Thursday, April 30News That Matters

लिम्चुङबुङ डायरी

लिम्चुङबुङमा कृषि उत्पादन फस्टाउँदै

लिम्चुङबुङमा कृषि उत्पादन फस्टाउँदै

लिम्चुङबुङ डायरी, समाचार
पूणर्पुष्टि, मंसिर २३ लिम्चुङबुङमा कृषि उत्पादनहरुले आत्मनिर्भर परिवारमा टेवा पुराउन थालेको छ । पालिका भित्रको गाउँवस्तिमा उत्पादित कृषि उत्पादन पालिकामै निर्माण भएको कृषि बजारमा लगेर बेच्न सकिने भएपछि स्थानीयहरु व्यवसायी कृषि उत्पादन तर्फ लागि परेको छ । अध्यक्ष कृषि परियोजना अन्रर्गत उत्पादित सम्पूणर् कृषि तथा पशुपालकहरुलाई पालिका अध्यक्ष मेजर कुमार राईले बाराहा कृषि बजारमा लगी बेच्न सकिने र आर्थिक आम्दानीमा थप लाग्न आग्रह गर्नुभएको छ । पछिल्लो समय त्यहाँ टमाटर, करेला, काउली, लसुन, प्याज, र फलफुलमा सुन्तला, किभि लगाएतका उत्पादनहरु फस्टाउँदै गएको छ । अध्यक्ष राईले सबै उत्पादनलाई लिम्चुङबुङ कृषि बजारमा लागि बिक्रि वितरण गर्नु समेत आग्रह गर्नुभयो । अध्यक्ष राईले गाउँमा भएको उत्पादनलाई स्थानीय स्थरमै भरपर्दो मुल्यमा बिक्रि गर्न कृषि बजारले ठुलो मदत गरेको बताउनुभयो । पालिका भित्...
लिम्चुङ्बुङमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगीता सम्पन्न

लिम्चुङ्बुङमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगीता सम्पन्न

खेलकुद, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, कात्तिक ४ उदयपुरको विकट पहाडी गाउँपालिका लिम्चुङ्बुङमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । लिम्चुङ्बुङ स्पोर्टस क्लवको आयोजना र एसवीआई बैंक बाराहा शाखाको प्रायोजनमा भएको प्रतियोगीतामा द ब्याच्लरले उपाधी  हात पारेको हो । द ब्याच्लरका विनय श्रेष्ठ र अनिल राईको जोडिले प्रतियोगीताको उपाधी चुमेका थिए भने थारु ब्रोदरका सरद चौधरी र दिलीप चौधरीले दोस्रो स्थान हाँसिल गरेको आयोजकले जनाएको छ । प्रतियोगीताको प्रथम र द्धितियलाई ¥याकेट प्रदान गरीएको थियो । गाउँपालिकाको केन्द्र बाराहामा यही कात्तिक २ गतेदेखि सुरु भएको ब्याडमिन्टन प्रतियोगीता आज सम्पन्न भएको हो । प्रतियोगीतामा पालिका भित्रका कर्मचारी र शिक्षक गरी ७ टिमले सहभागिता जनाएको लिम्चुङ्बुङ गाउँपालिकाका लेखा अधिकृत ताराकिरण राईले बताउनुभयो । पालिकाले ब्याडमिन्टन कोटको स्तरउन्नती गरेर ब्याडमिन्टन खेलको सुरुवात ...
लिम्चुङबुङमा विजुली पुग्यो : एउटा युगान्तकारी सफलता

