त्रियुगा नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
पूर्णपुष्टि, असार ३१ गते ।
त्रियुगा नगरपालिकाको आयोजनामा नगरको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । नगर प्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा आर्थिक वर्ष २०७८/७९ को सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सहभागिता, पारदर्सीता,जवफदेहिता र उत्तरदायित्वको लागि सुनुवाई कार्यक्रम गरिएको नगरको सामाजिक शाखा प्रमुख विश्वजीत राईले बताउनुभयो । सुनुवाई कार्यक्रममा सहजिकरण गरेको सुशासनका हिमायती (जी क्यू) का अध्यक्ष भरत खड्काले प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
नगरमा सेवा लिन आएका सेवाग्राहीहरुसँग नयाँ प्रविधिको प्रयोग गरि सर्वेक्षण गरिएको खड्काले बताउनुभयो । खड्काका अनुसार ९८ जना सेवा ग्राहीसँग ६० पुरुष र ३८ महिलाहरु संग प्रश्न सोधी विवरण संगलन गरिएको छ । सर्वेक्षणमा मगर, राई , चौधरी, गुरुङ, तामाङ, ब्रामण, धिमाल, दनुवार, सार्की लगाएतका सेवाग्राहीहरु रहेका थिए । प्रतिवेदनमा नगरले दिएको...









