको त्रियुगा नगरपालिकाको १० नं. वडाको वडाध्यक्ष पदमा रुख र सुर्यमा बराबरी मत १०५३/१०५३ आएको छ । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउने विकल्पको खोजी भइरहेको छ । वडाध्यक्षमा काङ्ग्रेसको प्रकाश खड्का र एमालेको किरण पाण्डेबीच टक्कर मत चल्दै आएकोमा अन्तिममा पनि बराबरी भएको हो ।
त्रियुगा १२ मा काङ्ग्रेसका चुडाराज काफ्ले विजयी

त्रियुगा १२ मा काङ्ग्रेसका चुडाराज काफ्ले विजयी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १६ । उदयपुरको त्रियुगा नगरपालिकाको १२ नं. वडाको वडाध्यक्षमा नेपाली काङ्ग्रेसको चुडाराज काप्mलेले प्यानलै विजयी हाँसिल गरेका छन् । उनले ४३९ मत लिएर विजयी हाँसिल गरेका हुन् । उनले एमालेका रमेश राउत क्षत्रीलाई ३१ मत अन्तरमा पछि पार्दै जीत हाँत पारेका हुन् । क्षत्रीलाई ४०८ मत प्राप्त भयो भने वडामा गठबन्धनतर्फको नेकपा (एकिकृत समाजवादी) का नविनकुमार बान्तवा राईलाई तेस्रो मत ४०४ प्राप्त भयो । वडाको खुल्ला सदस्यहरुमा काङ्ग्रेसको लक्ष्मी नारायाण चौधरी र दिलसेर अलिमिया विजयी भएका छन् । महिला सदस्यमा काङ्ग्रेसकी अनिता थापा र दलित महिला सदस्यमा काङ्ग्रेसकै रामकली विश्वकर्मा विजयी बनेका छन् ।...