लिम्चुङबुङमा विजुली पुग्यो : एउटा युगान्तकारी सफलता

आर्थिक, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, असोज २८ । देशको राज्य पुनसंरचनापछि संघीय शासन प्रणाली अन्तर्गत बनेको स्थानीय सरकारबाट लिम्चुङबुङबासीले एक युगान्तकारी उपलब्धीको रुपमा विजुली पाएका छन् । सडक, सञ्चार जस्ता विकासका आधारभूत र महत्वपूर्ण भौतिक संरचनासंगै विजुली पनि पाएको हो । स्थानीय सरकार जिल्लाको एउटा विकट र अन्धकार ठाउँलाई उज्यालो दिन सफल बनेको हो । लिम्चुङबुङ गाउँपालिकाले पालिकाको केन्द्र बराहामा ११ हजार किलोवाट भोल्टेजको विजुली वाल्ने कामको सफल परिक्षण गरेसंगै युगौदेखिको लिम्चुङबुङबासीको गाउँमा विजुली बाल्ने सपना पुरा हुने निश्चित भएको छ । पालिकाको केन्द्रमा विजुली पुर्याउने काममा लिम्चुङबुङ पहिलो बनेको छ । चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका रहेको उदयपुरमा लिम्चुङबुङ पालिकाको केन्द्रमा विजुली पुर्याउन पहिलो बनेको हो । “अव, लिम्चुङबुङवासीको युगौको सपना साकार भएको छ ।” पालिका अध्यक्ष मेजरकुम...
आलोचना र प्रतिशोधले समृद्ध लिम्चुङबुङ बन्दैन : अध्यक्ष मेजरकुमार राई (अन्तरवार्ता)

आलोचना र प्रतिशोधले समृद्ध लिम्चुङबुङ बन्दैन : अध्यक्ष मेजरकुमार राई (अन्तरवार्ता)

बिचार, लिम्चुङबुङ डायरी
लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईसंगको समसामियक विषयमा गरिएकाे पूर्णपुष्टि संवाद पुरा सुन्नका लागि यो लिंकमा जानुहोला ।https://www.youtube.com/watch?v=eENI3yOT6hY&feature=youtu.be
आर्थिकवर्ष २०७७/७८ मा लिम्चुङबुङ गाउँपालिकाले लिएको सोच र लक्ष

आर्थिकवर्ष २०७७/७८ मा लिम्चुङबुङ गाउँपालिकाले लिएको सोच र लक्ष

लिम्चुङबुङ डायरी
सोंच  सबल भौतिक पुर्वाधारहरूको निर्माण गर्दै, शिक्षा तथा स्वास्थ्यमा दिगो लगानीको प्रतिवद्धता, व्यावसयीक कृषि, पर्यटन तथा लघु उद्यम मार्फत दिगो विकासको सुनिश्चित्तता । लक्ष्य  १. २ वर्ष भित्र गाउँपालिका प्रशासकीय भवन तथा वडा कार्यालयहरुको भवन निर्माण गरी सिघ्र तथा सुलभ सेवा प्रवाह गर्ने । २. आ.व. ०७७/०७८ भित्र वडा नं १ र २ मा स्वास्थ्यचौकीहरुको निर्माण, गरि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने । ३. २ वर्षभित्र श्री महेन्द्र मा.वि. बाराहा तथा श्री क्या. पर्शुराम पदमा राई उ.मा.वि. बलम्तामा सदरमुकाम स्तरको शैक्षिक गुणस्तर प्रबाह गर्ने । ४. अध्यक्ष कृषि परियोजना मार्फत गाउँपालिकामा व्यावसायीक तथा आधुनिक कृषिको विकास गर्दै आर्थिक समृद्धिको आधार निर्माण गर्ने ।५. एभरेष्ट भ्यू-टप दोबाटेडाँडालाई जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने ।...
लिम्चुङबुङ गाउँपालिकाको संक्षिप्त परिचय

लिम्चुङबुङ गाउँपालिकाको संक्षिप्त परिचय

आर्थिक, लिम्चुङबुङ डायरी
लिम्चुङबुङ गाउँपालिका नेपालको प्रदेश नं= १ को उदयपुर जिल्लाको पश्चिम–उत्तर हिस्सामा अवस्थित रहेको  छ । यस गाउँपालिकाको नाम साबिकको सुनकोशी भएता पनि स्तानीय सरकार संचालन  एन २०७४, बमोजिम गाउँपालिकको सिफारिसमा लिम्चुङबुङ गाउँपालिका रहन पुग्यो । यस  गाउँपालिकामा हाल बाँस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाँते गरि जम्मा ५ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको केन्द्र बाराहामा अबस्थित रहेको छ । यस गाउँपालिकामा कुल क्षेत्रफल १०६=८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११९९२ रहेको छ ।...
नेपालमा रोहिंग्या शरणार्थीको २३ टहरा

