Friday, June 12News That Matters

राजनीति

उदयपुरमा अनेरास्ववियुको समानान्तर कमिटी गठन

उदयपुरमा अनेरास्ववियुको समानान्तर कमिटी गठन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार २७ एमाले निकट अनेरास्ववियु उदयपुरमा विवाद बढ्दै गएको छ । हिजो भएको १६ औँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलले एकलौटी ढंङगले आफु निकटको लागि अगाडी सार्दै संगठनमा योगदान दिएकालाई वाईपास गरेसँगै विवाद बढेको हो । असन्तुष्ट पक्षले हिजो अधिवेशन वहिस्कार गर्दै कार्यक्रम स्थल होटल टाउनहलमा कुर्सि माईक समेत तोडफोड गरेका थिए । विवादका विच प्रवेश ठकुरीको अध्यक्षतामा अनेरास्ववियुको जिल्ला कमिटी घोषणा गरिएको थियो । प्रवेश ठकुरीको अध्यक्षतामा जिल्ला कमिटी घोषणा भएपछि असन्तुट समूहले समानान्तर समितिी गठन गरेको छ ।...
त्रियुगाको २ नं. वडामा सार्वजनिक सुनुवाई सम्पन्न

त्रियुगाको २ नं. वडामा सार्वजनिक सुनुवाई सम्पन्न

Breaking News 2, राजनीति, शिक्षा, समाचार
पूर्णपुष्टि, असार २७ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. २ मोतियाहीको सार्वजनिक सुनुवाई कार्यक्रम आइतवार सम्पन्न भएको छ । नगरको आयोजना तथा सुशासनका हिमायती (जी क्यू) को सहजिकरणमा करिब ७० जनाको उपस्थिती बीच सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सुनुवाई कार्यक्रमको उद्घाटन नव निर्वाचित उप–मेयर महेश्वरी राईले ब्यानर बढेर गर्नुभएको थियो । सहभागीता, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वका लागि आर्थिक वर्ष २०७८/७९ का कामबाट नागरिक सन्तुष्ट छ छैन् विश्लेषण गर्न सुनुवाई कार्यक्रम गरिएको हो । सुनुवाई कार्यक्रममा जी क्यूका अध्यक्ष भरत खड्काले वडाबाट संकलन गरिएको नागरिक अभिमत प्रतिवेदन प्रस्तुत गर्नुभयो । गुनासा सुनाउने क्रममा कृषकहरु अत्यधिक मारमा परेको र समयमा कृषीजन्य मल, विउविजन नपाईएको स्थानीय लिल बहादुर वोगटीले बतानुभयो । उनका अनुसार कृषि सहकारी संस्थामा बीउ भएको तर कृषकले बीउ नपाएको ब...
रौतामाईको गाउँसभा अधिवेशन शुरु

रौतामाईको गाउँसभा अधिवेशन शुरु

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, अषार ११ जिल्लाको रौतामाई गाउँपालिकाको गाउसभाको अधिवेशन आजबाट शुरु भएको छ । उक्त अधिवेशनमा गा.पा. अध्यक्ष विरेन्द्र मगरले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन । गाउँसभामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यसहित कार्यपालिका सदस्य समेतको सहभागिता हुन्छ । नेपालको संविधान अनुशार स्थानीय तहले अषार १५ भित्र नीति तथा कार्यक्रम पास गरिसक्नुपर्छ ।...
उदयपुरमा धमाधम गाउँ/नगर सभा हुदै

उदयपुरमा धमाधम गाउँ/नगर सभा हुदै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार १० । उदयपुर मा स्थानिय तहको अधिबेशन सुरु उदयपुर जिल्लाका अधिकान्स पालिकाको अधिबेशन आजबाट प्रारम्भ भएको छ । त्रीयुगा, कटारी नगरपालिकाको नगरसभा तथा ताप्ली र लिम्चुङबुङ गाउपालिकाको गाउसभा सुरु भएको हो । सभाले नगरको प्रस्तावित नीति तथा कार्यक्रम पारित गर्नेछ । सभामा पालिका प्रमुख ,उपप्रमुख, वडाध्यक्ष, वडासदस्य सहित कार्यपालिका सदस्य सहभागी हुन पाउने कानुन ब्यबस्था छ । नेपालको सम्बिधान अनुशार असार १५ गतेभित्र स्थानिय तहले नीति तथा कार्यक्रम पास गरिसक्नु पर्छ ।...
उदयपुरमा विप्लवद्धारा एसपिपिको विरोध प्रदर्शन

