वैकल्पिक सिकाई प्रविधिको शुभारम्भ
पूर्णपुष्टि, असार १ गते ।
विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा क्षति हुन नदिन वैकल्पिक सिकाइ प्रविधिको शुभारम्भ भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबारदेखि सुरु गरेको वैकल्पिक सिकाइ प्रविधिको शुभारम्भको घोषणा गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाइमा क्षति हुन नदिने बताउनुभएको हो ।
आधुनिक प्रविधिको उपयोग गरी अधिकतम लाभ लिन सबै विद्यार्थीहरुलाई प्रधानमन्त्रि ओलीले आग्रह गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विद्यालयहरु बन्द रहेका छ ।
लामो समयसम्म विद्यालय बन्द भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइलाई निरन्तरता दिन वैकल्पिक सिकाइ ल्याएको छ । घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइन तथा डिजिटल प्रविधिको प्रयोग गरी आजदेखि पठन–पाठन सु...









