ब्रिटिस आर्मीबाट तीनमहिनामै फर्काइएका पर्शुरामले वेलफेयरको सहयोगमा पाए नयाँ घर, जग्गा र पेन्सन
पूर्णपुष्टि, फागुन २ गते ।
जीवन दुःखमा डुविरहेको बेला खोटाङको खोट्टेहाङ गाउँपालिका ४ का पर्शुराम राईले नसोचेको खुसी पाउनु भएको छ । खान, लाउन धौधौ परिरहेको अवस्थाका वहाँले जग्गा, नयाँघर र सबैभन्दा ठूलो कुरो त पेन्सन पाउनु भएको हो । वहाँले उदयपुरको त्रियुगा नगरपालिका १२ विसनपुरमा १० धुर जग्गा, त्यसमा नयाँ पक्कीघर पाउनु भएको छ भने मासिक ११ हजार ५ सय पेन्सन पाउनु भएको छ ।
राईलाई गोर्खा वेलफेयर ट्रष्ट (नेपाल) र युकेमा रहेका वहाँका समकालिन भूतपूर्व आर्मीहरुले यस्तो सहयोग गरेको ऐरिया वेलफेयर सेन्टर, धरानका सिनियर अफिसर पूर्ण लिम्बुले बताउनुभयो ।
बेलैमा ब्रिटिस आर्मीमा लागेपनि तीन महिना नपुग्दै फालिएपछि वहाँको दुःखको दिन सुरु भएको थियो । २०३६ सालमा ब्रिटिस आर्मीमा लाग्नु भएको उहाँका तालिमको क्रममा एक्कासी कान नसुन्ने स्वस्थ्य समस्या देखा परेपछि फालिनु भएको थियो ।
वेलफेयरको तर्फबाट घर ...