उदयपुरमा विप्लवद्धारा एसपिपिको विरोध प्रदर्शन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असार ३ गते । उदयपुरमा विप्लवद्धारा एमसिसिको विरोध प्रदर्शन भएको छ । नेपालले अमेरिकासँग गर्न लागिएको भनिएको स्टेट पाट्नरसिप प्रोग्राम (एसपिपि) राष्ट्रघाती भएको भन्दै विप्लप समुहले जिल्लामा प्रदर्शन गरेको हो । सो पार्टीको कार्यालयबाट शुरु भएको प्रदर्शन सदरमुकाम गाईघाटको पिपलचोकमा आएर कोणसंभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागिले एसपिपि सम्झौता गरिए नेपालमा अमेरिकी सेना आउने भन्दै उक्त सम्झौत गर्ननहुने भन्दै नाराबाजी गरेको थियो । यो पार्टीले विगतमा पनि एमसिसि लगाएतका परियोजनालाई राष्ट्रघाती भन्दै विरोध गरेको थियो ।...
त्रियुगामा कार्यपालिका सदस्यहरुले लिए सपथ

त्रियुगामा कार्यपालिका सदस्यहरुले लिए सपथ

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ३१ गते । त्रियुगा नगरपालिकाका नव निर्वाचित कार्यपालिका सदस्यहरुले सपथ लिएको छ । आज मंगलबार त्रियुगा नगरपालिकाको सभाहलमा मनोनित तथा निर्वाचित सदस्यहरुलाई नगर प्रमुख मेयर बसन्त बस्नेतले सपथ ग्रहण गराएको हो । त्रियुगा नगर कार्यपालिकामा मेयर उपमेयरसहित २७ जना कार्यपालिका समिती निर्माण भएको छ । नगरमा १६ जना वडा अध्यक्ष, ६ जना निर्वाचित सदस्य, २ जना मनोनित सदस्य र मेयर उपमेयर, प्रशासकिय अधिकृतसहित २७ जना कार्यपालिका सदस्यमा रहेको छ ।...
संसदमै सांसदले मल खोजेपछि…

संसदमै सांसदले मल खोजेपछि…

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, जेष्ठ ३० खेतीपातीका समयमा सधैँ जस्तै यसपटक पनि रासायनिक मलको हाराहार भयो । नेपालमा रासायनिक मल कारखाना स्थापनाको बहस सुरु भएको पनि ४० वर्षभन्दा बढी भयो । जानकारका अनुसार त नेपालमा पञ्चायतकालमा नै मल कारखाना स्थापनाको विषयमा चर्चा र परिचर्चा भएको थियो । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको वृद्धि भएको दाबी पनि गरिएको छ । जेजस्ता दाबी गरिए पनि सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउन सकेको छैन । सरकारले प्रयास गरिरहेको भए पनि परिणाम हासिल नभएपछि काम गरेको प्रमाणित हुँदैन । नेपालमा मनसुन सुरु भइसकेको छ । खेतीपातीको मौसम सुरु भएको बेलामासमेत मल नपाएपछि किसान मात्रै होइनन्, राजनीतिक दल र सांसदलाईसमेत छोएको छ । प्रतिनिधिसभाको आजको बैठकसमेत त्यसैमा केन्द्रीत रह्यो । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आइतबार मात्रै सरकारलाई विशेष निर्देशन दिँदै तत्काल किसानलाई रासायन...
लिम्चुङबुङको पहिलो कार्यपालिका बैंठक : प्रभावकारी सेवामा जोड

