इन्जिनियरिङको डिग्रि सेकेण्ड टपरमा ‘उदयपुरका अबिशेक राजा शाही’
https://youtu.be/JHlwyGovLgk
पूर्णपुष्टि, फागुन २४ । गाईघाट ।
उदयपुरको एक युवाले सरकारी इन्जिनियरको जागीरसंगै पढाईमा उच्च सफलता हाँसिल गरेका छन् । त्रियुुगा नगरपालिका ३ मोतिगडाका २८ वर्षिय अबिशेक राजा शाही ठकुरीले एमएससी, कन्ट्रक्सन मेनेजमेन्टमा युुनिभर्सिटि सेकेण्ड टपरको रुपमा डिग्री हाँसिल गरेका हुन् । पोखरा युनिभर्सिटि अन्तर्गत मोरङको मदन भण्डारी मेमोरियल एकेडेमीबाट २०७९ ब्याजीमा उनी दोस्रो उत्कृष्ट बन्न सफल भएका छन् । उनले सिजिपिए ३.९७ अङ्क प्राप्त गरेका छन् ।
सघन सहरी तथा भवन निर्माण आयोजना धनकुुटामा इन्जिनियरको कामसंगै पढाईमा उच्च सफलता हाँसिल गर्नु सामान्य मानिदैन । पढाई र लक्षप्रतिको विशेष लगाव र मेहनतले सफलता मिलेको उनी बताउछन् । उनले पढाई र जागीरको तालमेल मिलाउन मुस्किल महशुस नगरेका होइनन् तर, चुनौतीको सामना गर्दै निरन्तर बढ्दा सफलता हाँसिल भएको बताए । “आफुले आफुलाई कहिल्यै...









