Thursday, April 30News That Matters

लिम्चुङबुङ डायरी

गैँडा गणनाका लागि तयार गर्दै

गैँडा गणनाका लागि तयार गर्दै

लिम्चुङबुङ डायरी, समाचार
मंसिर १२ गते ।  आगामी  चैतमा गर्न लागिएको गैँडा गणनाका लागि तयार गर्न थालिएको छ । एकसिङ्गे गैँडा गणना गर्नका लागि चितवन, पर्सा, बर्दिया, शुक्लाफाँटामा हात्ति तयार गरिदै हो । पत्येक चार वर्षमा हुने गैँडा गणना अनुसार यस वर्ष गणना हुन लागेको हो । यसअघि सन् २०१५ मा गैँडा गणना भएको थियो । क्यामरा ट्र्यापिङ र प्रत्यक्ष जङ्गलमा विचरण गरेर गैँडाको वर्तमान अवस्था पत्ता लगाउन हात्ती चढेर गणकहरूले काम गर्छन् । जङ्गलका सबै क्षेत्रमा कच्चा सडक नभएकाले पनि हात्तीको प्रयोग बढी हुन्छ । सबैभन्दा धेरै गैँडा चितवनमै भएकाले विशेष तयारी गरिरहेको छ । गैँडा गणना गर्ने मिति तय नभए पनि चैतमै गैँडा गणना सुरु हुने वन्यजन्तु संरक्षण तथा निकुञ्ज विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताए । गैँडा गणनाका लागि फिल्डमा चाहिने प्रविधि र सामग्रीको सूची तयार पार्ने काम भईरहेको छ । कुन कुन निकायसँग सहकार्य गरेर ...
नेपालको आफ्नै पानीजहाज सञ्चालन गरिने

नेपालको आफ्नै पानीजहाज सञ्चालन गरिने

लिम्चुङबुङ डायरी, समाचार
मंसिर ११ गते ।  चर्चामा रहेको भारतसँगको जलयातायात सञ्चालनको विषय प्राविधिक स्तरमा करिब टुंगिएको छ । नेपाल र भारतबीचको पारवहन सन्धि पुनरावलोकनका लागि काठमाडौँमा मंगलबारदेखि सुरु द्विपक्षीय बैठकको क्रममा जलयातायात सञ्चालनमा भारतीय पक्ष सकारात्मक देखिएका हुन् । पारवहनका रूपमा जलयातायातका लागि नेपालले तीन वटा विकल्प पाएको छ । कलकत्ताबाट वाराणासी, कालुघाट, साहेबगञ्ज हुँदै नेपालले जलयातायात सञ्चालन गर्न सक्ने विषय सह–सचिव स्तरीय बैठकले करिब टुंगो लागेको बैठकमा नेपाली टोलीका नेतृत्व गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव नवराज ढकालले बताए । भारतले निर्माण गरेको इनल्यान्ड वाटरवेजसम्म नेपालको पहुँचको विषयमा द्विपक्षीय बैठक अत्यन्त सकारात्मक भएको ढकालले बताए । जहाजहरू कसरी चलाउने, कसको अनुमति लिने जस्ता विषयमा पनि बैठकले स्पष्ट सहमति जुटाउने उनले बताए । बैठकको सहमति अनुसार...
२७ सय सैनिकमाथि कारबाही

२७ सय सैनिकमाथि कारबाही

लिम्चुङबुङ डायरी, समाचार
मंसिर २ गते ।  छ वर्षमा दुई हजार सात सय १५ जना सैनिक विभागिय कारबाहीमा परेका छन् । नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐन विपरित काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म कारबाही गरेको हो । सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरण विपरित काम गर्ने, कर्तव्य ज्यान मुद्दामा मुछिएका, जबरजस्ती करणी, चोरी, ठगी, लागूऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजानामा मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारबाही गरेको हो । वैशाखदेखि हालसम्मको अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाईृ सलामी नगर्ने ३० जनामाथि कारबाही भएको सैनिक मुख्यालयले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।...
अनियमितता प्रकरण उपरथी र सहायकलाई सेनाको कारबाही

अनियमितता प्रकरण उपरथी र सहायकलाई सेनाको कारबाही

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक २८ गते । काठमाडौँ–तराई मधेस दु्रतमार्ग सुपरिवेक्षणका लागि परामर्शदाता कम्पनी छनोट गर्दा भएको अनियमिततामा मुछिएका तत्कालीन आयोजना प्रमुखसहित प्राविधकि बोर्ड सदस्यलाई नेपाली सेनाले कारबाही गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक अनियमिततामा कडा बन्ने रणनीति लिएअनुरुप दु्रतमार्गको अनियमितताका विषयमा मुछिएका तत्कालीन प्रमुख र प्राविधिक मूल्यांकन बोर्डका सदस्यमाथि कारबाही भएको हो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।...
मेडिकल कलेजले ३ अर्ब गैरकानुनी असुली गरेको सर्तकता केन्द्रको ठहर

