Saturday, August 15News That Matters

शिक्षा

हप्तामा २ दिन बिदा दिने निर्णय सच्याउन माग

हप्तामा २ दिन बिदा दिने निर्णय सच्याउन माग

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, वैशाख १६ गते । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने गरी गरीएको निर्णय देशको अहितमा रहेकोले सो निर्णय सच्याउनु पर्ने माग प्रशासकले गरेका छन् । सरकारको यस्तो निर्णयबाट दुरदरामा रहेका सर्वसाधारण सेवाग्राही झनै मर्कामा पर्न सक्ने टिप्पनी प्रशासकको रहेको छ । प्रशासनविद्ले दुई दिन बिदा गर्दा सेवा प्रवाह अत्यन्तै कमजोर भएर जाने र त्यसको असर संघीय शासन प्रणालीमा पर्न सक्ने विषलेशण गरेका छन् । सरकारले आगामी १ जेठदेखि दुई दिन बिदा दिने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध र आलोचना भएको छ । सरकारको यस्तो निर्णयले सेवा प्रवाहमा गम्भीर असर पर्न सक्ने भन्दै विरोध भएको हो । पूर्व मुख्यसचिव विमल कोइरालाले बिना अध्ययन र विश्लेषण दुई दिन बिदा दिने गरी गरिएको निर्णयले परिणाम उल्टो आउन सक्ने बताए । कोइरालाले हचुवामा गरिएको यस्तो व्यवस्थाले परिणाम दिन नसक्ने र यो निर्णय प्रत्युत्पादक हुन स...
विद्यालय र क्याम्पस पनि दुवै दिन विद्या हुने

विद्यालय र क्याम्पस पनि दुवै दिन विद्या हुने

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, बैशख १४ सरकारले लागु गरेको दुई दिने सार्वजानिक विद्या विद्यालयमा पनि लागु भएको छ । सार्वजानिक विदाको रुपमा पर्ने विषेश गरी सरकारी काम कार्वाही सँगै विद्यालयहरु बारे खासै जानकारी आएका थिएन् । तर शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ स् ३० बजेदेखि साँझ ४स् ३० सम्म सञ्चालन हुने उनले जानकारी दिए । बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् । ‘विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर अरु सार्वजनिक बिदा काटिन्छ, कसरी कक्षा सञ्चालन गर्ने मन्त्रालयले कार्ययोजना पनि बनाउँछ,’ उनले भने । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई ...
सरकारले २ दिन बिदा दिने निर्णय गरेसंगै कार्यालय समय बढ्यो

सरकारले २ दिन बिदा दिने निर्णय गरेसंगै कार्यालय समय बढ्यो

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, वैशाख १४ गते । सरकारले सातको दुई दिन बिदा दिने निर्णय गरेसंगै कार्यालय समय बढेको छ । हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म रहेकामा अब कार्यालय समय १ घण्टा बढ्ने भएको छ । अर्थात् बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय सरकारले गरेको हो । जेठ १ गतेबाट हप्तामा दुई दिन बिदा दिने निर्णय गरेस मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जेठ १ गतेबाट साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए । हाललाई यो निर्णय परीक्षणको रुपमा कायम रहनेछ । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि ल...
उदयपुरको स्थानीयतहमा बालबालिकाहरुको नितिगत व्यवस्थाको उपलब्धी बारे समिक्षा

उदयपुरको स्थानीयतहमा बालबालिकाहरुको नितिगत व्यवस्थाको उपलब्धी बारे समिक्षा

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, वैशाख १३ गते । उदयपुरको जिल्ला समन्वय समितिमा मंगलवार बालबालिकाहरुको नितिगत ब्यवस्था, कार्यक्रम र उपलब्धी बारे समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बाल संरक्षणका लागि ऐक्यवद्धता परियोजना अन्र्तग १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुमा सञ्चालित कार्याक्रमको समिक्षा जिल्लामा पनि सम्पन्न भएको छ । सुशासनका हिमायती (जी क्यू) संस्थाका अध्यक्ष भरत खड्काले नितिगत व्यवस्था र उपलब्धी बारे प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रदेश स्थरमा रहेका १ सय ३५ वटा विद्यालय तथा बालक्लबमा पुस्तकालय र बालभित्ते पत्रिकालाई निरन्तरता दिने खड्काले बताउनुभयो । प्रतिवेदनका अनुसार यस कार्यक्रम अन्तर्गत स्थानीय तहको बालबालिका सम्बन्धी नमुना कार्यविधी निमार्ण गरिएको छ भने बालबालिकाको क्षमता अभिवृद्धी तालिम पनि सञ्चालन गरिएको छ । १ नम्बर प्रदेशमा भएमका १ सय ३७ वटा पालिकामै बालबालिका सम्बन्धी कार्यमको विषयमा छलफल गरि...
एसईई परीक्षा : ८० विद्यार्थी निष्कासित

एसईई परीक्षा : ८० विद्यार्थी निष्कासित

Breaking News 3, शिक्षा, समाचार
काठमाडौं, वैशाख ११ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज दोस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै ८० जना परीक्षार्थीलाई निष्कासन गरिएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको नेतृत्वमा गएको अनुगमन टोलीले परीक्षामा चिठ, फ्ल्याप र मोबाइल प्रयोग गरी परीक्षाको मर्यादा विपरीत कार्य गरेकोग भन्दै सिरहाको विभिन्न परीक्षा केन्द्रबाट ८० जना विद्यार्थीलाई निष्कासन गरेको हो । सिरहाको लहान नगरपालिका–१३ स्थित बस्तीपुर माविबाट ३५, लहान नगरपालिका २० स्थित माध्यमिक विद्यालय हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ र पडरिया थारुटोल मावि परीक्षा केन्द्रबाट २६ विद्यार्थीलाई निष्कासन गरेको प्रजिअ कवाडीले जानकारी दिनुभयो । यस वर्षको एसईई परीक्षामा सिरहा जिल्लाबाट १६२ विद्यालयका १० हजार ६४० जना परीक्षार्थी सहभागी रहेको जिल्ला शिक्षा विकास तथा समन्वय एका...
कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन

कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन

Breaking News 3, शिक्षा, समाचार
काठमाडौं, वैशाख ११ गते । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ । बोर्डले आज सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा केही परिवर्तन गरेको जनाएको छ । सूचनामा कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने उल्लेख छ । यसअघि बिहान ११ देखि अपराह्न २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरेको थियो । विभिन्न सरोकारवालाले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेपछि समय तालिका परिवर्तन गरिएको बोर्डले जनाएको छ । रासस...
उदयपुरमा ६ हजार ४७७ विद्यार्थी एसईईमा सहभागी

उदयपुरमा ६ हजार ४७७ विद्यार्थी एसईईमा सहभागी

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, बैशाख ९ करिब २ बर्ष पछि भौतिक उपस्थितिमै भएको एसईई परिक्षा यो बर्ष भने विद्यालयहरुमा भैरहेको छ । ७७ र ७८ सालाको परिक्षालाई कोरोनाले असर पारेपछि विद्यार्थीहरुको अनुपस्थितिमै बिभिन्न आधार तथा विधि प्रयोग गरी अंक चढाएर उतिर्ण गराईएको थियो । एसईई शुक्रबार देखी देशैभर संञ्चालनमा आए सँगै उदयपुरमा पनि शान्त वातावरणले सुरु भएको छ । उदपुरमा यस बर्ष रेगुलर तर्फ ६ हजार ४७७ जना विद्यार्थीहरुले एसईईमा सहभागी जनाएको छ भने ग्रेड बृद्धि तर्फ १२९ जना सहभागी छन् । यस मध्ये रेगुलर तर्फ ३०४४ छात्र र ३४३३ छात्राहरु सहभागी रहेको शिक्षा विकास तथा समन्वय समिति ईकाई उदयपुरका प्रमुख बावुराम पोखरेलले जानकारी दिए । पोखरेललका अनुसार एसईईका लागि सम्पूर्ण मापदण्ड अनुसारको व्यवस्थापन भई परिक्षा सुरु गरिएको जानकारी दिए । जिल्लामा करिब २५ ओटा केन्द्र र ४२ ओटा साहायक केन्द्रहरु रहेको छ भने ६३ जना परिक्षा...
दृष्टिविहीन र बटुक विद्यार्थी पनि एसइईमा हुँदै

दृष्टिविहीन र बटुक विद्यार्थी पनि एसइईमा हुँदै

Breaking News 1, शिक्षा, समाचार
काठमाण्डौँ, बैशाख ८ कोरोना भाइरसका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको माध्यमिक शिक्षा परीक्षा ९एसइई० यस वर्ष भोलि शुक्रबारदेखि सुरु हुँदैछ । बागलुङमा एस वर्ष एसइईमा चार हजार ८९६ विद्यार्थी सहभागी हुँदैछन् । तीमध्ये दुई दृष्टिविहीन, पाँच संस्कृत विद्यालयका बटुक र २५५ प्राविधिक धारका विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । विगत दुई वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन गरिएको परीक्षा यो वर्ष पुनः त्यसअघिको जस्तै परीक्षा केन्द्रमार्फत सञ्चालन हुन लागेको हो । उक्त परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय एकाइले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । जिल्लाभरका १०८ सामुदायिक विद्यालय र ३२ निजी विद्यालय र एक खुला विद्यालय गरी जम्मा १४१ विद्यालयका चार हजार ८९६ विद्यार्थी परीक्षामा सम्मिलित हुने एकाइ प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभ...
भोलीबाट देशभर एसइई सुरु : परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता

भोलीबाट देशभर एसइई सुरु : परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता

Breaking News 3, शिक्षा, समाचार
काठमाडौं, वैशाख ८ गते । देशभर भोलिबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ । यहाँका दश सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ हुन्छ । ती विद्यालयमा पढ्ने विद्यार्थीका लागि एउटै मात्र परीक्षा केन्द्र तोकिएकाले समस्या भएको हो । सदरमुकामस्थित रुद्रेपिपल माध्यमिक विद्यालय– परीक्षा केन्द्रबाट दशै विद्यालयका २५५ विद्यार्थीले परीक्षा दिदैँछन् । टाढा–टाढाका विद्यार्थी हिजोअस्तिदेखि नै बागलुङ बजार झरेर होटलमा बसेका छन् । ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारी १५ विद्यार्थी लिएर आफै सदरमुकाम आउनुभएको छ । “विद्यार्थीलाई होटलमा राखेका छौँ, आज परीक्षा केन्द्र देखाउन लानु छ”, उहाँले भन्नुभयो, “परीक्षा केन्द्र टाढा हुँदा विद्यार्थीलाई समस्या छ ।” एकातिर अभिभाव...
एसइई परीक्षाको सबै तयारी पूरा

एसइई परीक्षाको सबै तयारी पूरा

Breaking News 1, शिक्षा, समाचार
काठमाण्डौँ, बैशाख ८ वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको उहाँले जानकारी दिनुभयो । एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । उहाँले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट न...