लिम्चुङबुङको पहिलो कार्यपालिका बैंठक : प्रभावकारी सेवामा जोड

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २९ गते । लिम्चुङबुङ गाउँ कार्यपालिकाको पहिलो बैंठकले विभिन्न विषयगत समितिका संयोजक चयनसहित विविध निर्णय गरेको छ । जनताको कामलाई छिटो, छरितो र प्रभावकारी बनाउन संयोजक तोकिएको र कर्मचारी र सेवाग्राहीको हितलाई मध्येनजर गर्दै केही निर्णयहरु भएको पालिका अध्यक्ष मेजरकुमार राईले बताए । अध्यक्ष राईका अनुसार स्थानीय निर्वाचनमा जनप्रतिनिधि चयन गर्ने काममा सरिक पालिकाबासी सबैलाई धन्यवाद ज्ञापन गर्दै सुरु भएको बैंठकले विषयगत समितिको संयोजक तथा निर्णयहरु सर्बसहमत गरेको हो । भौतिक पूर्वाधार विकास समितिको संयोजकमा ३ नं. वडाध्यक्ष गुरुमणी कुमाई, सामाजिक विकास समितिको संयोजकमा २ नं. वडाध्यक्ष जितेन राई रहेका छन् । त्यस्तै आर्थिक विकास समितिको संयोजकमा कार्यपालिका सदस्य गणेश राई, सार्बजनिक सेवा प्रवाह, सुशासन तथा क्षमता विकास समितिको संयोजकमा ४ नंं वडाध्यक्ष क्षत्र राई, लेखा समिति संयोजकम...
त्रियुगाका नवनिर्वाचित मेयर बस्नेत भाकल पुरा गर्न खोटाङ पुगे

त्रियुगाका नवनिर्वाचित मेयर बस्नेत भाकल पुरा गर्न खोटाङ पुगे

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २१ गते । उदयपुरको त्रियुगा नगरपालिकाका नवनिर्वाचित मेयर बसन्त बस्नेत आफ्नो भाकल पुर गर्नका लागि खोटाङका शक्तिपीठहरुमा मपुगेका छन् । नगरको मेयर हुन पाउँ भनि शक्तिपीठहरुमा गरेको भाकल पुरा गर्न बस्नेत खोटाङका विभिन्न स्थानहरुमा पुगेका हुन् । बस्नेतको आफनो पुख्यौली थलो सापातेल लगाएतका स्थानमा पुगेर भाकल बुझाउने पारिवारिक श्रोतले जनाएको छ । विहीबार निजी सवारी साधनमा गाईघाटबाट हिडेका बस्नेतले कटारी, घुर्मी हुदै हलेसी महादेवको दर्शन, दिक्तेल रुपाकोट मझुवागढी स्थित कालिका भगवतीको दर्शन गरिसकेका छन । विजयी हुने वित्तिकै खप्तरी बस्नेतको कुल मन्दिरमा पुगेका मेयर बस्नेत सोमबार सम्म नगरपालिका फर्कने बुझिएको छ ।...
कटारी नगरकार्यपालिकाको चुनावमा आठौँ जना एमालेका उम्मेदवार विजयी

कटारी नगरकार्यपालिकाको चुनावमा आठौँ जना एमालेका उम्मेदवार विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ २१ उदयपुरको कटारी नगरकार्यपालिकाको चुनावमा एमालेका आठ जना उम्मेदवारहरु विजयी भएका छन । आज भएको निर्वाचनमा महिला सदस्यतर्फ एमालेबाट चुनाव लडेका देवी कुमारी घिमिरे, भगवती अधिकारी, सम्झना मगर, गिता कुमारी गिरी र मेलिना श्रेष्ठ विजयी भएका छन । यस्तै दलित अल्पसङख्यक सदस्यतर्फपनि एमालेकै मन्जु कुमारी राई दनुवार, हेम कुमारी विश्वकर्मा र जितेन्द्र रसाईली विजयी भएका छन । नगरकार्यपालिकाको चुनावमा एमाले विजयी भएसँगै काटारी नगरपालिकामा एमालेले बहुमत पुर्याएको छ भने मेयर जितेको गठबन्धनभने अल्पमतमा परेको छ ।...