मेडिकल कलेजले ३ अर्ब गैरकानुनी असुली गरेको सर्तकता केन्द्रको ठहर

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक २६ गते ।  प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले विद्यार्थीसँग २ अर्व ८५ करोड रुपैयाँ गैरकानुनी रुपमा असुली गरको ठहर गरेको छ । कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रुपमा अतिरिक्त शुल्क असुली गरेको केन्द्रले ठहर गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा मेडिकल कलेजहरुले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्कको नाममा गैरकानुनी रुपमा रकम असुली गरेको उजुरीका आधारमा छानबिन गर्ने क्रममा यस्तो तथ्य पत्ता लागेको जनाएको छ । छानबिनका क्रममा मेडिकल कलेजहरुले प्रतिविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।...
दिल्लीको धुलोले नेपालको तराई प्रदूषित

दिल्लीको धुलोले नेपालको तराई प्रदूषित

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक २१ गते । नेपालको तराई क्षेत्रका केहि स्थानमा दिल्लीको धुलोले प्रदूषित भएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै  तराईमा आइपुगेको देखाएको हो । तराईमा आएका प्रदूषण काठमाडौँमा भने नभित्रिने महाशाखाले स्पष्ट पारेको छ । अहिले दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च रहेको छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून बनाइरहेको बेला नेपालमा पनि त्रास बढेको छ । राजधानीका मुख्य सडक धुलोरहित बन्दै गएका बेला यस्तो त्रास बढेको हो । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको बु्रमरले दैनिक धुलो सङ्कलनमा तीव्रता दिएसँगै धुलो प्रदूषण कम भएको हो । महानगरले २०७५ चैत १२ बाट पाँचवटा बु्रमर परिचालन गरिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।...
रेलमार्गमा कमला नदीको अवरोध

रेलमार्गमा कमला नदीको अवरोध

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक २० गते । जनकपुर–जयनगर रेलमार्गमा कमला नदी अवोध बनेको छ । सञ्चालनको तयारीमा रहेको रेलमार्ग नदीका कारण वर्षाको समयमा प्रभावित हुने देखिएको हो । यसले गर्दा रेलमार्ग दीर्घकालीन हुन नसक्ने देखिएको छ । गत वर्ष नदीमा पानीको बहाव बढी हुँदा करिब ५ किलोमिटर क्षेत्र डुबानमा परेको थियो । नेपाल–भारत सीमानामा पर्ने धनुषाको इनरुवातर्फ १ सय मिटर लिक पूर्णरुपमा बाढीले क्षतिग्रस्त भएको थियो । बाढीले जनकपुर–जयनगर रेलमार्गमा करिब ८ करोड रुपैयाँको क्षति पु¥याएको रेल विभागले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।...
६ वटा नयाँ भाषा थपियो

६ वटा नयाँ भाषा थपियो

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक १९ गते ।  नेपालमा बोलिने १ सय २३ भाषामा ६ वटा नयाँ भाषाको पहिचान भएको छ । राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) भाषा पहिचान भएको हो यी भाषा कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोल्दै आएको पाइएको छ । चुम (स्यार) र नुब्री (लार्के) २ वटा भाषा गोरखामा बोलिने पाइएको छ । अब नेपालमा बोलिने भाषाको सङ्ख्या १ सय २९ पुगेको छ । नेपालका अधिकांश भाषा मौखिक परम्परामा आधारित छन् र लेख्य पद्धति अझै विकास हुन सकेको अवस्था छैन । भाषा आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।...
सरकारले ७ वटा सुरुङमार्गको डिपिआर बनाउने

सरकारले ७ वटा सुरुङमार्गको डिपिआर बनाउने

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक १८ गते ।  मुलुकको सात ठाउँमा सरकारले सुरुङमार्ग निर्माण गर्ने गरी तयारी थालेको छ । चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिने गरी सरकार तयारीमा जुटेको हो । चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायतका सात स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम गरिरहेको छ । हाल डीपीआरका लागि अध्ययनको काम भइरहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताउनुभयो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।...
कर्मचारी अख्तियारको कारवाहीमा परेपछि मालपोतप्रति वितृष्णा

कर्मचारी अख्तियारको कारवाहीमा परेपछि मालपोतप्रति वितृष्णा

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक ८ गते । अख्तियारको बारबाहीले मालपोत कार्यालयप्रति कर्मचारीको वितृष्णा बढेको छ । पछिल्लो समय धेरै कर्मचारी अख्तियारको बारबाहीमा पर्न थालेपछि देशभरका मालपोत कार्यालयमा कर्मचारीको अभाव हुन थालेको हो । केहि सयम अगाडी मात्रै कर्मचारीहरु मालपोतमा सरुवा हुन तछाड मछाड हुन्थ्यो, तर अहिले त्यहाँ जान चाहँदैन । अख्तियारको स्टिङ अपरेशनमा मालपोतका कार्मचारी धमाधम परिरहेका छन् । दुई सय भन्दा बढी मालपोतका कर्मचारीलाई अख्तियारले कारवाही गरिसकेको छ । मालपोतको सेवाप्रवाहको सवत्र आलोचना भएपछि सरकारले सुविधा सम्पन्न मालपोत कार्यालय बनाएको छ । मालपोत कार्यालय कंलकीसहित आधा दर्जन कार्यालयलाई सुविधासम्पन्न बनाइएको भूमि सुधार व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्ण ज्ञवालीले बताए । देश भरका ७ वटा कार्यालयमा भूसेवा केन्द्रमार्फत् सेवा प्रदान गर्न थालिएको छ । पब्लिक एसेस मोडलबाट सेवा प्रद...