नेपालमा रोहिंग्या शरणार्थीको २३ टहरा

लिम्चुङबुङ डायरी, समाचार
मंसिर २७ गते । नेपालमा रोहिंग्या समुदायका शरणार्थीले पनौतीमा २३ वटा टहरा बनाएका छन् ।  म्यानमारबाट विस्थापित भएका रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका–३ कुशादेवी बन्चरेटारमा २३ टहरा निर्माण गरेका हुन् । ठेकेदार रामेश्वर थापाले स्थानीय सरकारलाई काम गर्ने मजदुरका रुपमा जानकारी गराएर निर्माण गरिएको हो । तिनीहरु १६ दिनअघि काठमाडौंमा बसोबास गर्दै आएका थिए । स्थानीय ठेकेदार थापाले आफ्नो ठेक्कामा मजदुरी गराउने उद्देश्यले बसोबासको व्यावस्था मिलाएका हो । काठमाडौंको बूढानिलकण्ठका कपन स्थित लसुनेटारबाट पनौतीको कुशादेवीमा आएका रोहिंग्या समुदायका अगुवा मोहमद ऐसुपले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।...
बढी घुस लिनेमा इन्जिनियर

बढी घुस लिनेमा इन्जिनियर

लिम्चुङबुङ डायरी, समाचार
मंसिर २३ गते ।  घुस लिनेमा सवै भन्दा बढी ईन्जिनियर रहेको एक तथ्याङकले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको तथ्याङ्क हेर्दा सवै भन्दा बढी ईन्जिनियर रहेको देखिएको हो । उक्त अवधिमा घुससहित १ सय ४० जनालाई नियन्त्रणमा लिई अदालतमा मुद्दा दर्ता गरेको छ । घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ । गत साउन महिनाको तथ्यांक हेर्दा अख्तियारको १९ वटा अप्रेसनमा १० जना इन्जिनियर फन्दामा परेको थियो । त्यस्तै भदौमा आठ जना इन्जिनियरलाई नक्कली शैक्षिक योग्यता प्रमाणपत्रदेखि घुस रकमसहित पक्राउ गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ । ...
वैदेशिक रोजगारीसँगै मानव बेचविखन बढ्दो

वैदेशिक रोजगारीसँगै मानव बेचविखन बढ्दो

लिम्चुङबुङ डायरी, समाचार
मंसिर २० गते ।  वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा सरकार लागि परेको बेला मानव बेचविखनमा वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको छ । मानव बेचविखनका एकतिहाई घटना वैदेशिक रोजगार र परामर्शसँग सम्बन्धीत रहेको पाइएको हो । वैदेशिक रोजगार व्यवसायमा देखिएको अराजकतालाई नियन्त्रण गर्न नसक्दा रोजगारीको आडमा मानव बेचविखन तथा ओसारपसार बढेको अध्ययनले देखाएको छ । महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समुहले मानव बेचविखन तथा ओसारपसार सम्बन्धी  सामग्रीहरुको अध्ययन तथा विश्लेषण गरी तयार गरिएको प्रतिवेदनले ठगीमा वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता पनि दोषी देखिएका हुन् । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ । ...
राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था बेहाल

राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था बेहाल

लिम्चुङबुङ डायरी, समाचार
मंसिर १७ गते ।  सरकारले राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखे पनि प्रगति भने कमजोर देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म उच्च प्राथमिकता परेको २१ आयोजनाको प्रगति ५.५ प्रतिशतमा मात्रै देखिएको हो । राष्ट्रिय गौरव शीर्षकमा राखिएका धेरै आयोजना एक दशक भन्दा लामो समयदेखि अघि बढाइए पनि भौतिक प्रगति न्यून देखिएको छ । कतिपय आयोजना चर्चामा रहे पनि प्रगति शून्य रहेको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ । ...